YouTube Link

भुटानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

Khanepani Dhal
Facebook Link

काठमाडौं: भुटानलाई हराउँदै नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्स मैदानमा टाइब्रेकरमा ४-१ गोल अन्तरले पराजित गर्दै नेपाल उपाधि भिडन्त पक्का गरेको हो ।

 

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा पुगेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भुटानले जेत्सन दोर्जीको गोलमा अग्रता लियो । तर भुटान १० खेलाडीमा झरेलगत्तै नेपालले निराजन धामीको गोलमा खेल बराबर गर्यो ।

 

टाइब्रेकरको पहिलो प्रहारमा नेपालका लागि राम थापा र भुटानका जेत्सन दोर्जीले गोल गरे । दोस्रो प्रहारमा अभिनाश स्याङतानले गोल गर्दा जिग्मे नाम्गेलको प्रहार जियारत शेखले बचाए । सेमन्त थापाले तेस्रो प्रहारमा गोल गर्दा उग्वेन जिग्मेको प्रहार जियारतले नै बचाए । चौथो प्रहारमा जियारतले गोल गर्दै नेपाललाई फाइनल पुर्याए ।

 

खेलको ५६ औं मिनेट मिनेटमा भुटानका लागि जेत्सन दोर्जीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको हाफ भली सिधै गोलमा परिणत भएको थियो । ७१ औं मिनेटमा अभिनाश स्याङतानको फ्रिकिक भुटानका गोलरक्षक ल्होचो निमाले डाइभ दिँदै बचाएका थिए । खेलको ७७औं मिनेटमा भुटानका किन्जाङ तेन्जिङ दोस्रो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । दोस्रो सेमिफाइनलमा सोमबार भारत र बंगलादेशबीच प्रतिष्पर्धा हुनेछ । उपाधि भिडन् बुधबार दशरथ रंगशालामा हुनेछ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान र विश्वासिलो अभियोजन नारासहित ११ बूँदे घोषणापत्र

प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान र विश्वासिलो अभियोजन नारासहित ११ बूँदे घोषणापत्र

वि.सं.२०८२ असार १ आइतवार १३:४८

काठमाडौं: साधन-स्रोतको अभावमा दक्षिण एसियाको उत्कृष्ट अनुसन्धाता नेपाल प्रहरीले चाहेजति...

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

वि.सं.२०८२ जेठ ३१ शनिवार ०७:५०

काठमाडौः 'टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो'...

इजरायलमाथि इरानको बालिस्टिक मिसाइल प्रहार

इजरायलमाथि इरानको बालिस्टिक मिसाइल प्रहार

वि.सं.२०८२ जेठ ३१ शनिवार ०६:२८

एजेन्सीः इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल प्रहार...

हेर्नुहोस् आज २०८२ जेठ ३१ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ जेठ ३१ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ जेठ ३१ शनिवार ०५:४५

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

मकालु हिमालमा ट्राफिक नियम !

मकालु हिमालमा ट्राफिक नियम !

वि.सं.२०८२ जेठ २३ शुक्रवार १३:०४

काठमाडौं: काठमाडौं उपत्यकालाई हरेक किसिमका अपराध नियन्त्रण गर्दै 'सुरक्षित उपत्यका'...

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

वि.सं.२०८२ जेठ २३ शुक्रवार ०८:४२

एजेन्सी: स्पेन नेशन्स लिगको फाइनलमा पुगेको छ । लामिन यामालको...