YouTube Link

नेपाल मेडिसिटी अस्पताल र यती एअरलाइन्सबीच सम्झौता

Facebook Link

काठमाडौं:  नेपाल मेडिसिटी अस्पताल र यती एअरलाइन्स तथा तारा एअरबीच सम्झौता भएको छ। नेपाल मेडिसिटी अस्पताल र यती एयरक्राफ्टमार्फत बिरामीहरुको उद्धार गर्ने सहकार्यका लागि मंगलबार द्विपक्षीय सम्झौता भएको हो। सम्झौतापत्रमा अस्पतालका महाप्रबन्धक विजय रिमाल र एअरलाइन्सका प्रशासन प्रमुख अञ्जन बड्गामीले हस्ताक्षर गर्नु भएको छ ।

 

हाल देशमा हेलीकोप्टरबाट तथा चार्टर्ड फ्लाईटबाट बिरामीहरुलाई स्थानान्तरण गर्ने गरिएकोमा अब यती एअरलाइन्स तथा तारा एअरले नियमित एयरलिफ्ट  एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ। यस व्यवस्थाले बिरामीहरुलाई रात्रिकालिन  उद्धार उडान गर्न समेत सहज हुने भएको हो।

 

नेपाल मेडिसिटी अस्पतालले बिरामीहरुलार्ई हवाई तथा ग्राउन्ड एम्बुलेन्समार्फत आकस्मिक तथा उद्धारमा गुणस्तरीय सेवा प्रदान गर्दै आएकोमा यतीसँगको सहकार्यले यो सेवा थप विस्तारित हुने आशा अस्पतालका महाप्रबन्धक विजय रिमालले राखे।

 

उनका अनुसार अस्पतालद्वारा एयरलाइन्सका उडानदल तथा विभिन्न स्थानका ग्राउन्ड ह्यान्डिलङ कर्मचारीलाई प्रि–हस्पिटल केयर अर्थात अस्पताल आउनुपूर्वको प्राथमिक उपचार र आकस्मिक उद्धारका विषयमा प्रशिक्षण प्रदान गरिनेछ।

 

यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यले यती एअरलाइन्सको उडानसेवा उपलब्ध हुने स्थानहरुबाट आकस्मिक उपचार तथा एयरलिफ्ट गरी थप उपचारका लागि आवश्यक हुने बिरामीहरुको आवश्यकताअनुसार जुनसुकै समयमा विमानलाई तुरुन्तै एयर एम्बुलेन्समा परिणत गरी विशेष सेवा उपलब्ध हुने छ।

 

यसका साथै आवश्यक परेको खण्डमा एकभन्दा बढी बिरामी र बिरामीका पक्षलाई उपचारका लागि स्थानान्तरण गर्न सक्षम रहेको उनले बताए। उनका अनुसार यस महामारीको विषम परिस्थितीमा यस प्रकारको सेवाले दुर्गम क्षेत्रका जनताले समयमै उपचार पाउन सहज हुनेछ।

 

देशैभरका नागरिकसम्म उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको अस्पतालका लागि यस सम्झौताले विशेष भूमिका खेल्न सक्नेछ। आकस्मिक उद्धारका लागि दूरदराजमा समेत यती एअरलाइन्सको यस सेवाबाट सहज तथा सहुलियत सेवा प्रदान गर्ने अवसर सिर्जना हुनेछ।

 

यो पनी पढ्नुहोस् :

एनआईसी एशिया बैंकले आइफोन – १२ पुरस्कार प्रदान

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...