विहारमा नेपाली तीर्थयात्री बोकेको ट्रकसँग बस ठोक्किए दुर्घटना, ३६ जना घाइते, ८ को अवस्था गम्भीर
वि.सं.२०८१ भदौ ९ आइतवार १३:०९
942
sharesएजेन्सीः छिमेकी राष्ट्र भारतको विहारस्थित समस्तीपुर जिल्लामा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार ट्रकसँग बस ठोक्किएर पल्टिएको जनाईएको छ ।
बसमा सवार ३ दर्जन बढी यात्रु घाइते भएको र विभिन्न नजिकका अस्पतालहरुमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । देवघर गइरहेको बस गएराति दुर्घटनामा परेको हो । बच्चा समेत ८ यात्रुको अवस्था गम्भीर रहेको बताइएको छ । बसमा करिब ४३ यात्रु रहेका थिए । स्थानीय र प्रहरीको मद्दतमा उनीहरुको उद्धार गरी अस्पताल लगिएको छ । मुसरीघरारी चोकनजिकै राष्ट्रिय उच्चपथ २८ मा बस पल्टिएको थियो । ट्रकसँग ठोक्किएपछि बसको एक्सल टुटेको र दुर्घटना भएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
वि.सं.२०८१ भदौ ९ आइतवार १३:०९