YouTube Link

कर्णालीमा डाक्टरी पढाइको वैधानिक ढोका खुल्यो

Facebook Link

काठमाडौं:  कर्णालीमा डाक्टरी पढाइको वैधानिक ढोका खुलेको छ । चिकित्सा शिक्षा आयोगले स्वीकृति दिने निर्णय गरेसँगै जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुलेको हो ।

 

यही जेठ २९ गते सम्पन्न आयोगको बैठकले प्रतिष्ठानमा स्नातक तहको एमबीबीएस कार्यक्रम शुरुवात गर्न स्वीकृति दिने निर्णय गरेसँगै अब कर्णालीमा डाक्टरी पढाइको वैधानिक ढोका खुलेको हो ।

 

आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको हो ।

 

कोभिड–१९ का कारण निर्णयसहितका प्रक्रियामा ढिलो भए पनि प्रतिष्ठानमा चालु आर्थिक वर्षको शैक्षिक सत्रभित्र नै एमबीबीएस कार्यक्रम सञ्चालन हुने छ । प्रतिष्ठानलाई एमबीबीएस सञ्चालन गर्न हाललाई करीब २५ सिट दिने गरी निर्णय भएको श्रोतले जनाएको छ ।

 

कर्णालीलाई मेडिकल हब बनाउने ढोका खुलेको छ । प्रतिष्ठानमा एमबीबीएस र एमडी कार्यक्रम सञ्चालनले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुनिश्चित गर्न थप कोशेढुङ्गाको काम गर्नेछ ।

 

कोरोना परीक्षण तथा उपचारमा प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पतालले देशमा नै उत्कृष्ठ सेवा पुर्‍याउँदै आएको छ । प्रतिष्ठानले कर्णालीका डाक्टर अभाव भएका अस्पताल तथा पालिकामा डाक्टरको व्यवस्था समेत गर्दै आएको छ ।

 

इच्छाशक्तिका अगाडि असम्भव ठानिएका हरेक कुरा असत्य साबित हुँदा रहेछन् भन्ने चरितार्थ दुर्गम कर्णाली प्रदेशको जुम्लामा भइरहेको स्नातकोत्तर तहको चिकित्सा शिक्षाको पठनपाठन र चालु आवभित्रै शुरु हुने एमबीबीएस कार्यक्रमले पुष्टि गरेको छ । विगतमा सिटामोलको चक्की नपाउने कर्णाली आज विशेषज्ञ डाक्टरसहितको जनशक्ति उत्पादन गर्ने थलोमा रुपान्तरण भएको छ ।

 

यो पनि पढ्नुहोस् :

एभरेष्ट बैंक लिमिटेडले नागरिक केयर सेन्टरलाई आर्थिक सहयोग

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

वि.सं.२०८३ असार २३ मंगलवार १२:२२

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन...

एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

वि.सं.२०८२ चैत १० मंगलवार ११:४१

काठमाडौं: आज विश्व क्षयरोग दिवस । हरेक वर्ष मार्च २४...

१० वर्षे यात्रामा साझा स्वास्थ्य क्लिनिक: सुलभ शुल्कमा बहुआयामिक उपचार सेवा प्रदान

१० वर्षे यात्रामा साझा स्वास्थ्य क्लिनिक: सुलभ शुल्कमा बहुआयामिक उपचार सेवा प्रदान

वि.सं.२०८२ पुस १४ सोमवार ११:३४

काठमाडौं: कलंकी-१४ हनुमान गल्लीमा अवस्थित साझा स्वास्थ्य क्लिनिकले आफ्नो स्थापनाको...

त्रिविको ५१औं दीक्षान्त समारोह आज, यी हुन् पार्किङ्ग स्थलहरु

त्रिविको ५१औं दीक्षान्त समारोह आज, यी हुन् पार्किङ्ग स्थलहरु

वि.सं.२०८२ पुस १० बिहीवार ०७:२५

काठमाडौं: त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त  समारोह आज दशरथ रङ्गशालामा हुँदैछ...