YouTube Link

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक र सरकारका प्रतिनिधिहरुबीच लगातार संवाद भइरहेको छ । शिक्षा मन्त्रालयका उच्च तहका कर्मचारी र शिक्षक महासंघका प्रतिनिधिबीच बिहीबारदेखि सुरु संवाद शनिबार साँझसम्म पनि जारी थियो । आज आइतबार पनि दुबै पक्षबीच संवाद हुने बताइएको छ ।

 

शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुली संवाद सकारात्मक भएको बताउँछिन् । शनिबारको छलफल पनि पराजुलीले भनिन्, ‘संवाद सकारात्मक छ तर निष्कर्षमा पुग्न सकिएन ।’ उनका अनुसार शिक्षकका मागबारे शिक्षा मन्त्रालयका अधिकारीहरुले मन्त्रिपरिषदबाट गर्न सक्ने निर्णयबारे ब्रिफिङ गर्दै आइतबार अर्थ मन्त्रालयसँग बसेर छलफल गर्ने र पुनः शिक्षक महासंघसँग छलफल गर्ने बताएका थिए ।

 

शिक्षकहरुले राखेका मागबारे मन्त्रिपरिषद्बाट निर्णय भएमा र शिक्षा ऐन जारी गर्ने सुनिश्चितता भएमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न सकिने उनले बताइन् । ‘क्याबिनेटले गर्ने निर्णय कुरा उहाँहरूको रहयो । विधेयकको काम रफ्तारमा गएको भन्नुभएको छ । ऐन जारी गर्ने सुनिश्चितता भयो भने आन्दोलनको मोडालिटी चेन्ज हुन सक्छ । तर मैले मात्र भनेर हुँदैन,’ उनले भनिन् ।

 

संसदको अबको अधिवेशन सुरु भएको पहिलो साता नै विधेयक पेस गर्ने सत्तारुढ दलहरूले बताउँदै आएका छन् । यसमा विश्वासिलो आधार शिक्षकहरूले खोजेका छन् । ‘संसदको शिक्षा समितिको उपसमितिले छिटो काम सकाएर अधिवेशनको पहिलो साता ऐन जारी हुने विश्वासिलो आधार चाहिन्छ,’ उनले भनिन् । यसअघि शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आगामी बजेटमा शिक्षकका माग सम्बोधन गर्ने सुनिश्चितता जनाउने बताएका थिए । ‘आगामी वर्षको बजेटबाट सम्बोधन हुन्छ । तत्काल आर्थिक वर्ष ०८२/८३ मा सबै खालको समस्या समापनको वर्ष बनाउने गरी गृहकार्य भइरहेको छ,’ शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने, ‘ऐन निर्माण प्रक्रियाबाट हुन्छ । शिक्षक पनि राष्ट्रसेवक हो । गुनासो गर्ने ठाउँ नरहने गरी सम्बोधन हुन्छ । सरकार संवेदनशील भएर लागेको छ ।’

 

शिक्षा ऐन प्रक्रियाबाट आउने वातावरण बनिसकेको दाबी मन्त्रालयको छ । ‘ऐन प्रक्रियाबाट आउने छ । गम्भीर वातावरण बनेको छ । मन्त्रालयले पनि शिक्षकका माग बोकेर सम्बन्धित अंगसँग परामर्श गरिरहेको छ,’ प्रवक्ता सापकोटाले शिक्षकहरूलाई भने, ‘अब आन्दोलन बिसर्जन गर्नुहोस् ।’ तर महासंघले शिक्षक–कर्मचारी मैत्री शिक्षा ऐन जारी हुने सुनिश्चित आधार नभएसम्म आन्दोलन जारी रहने बताएको छ ।

 

संसदको विशेष अधिवेशन, बर्खे अधिवेशन छिटो बोलाएर वा अध्यादेशबाट ऐन जारी गर्न शिक्षक महासंघले भनिरहेको छ । देशभरका शिक्षकहरुले २० चैतदेखि काठमाडौंमा भेला आएर आन्दोलन गरिरहेका छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...