YouTube Link

एप्पलको फाइभ जी फोन तत्काल नआउने

Facebook Link

एप्पलले सर्वोत्कृष्ट ब्राण्डको रुपमा आफ्नो पहिचान कायमै राखिरहेको छ । तर एउटा पछिल्लो प्रविधिको मामिलामा चाहिँ एप्पल पछि परेको छ । बेलायत, चीन तथा जापान जस्ता देशहरुले फाइभ जी नेटवर्कको विकास गरिसकेका छन् । र, स्मार्टफोन कम्पनीहरु बीचमा फाइभ जी कनेक्टिभिटीयुक्त स्मार्टफोन उत्पादन गर्ने प्रतिस्पर्धा चलिरहेको छ । तर आइफोन निर्माता एप्पल चाहिँ यो मामिलामा पछि परेको छ ।

एप्पलको पछिल्लो अवस्थालाई मध्यनजर गर्दा आगामी सन् २०२० अघि एप्पलले फाइभ जी स्मार्टफोन ल्याउन सक्नेछैन । सन् २०२० मा आइफोन ल्याउनका लागि पनि एप्पललाई फाइभ जी चिपको आवश्यकता पर्नेछ । एप्पल आफैंलाई फाइभ जी तयार गर्नका लागि करिब ६ वर्ष लाग्नेछ । तथापि सन् २०२० मा क्वालकोम कम्पनीको सहयोगमा एप्पलले फाइभ जी आइफोन बजारमा ल्याउने अपेक्षा गरिएको छ । एप्पलले यसअघि पनि क्वालकोमसँग सहकार्य गरिसकेको छ ।

यद्यपि तत्कालका लागि क्वालकोमको चिपसेट लिएर फाइभ जी स्मार्टफोन निर्माण गर्ने भएतापनि एप्पल भविष्यमा आफ्नै फाइभ जी मोडेप चिप विकास गर्ने कोसिसमा पनि छ । यसका लागि एप्पलका इन्जिनियरहरु जुटिरहेका छन् । फाइभ जी स्मार्टफोन उत्पादन गर्ने उल्लेखित समाचारका विषयमा एप्पलले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

वि.सं.२०८१ चैत १३ बुधवार ११:०४

काठमाडौं: नेपाल सरकारले सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी...

नयाँ-नयाँ प्रविधिमा अवलोकनकर्ताको आकर्षण

नयाँ-नयाँ प्रविधिमा अवलोकनकर्ताको आकर्षण

वि.सं.२०८१ माघ २७ आइतवार १२:२५

काठमाडौं: सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक...

सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी विधेयक संसद्मा दर्ता, पारित भए सबै सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्ने

सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी विधेयक संसद्मा दर्ता, पारित भए सबै सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्ने

वि.सं.२०८१ माघ १७ बिहीवार १०:३६

काठमाडौं: नेपालमा पनि सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले...

विद्युत् बक्यौताको विषयमा राजनीतीकरण भयो: कुलमान घिसिङ

विद्युत् बक्यौताको विषयमा राजनीतीकरण भयो: कुलमान घिसिङ

वि.सं.२०८१ कात्तिक २८ बुधवार १५:१३

काठमाडौं: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौताको विषयलाई...

आईफोन १६ सार्वजनिक, कति मूल्य पर्छ, के छन् त फिचर ?

आईफोन १६ सार्वजनिक, कति मूल्य पर्छ, के छन् त फिचर ?

वि.सं.२०८१ भदौ २५ मंगलवार १०:३६

एजेन्सीः ट्रिलियन डलर कम्पनी एप्पलले आईफोन शृंखलाको १६औँ संस्करण सार्वजनिक...

नेपाल दूरसञ्चार प्राधिकरणले हटायो टिकटकको प्रतिबन्ध

नेपाल दूरसञ्चार प्राधिकरणले हटायो टिकटकको प्रतिबन्ध

वि.सं.२०८१ भदौ २१ शुक्रवार १५:३३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा...