YouTube Link

नेशनल लाइफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल

Facebook Link

काठमाडौं:  नेशनल लाइफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ । जीवन बीमा व्यवसायमा नेशनल लाइफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको हो ।

 

प्रथम बीमाशुल्कका आधारमा गत आर्थिक वर्षमा देशकै ठूलो कम्पनीमध्ये एक एलआईसी नेपाललाई उछिन्न सफल भई नेसनल लाइफ दोस्रो स्थानमा उक्लिन सफल भएको हो । कुल बीमाशुल्क १२ अर्ब १६ करोडसहित प्रथम बीमाशुल्क ४ अर्बभन्दा माथि पुर्याउन सफल भएको छ।

 

नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको स्टाटस नै तलमाथि हुने गरी प्रगति गरेपछि कम्पनीमा उत्सवमय वातावरणको सिर्जना भएको र थप प्रगति गर्नेमा कर्मचारी र अभिकर्ता उत्साहित र विश्वस्त रहेको कम्पनीले जनाएको छ।

 

बीमा समितिको सूत्रअनुसार एलआईसी नेपालको प्रथम बीमाशुल्क ३ अर्ब ५५ करोड आर्जन गरी तेस्रो स्थानमा रहेको छ भने युनियन लाइफको रु. ३ अर्ब १९ करोड संकलन गरी चौथो स्थानमा रहेको छ।

 

आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशतभन्दा बढी प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको हो। त्यस्तै नवीकरण बीमाशुल्क समेत उल्लेख्य रुपमा वृद्धि भएको छ।

 

अघिल्लो आर्थिक वर्षमा जम्मा ९ अर्ब २६ करोड ७४ लाख कुल बीमाशुल्क संकलन गरेकोमा गत आवमा १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो।

 

सबै वित्तीय सूचांकमा उल्लेख्य प्रगति गरेको कम्पनी अब नेपालको दोस्रो ठूलो जीवन बीमा कम्पनी बन्न पुगेको छ। नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ हो। सो कम्पनीले गत आर्थिक वर्षमा करिब ३२ अर्ब ८४ करोड कुल बीमाशुल्क आम्दानी गरेको छ।

 

यो पनी पढ्नुहोस् :

नेपाल मेडिसिटी अस्पताल र यती एअरलाइन्सबीच सम्झौता

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...