YouTube Link

हुवावे मोबाइलबाट अब युट्युब र गुगल नचल्ने, गुगलले दिएन सफ्टवेयर

Khanepani Dhal
Facebook Link

अमेरिकी कम्पनी गुगलले चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेसँग साझेदारी टुंग्याउने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गुगलले अब हुवावेलाई सफ्टवेयर दिने छैन ।

अमेरिकी सरकारले हुवावेलाई विश्वभरिबाट नै कालो सूचीमा राख्न माग गरेको छ । डोनाल्ड ट्रम्पको सरकारले भने हुवावेलाई अमेरिकाबाट कालो सूचीमा राखिसकेको छ । गुगल मात्र नभएर इन्टेल, चिपसेट निर्माता कम्पनी क्वालकम, ब्रोडकमजस्ता कम्पनीले पनि अब हुवावेलाई कुनै प्रकारको हार्डवेयर र सफ्टवेयर उपलब्ध गराउने छैनन् ।

हुवावेमाथि फोनको माध्यमबाट मानिसहरूको जासुसी गरेको आरोप लागेको छ । हुवावेलाई कालो सूचीमा राख्दा र गुगलले सपोर्ट नगर्दा ठूलो असर पर्ने छ । अमेरिकी सरकारले कालो सूचीमा राख्दा र इन्टेलजस्ता कम्पनीको सहयोग बन्द भएपछि भने हुवावेलाई ठूलो नोक्सान हुनेछ । हुवावेमा गुगल प्ले स्टोर, जीमेलजस्ता एप्स सेवा बन्द हुनेछ ।

यस्तो अवस्थामा हुवावेले एन्ड्रोइडको पब्लिक भर्जनबाट काम चलाउनुपर्ने हुन्छ । यसका साथै हुवावेका प्रयोगकर्ताहरूले गुगलको कुनै पनि सेवा प्रयोग गर्न पाउने छैनन् । कालो सूचीमा परेपछि हुवावेले एन्ड्रोइडको ओपन सोर्स प्रोजेक्टबाट काम चलाउनुपर्ने हुन्छ । गुगलको एन्ड्रोइड ओपन सोर्स प्रोजेक्ट (एओएसपी) जो कोहीले पनि प्रयोग गर्न सक्छन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

वि.सं.२०८१ चैत १३ बुधवार ११:०४

काठमाडौं: नेपाल सरकारले सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी...

नयाँ-नयाँ प्रविधिमा अवलोकनकर्ताको आकर्षण

नयाँ-नयाँ प्रविधिमा अवलोकनकर्ताको आकर्षण

वि.सं.२०८१ माघ २७ आइतवार १२:२५

काठमाडौं: सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक...

सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी विधेयक संसद्मा दर्ता, पारित भए सबै सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्ने

सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी विधेयक संसद्मा दर्ता, पारित भए सबै सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्ने

वि.सं.२०८१ माघ १७ बिहीवार १०:३६

काठमाडौं: नेपालमा पनि सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले...

विद्युत् बक्यौताको विषयमा राजनीतीकरण भयो: कुलमान घिसिङ

विद्युत् बक्यौताको विषयमा राजनीतीकरण भयो: कुलमान घिसिङ

वि.सं.२०८१ कात्तिक २८ बुधवार १५:१३

काठमाडौं: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौताको विषयलाई...

आईफोन १६ सार्वजनिक, कति मूल्य पर्छ, के छन् त फिचर ?

आईफोन १६ सार्वजनिक, कति मूल्य पर्छ, के छन् त फिचर ?

वि.सं.२०८१ भदौ २५ मंगलवार १०:३६

एजेन्सीः ट्रिलियन डलर कम्पनी एप्पलले आईफोन शृंखलाको १६औँ संस्करण सार्वजनिक...

नेपाल दूरसञ्चार प्राधिकरणले हटायो टिकटकको प्रतिबन्ध

नेपाल दूरसञ्चार प्राधिकरणले हटायो टिकटकको प्रतिबन्ध

वि.सं.२०८१ भदौ २१ शुक्रवार १५:३३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा...