Texas College
YouTube Link

हुवावे मोबाइलबाट अब युट्युब र गुगल नचल्ने, गुगलले दिएन सफ्टवेयर

Facebook Link

अमेरिकी कम्पनी गुगलले चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेसँग साझेदारी टुंग्याउने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गुगलले अब हुवावेलाई सफ्टवेयर दिने छैन ।

अमेरिकी सरकारले हुवावेलाई विश्वभरिबाट नै कालो सूचीमा राख्न माग गरेको छ । डोनाल्ड ट्रम्पको सरकारले भने हुवावेलाई अमेरिकाबाट कालो सूचीमा राखिसकेको छ । गुगल मात्र नभएर इन्टेल, चिपसेट निर्माता कम्पनी क्वालकम, ब्रोडकमजस्ता कम्पनीले पनि अब हुवावेलाई कुनै प्रकारको हार्डवेयर र सफ्टवेयर उपलब्ध गराउने छैनन् ।

हुवावेमाथि फोनको माध्यमबाट मानिसहरूको जासुसी गरेको आरोप लागेको छ । हुवावेलाई कालो सूचीमा राख्दा र गुगलले सपोर्ट नगर्दा ठूलो असर पर्ने छ । अमेरिकी सरकारले कालो सूचीमा राख्दा र इन्टेलजस्ता कम्पनीको सहयोग बन्द भएपछि भने हुवावेलाई ठूलो नोक्सान हुनेछ । हुवावेमा गुगल प्ले स्टोर, जीमेलजस्ता एप्स सेवा बन्द हुनेछ ।

यस्तो अवस्थामा हुवावेले एन्ड्रोइडको पब्लिक भर्जनबाट काम चलाउनुपर्ने हुन्छ । यसका साथै हुवावेका प्रयोगकर्ताहरूले गुगलको कुनै पनि सेवा प्रयोग गर्न पाउने छैनन् । कालो सूचीमा परेपछि हुवावेले एन्ड्रोइडको ओपन सोर्स प्रोजेक्टबाट काम चलाउनुपर्ने हुन्छ । गुगलको एन्ड्रोइड ओपन सोर्स प्रोजेक्ट (एओएसपी) जो कोहीले पनि प्रयोग गर्न सक्छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

वि.सं.२०८२ कात्तिक १९ बुधवार ०७:१३

काठमाडौं: काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट...

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

वि.सं.२०८२ भदौ २० शुक्रवार ०७:५५

काठमाडौं: दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका...

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

वि.सं.२०८२ साउन २८ बुधवार १०:१०

काठमाडौं: सामाजिक सञ्जाललाई सकारात्मक रुपमा प्रयोग गर्ने कि त्यसलाई नकारात्मक...

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

वि.सं.२०८१ चैत १३ बुधवार ११:०४

काठमाडौं: नेपाल सरकारले सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी...

नयाँ-नयाँ प्रविधिमा अवलोकनकर्ताको आकर्षण

नयाँ-नयाँ प्रविधिमा अवलोकनकर्ताको आकर्षण

वि.सं.२०८१ माघ २७ आइतवार १२:२५

काठमाडौं: सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक...

सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी विधेयक संसद्मा दर्ता, पारित भए सबै सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्ने

सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी विधेयक संसद्मा दर्ता, पारित भए सबै सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्ने

वि.सं.२०८१ माघ १७ बिहीवार १०:३६

काठमाडौं: नेपालमा पनि सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले...