YouTube Link

सप्तकोशी डेभलपमेन्ट बैंकको नाफामा वृद्दी

Facebook Link

काठमाडौं:  सप्तकोशी डेभलपमेन्ट बैंकको नाफामा उछाल आएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफा १०४.८३%ले बढेको हो ।

 

सप्तकोशी डेभलपमेन्ट बैंकले आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ६ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

 

जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १०४.८३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिसम्म बैंकको नाफा ३ करोड २ लाख रुपैयाँमा सीमित थियो ।

 

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ७ करोड ४४ लाख रुपैयाँ रहेको छ । यो हिसाबले बैंकले ९ प्रतिशतको हाराहारीमा लाभांश वितरणको क्षमता बनाएको छ।

 

यो अवधिसम्म बैंकको सञ्चालन मुनाफा ३३.०३ घटेर २ करोड ७९ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिमा सञ्चालन मुनाफा ४ करोड १७ लाख रुपैयाँ रहेको थियो।

 

बैंकको खुद ब्याज आम्दानी पनि घटेर ५ करोड ६६ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्षसम्म यस्तो आम्दानी २२ करोड २० लाख रुपैयाँ रहेको थियो।

 

बैंकले ४ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ९९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष ३ अर्ब ४० रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ८० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

 

चुक्तापुँजी ८३ करोड ४३ लाख रुपैयाँ रहेको बैंकले समीक्षा अवधिमा निष्क्रिय कर्जा घटाएर १.४४ प्रतिशतमा झार्न सफल भएको छ। अघिल्लो वर्ष बैंकको निष्क्रिय कर्जा ३.९२ प्रतिशत रहेको थियो।

 

समीक्षा अवधिसम्म बैंकको सीडीआर ८६.१२ प्रतिशत रहेको छ भने आधार दर १०.२४ प्रतिशत रहेको छ। बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ७.४२ रुपैयाँ रहेको छ। पीई रेसियो ४९.१७ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२०.६७ रुपैयाँ रहेको छ।

 

यो पनी पढ्नुहोस् :

विद्युतीय खोप प्रमाणपत्र आजदेखि दिन सुरु

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...