YouTube Link

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमीटेडको खूद नाफामा वृद्दी

Facebook Link

काठमाडौं:  निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमीटेडको खूद नाफामा वृद्दी भएको छ । संभावित जोखिम व्यवस्थापनका लागि विनियोजित ४ अर्ब २६ करोड रुपैयाँ बढी राइटब्याक गरेसँगै लिमीटेडको खूद नाफामा वृद्दी भएको हो ।

 

ठूलो रकम राइटब्याक भएपछि निर्धन उत्थान लघुवित्तको खूद नाफा २२३.२६ प्रतिशतले बढेर  ९१ करोड ९१ लाखको उचाईमा पुगेको हो । नाफामा उछाल आएसँगै कम्पनीको प्रतिसेयर आम्दानी(इपीएस) पनि १८.९६ रुपैयाँबाट बढेर ५४.२३ रुपैयाँको उचाईमा पुगेको छ ।

 

व्यवसाय विस्तारमा पनि यो कम्पनीले सुधार गरेको देखिन्छ, फलस्वरुप अघिल्लो वर्ष १ अर्ब ४९ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष २ अर्ब १४ करोड माथि पुगेको छ ।

 

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ५१.३९ प्रतिशतले जगेडाकोषमा सुधार गरेको कम्पनीले ६ अर्ब ३२ करोड बढी सापटी लिई तथा १५ अर्ब ८१ करोड बढी निक्षेप संकलन गरी २४ अर्बभन्दा बढीको कर्जा परिचालन गरेको छ ।

 

अघिल्लो वर्षको तुलनामा कम्पनीको कर्जा सापटी करिब ९ प्रतिशतले घटेको छ भने निक्षेप करिब १९ प्रतिशतले तथा कर्जा प्रवाह करिब २० प्रतिशतले बढेको छ ।

 

यो कम्पनीको कर्जामा भने कोरोनाको प्रभाव निकै राम्रोसँग देखिएको छ । अघिल्लो वर्षको यही अवधिमा १.८३ प्रतिशतमा सीमित खराब कर्जाको अनुपात बढेर यो वर्ष ४.११ प्रतिशत पुगेको छ । कम्पनीको वित्तीय स्वास्थ्यका लागि खराब कर्जाको अनुपात यसरी बढ्नु सुखद संकेत होइन ।

 

अघिल्लो वर्ष ८.५५ प्रतिशत रहेको कस्ट अफ फण्ड घटेर यो वर्ष ६.७४ प्रतिशतमा सीमित बन्न पुगेको छ भने प्रतिसेयर नेटवर्थ केही बढी २६५.२५ रुपैयाँ कायम भएको छ । चौथो त्रैमासको अन्तिम दिनको बजार मूल्यका आधारमा कम्पनीको पीई रेसियो २९.५० गुणा कायम भएको छ ।

 

यो पनी पढ्नुहोस् :

सप्तकोशी डेभलपमेन्ट बैंकको नाफामा वृद्दी

 

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...