YouTube Link

जसरी सहकारीका विषयहरु उठिरहेका छन् ती सहकारीको विषयमा अदालतमा कहीँकतै मुद्दा छैन: गृहमन्त्री रवि लामिछाने

Facebook Link

 

काठमाडौं: उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले कुनैपनि सहकारीबाट ऋण नलिएको स्पष्टिकरण दिएका छन् । प्रतिनिधिसभाको बैठकमा स्पष्टीकरण दिँदै आफू गोर्खा मिडियाले सहकारीबाट ऋण लिने प्रक्रियामा आफु सहभागी नभएको बताए ।

 

लामिछानेले आफुले अहिले गोरखा मिडिया र कम्पनी छोडिसकेपछि कम्पनीको कुनै दायित्व बेहोर्नुपर्ने भए आफू सो दायित्व बेहोर्न तयार रहेको बताए । उनले जीबी राईले गरेका सबै फोहोर आफूले सफा गर्नुपर्छ भन्ने नरहेको संसदमा बताएका छन् । पोखराको सुर्यदर्शन सहकारीबाट आफुले ऋण लिएको कुनै कागज नभएको भन्दै सुनियोजित रुपमा आफ्नो नाम प्रयोग गरिएको आरोप लगाए । उनले फौजदारी कसूर लाग्ने सहकारी ठगी प्रकरणमा संसदीय समिति छानबिन गर्न नमिल्ने जिकिर गर्दै आफू यो विष पिउन तयार रहेको बताए ।

 

गृहमन्त्री लामिछानेले आफूमाथि सहकारी गठीको आरोप लगाएपछि न्यायको खोजीमा  महान्यायाधिवक्ताको कार्यालयलाई पत्र लेख्नुपरेको बताएका छन् । लामिछानेमाथि महान्यायाधिवक्ताको कार्यालय दुरुपयोग गरेर सहकारी ठगी प्रकरणमा बच्न खोजेको आरोप लागिरहेका बेला उनले सो स्पष्टीकरण दिएका हुन् । ‘मैले अन्याय पर्दा मेरो बारेमा सूचना माग्न काही नकाही जानै पर्ने थियो । व्यक्तिका रुपमा न्याय खोज्न ज्यादा मैले महान्यायाधिवक्ताको कार्यालयलाई पत्र लेखेँ । उसले मलाई कहीँकतै मुद्दा नभएको, अभियोग नभएको पत्र दियो,’ उनले भने ।

 

आइतबार प्रतिनिधिसभा बैठकमा आफूमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री लामिछानेले महान्यायाधिवक्ताको कार्यालयले पनि आफूलाई निर्दोष नै देखेर आफूमाथि सो सम्बन्धि कुनै मुद्दा, माफिमा नभएको जानकारी गराएको दाबी गरे । ‘अब मलाई केही भन्नु छैन । म यतिकुरा मात्रै थप्न चाहन्छु- जसरी सहकारीका विषयमा कुराकानी उठिरहेको छ । ती सहकारीको विषयमा अदालतमा कहीँकतै मुद्दा छैन,’ लामिछानेले भने, ‘मैले बारम्बार भन्दै आएको छु । कोही प्रतिवादी छैन । कसैको बयानले मलाई बोलेको छैन । केही ज्ञापनपत्र हरु पनि आएका छन् त्यसको पनि मेरो नाम उल्लेख छैन ।’

 

उपप्रधानमन्त्री लामिछानेले आफू संसदीय छानविन समिति बनाउने कुराको विपक्षमा कहिल्यै पनि नरहेको जिकिर पनि गरे । ‘के यो सदन पत्रिकाको हेडलाईनमा उफ्रिने सदनको रुपमा स्थापित गर्न हामी तयार रहेका हौं ? फेरि पनि भन्छु सभामुख महोदय, व्यक्ति केन्द्रित गरेर जाने हो भने कुरो धेरै अघि बढ्न सक्छ। व्यक्ति केन्द्रित भएर जाँदाखेरी भोलिसम्म पत्रपत्रिकामा आएर हरेक समाचारको छानविन समिति बनाउने नजिर यो संसदले बनाउन चाहन्छ भने सरकारले जति नै पुरानो भएपनि फाईल खोल्ने भनेर न्यूनतम साझा कार्यक्रममा नै छ । म त तयार छु । सुरुवात मबाट गर्नुहोस्, मैले अहिले उल्लेख गरेकोहरु सबैको फाईल खोलौं । समिति बनाउ, म तयार छु । तर हामीले कस्तो संसदीय मर्यादा लिएर जाने भन्ने कुराको तय पनि यो संसदले गरोस्,’ लामिछानेले भनेका छन् ।

 

प्रतिनिधि सभालाई सम्बोधन गर्दै लामिछानेले गृहमन्त्री हुन नमिल्ने तर प्रधानमन्त्री हुन कुन नैतिकताले मिल्ने हो भन्दै कांग्रेसले प्रश्न गरेका  छन् । ‘म गृहमन्त्री हुन नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिँ कुन नैतिकताले मिल्ने रहेछ। म आज यो सदनमा सोध्न चाहन्छु ।’ उनले भने,‘अफर गर्नेले कान रातो पार्नुपर्दैन । म राजनीतिमा गोपनीयता ख्याल राख्ने मान्छे हुँ केही गोपनीयता राखौंला तर मेरो प्रश्न छ । हिजो मलाई डेढ महिना प्रधानमन्त्री हुन गरेको अफरको डेट अफर छ कि अझै बाँकी छ । यो कुराको जवाफ सदनमा उभिएर कांग्रेस सभापति शेरबहादुर देउवाले दिए राम्रो हुन्थ्यो । राति प्रधानमन्त्रीको अफर अनि अफर अस्वीकार गरेपछि भोलिपल्ट  संसद अवरोध, संसदीय छानबिन समितिको माग उचित हो कि होइन ?’

 

उनले दोषी देखिए मैलाई हत्कडी लगाउनु भनेर प्रहरीलाई निर्देशन दिएको बताए । उनले कानुनले जे भन्छ प्रहरी सोहि अनुसार चल्ने बताए । सहकारी ठगीमा आफ्नो संलग्नता नभएको र भएको प्रमाणित गरे कारबाही भोग्न तयार रहेको उनले बताए । उनले फौजदारी कानुनबाहेकमा संसदीय छानबिन समिति गठन गर्न नमिल्ने भएपनि कांग्रेसको माग पूरा गर्न आफू तयार रहेको उल्लेख गरे ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...