YouTube Link

भक्तपुर गठ्ठाघर दुर्घटनाको छानबिन समितिको निष्कर्षः दुर्घटना हुनुमा ट्राफिक प्रहरीको गल्ती देखिएन

Facebook Link

काठमाडौं: भक्तपुरको गठ्ठाघर दुर्घटनाको छानबिन गर्न बनेको छानबिन समितिले दुर्घटना हुनुमा ट्राफिक प्रहरीहरूको गल्ती नदेखिएको निष्कर्ष निकालेको छ ।

 

साउन ३१ गते  दिउँसो गठ्ठाघर चोकनजिकै ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा चिशङ्खुगढी गाउँपालिका‐४ खहरे स्थायी घर भई हाल काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो ।

 

ट्राफिक प्रहरीले लुकेर सवारी चेकिङ गर्दा उक्त घटना घटेको भन्दै प्रदर्शनकारी र प्रहरीबीच झडप नै भएको थियो । त्यसपछि उपत्यका प्रहरी कार्यालयका एसपी प्रदीप केसीको नेतृत्वमा साउन ३२ गते छानबिन समिति बनाएर अनुसन्धान थालेको थियो । उक्त समितिले गठ्ठाघर दुर्घटनामा ट्राफिक प्रहरीको गल्ती नदेखिएको निष्कर्ष निकालेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्व राज खड्काले जानकारी दिए । उनले भने,‘लुकेर ट्राफिक प्रहरीले चेकिङ गर्दा दुर्घटना भएको आरोप लगाइयो, यसपछि छानबिन समिति बन्यो तर, समितिले ट्राफिकको गल्ती नभएको प्रतिवेदनमा उल्लेख गरेको छ, ट्रक चालकले पनि त्यहाँ ट्राफिक प्रहरीले रोकेर चेकिङ नगरेको बयान दिएको छ, त्यसैले त्यस घटनामा कुनै ट्राफिक प्रहरीको गल्ती छैन ।’

 

दुर्घटनापछि सत्यतथ्य जाँच गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि साउन ३२ गते छानबिन समिति गठन गरेको थियो । ७ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो । समितिको सदस्यमा जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी नायव उपरीक्षक राजन कार्की, यातायात व्यवस्था विभाग सवारीचालक अनुमतिपत्र राधेराधे कार्यालयका उत्तम बस्नेत र नागरिक समाजका तर्फबाट मृतकका आफन्त पर्ने तुलसीहरि कोइराला छन् ।

 

उक्त समितिले हाल काम गरिरहेको समितिका संयोजक डोलेन्द्र निरौलाले जानकारी दिए । उनले भने, ‘छानबिनको काम अझै सकिएको छैन, काम भइरहेको छ ।’ छानविन समितिमा संलग्न एक अधिकारीका अनुसार ट्रकको प्राविधिक त्रुटी देखिएको छैन । त्यस्तै हालसम्मको अनुसन्धानमा ट्राफिक प्रहरीको पनि प्रत्यक्ष गल्ती देखिएको छैन ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...