YouTube Link

ष्याँदर पिदारको शुभ-कामना आदानप्रदान अन्तर्क्रिया कार्यक्रम सम्पन्न

Facebook Link

 

काठमाडौं: ‘पहिचान र समानताको लागि प्रतिवद्धता’ भन्ने मुल नाराका साथ किराँत सुनुवार जातिको राष्ट्रिय चाड उभौली ष्याँदर पिदार ५०८४ को अवसरमा आयोजित शुभ-कामना आदानप्रदान अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 

सुनुवार सेवा समाज संघीय समितिको आयोजनामा आयोजित अन्तर्क्रिया कार्यक्रममा समाजका अध्यक्ष अमृत बहादुर सुनुवारको सभापतित्वमा सम्पन्न भएको हो । अन्तर्क्रिया कार्यक्रममा संघीय समितिका पूर्व अध्यक्ष एवम् सल्लाहकार मनप्रसाद सुनुवार, विदेश विभाग उपाध्यक्ष शिव सुनुवार, उपाध्यक्ष शोभा सुनुवार, महासचिव उत्तमकुमार सुनुवार कोइँचबु काःतिच लगायत सुनुवार सेवा समाजका जिल्ला अध्यक्ष तथा पदाधिकारीहरुले अन्तर्क्रियामा आ-आफ्नो भनाई राखेका थिए ।

 

कार्यक्रममा आफ्नो भनाई राख्ने क्रममा समाजका अध्यक्ष अमृत बहादुर सुनुवारले डिजिटल युगमा सबैले चाँडो सिक्ने र सिकाउने माध्यम भएकोले हाम्रो भाषा, संस्कृतिलाई बचाउन व्यापक रुपमा सोसल मिडिया लगायत आमसञ्चार माध्यमको प्लेटफर्मबाट फैलाउन सबैमा अनुरोध गरे ।

 

सुनुवार सेवा समाज काठमाडौ जिल्लाका अध्यक्ष गोपाल सुनुवारले अन्तर्क्रिया कार्यक्रमलाई शुभकामना दिँदै आजभोलि विभिन्न राजनीति दलहरुको कार्यक्रममा आफ्नो जातिय पहिचानको रुपमा प्रयोग हुँदै आएको ढोललाई दुरुपयोग भएको भन्दै यसको न्यूनिकरणका लागि बेलैमा सोच्नुपर्ने र त्यसलाई कसरी हुन्छ हटाउनुपर्नेमा जोड दिए ।

 

अन्तर्क्रिया कार्यक्रममा सुनुवार सेवा समाज संघीय समितिका उपाध्यक्ष शिव सुनुवारले ३६औं वार्षिक साधारणसभामा कार्यक्रमलाई सफल बनाउन सहयोगको भूमिका खेलेका स्वयंसेवकलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा १५ जना स्वयंसेवकलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...