YouTube Link

तीनकुनेस्थित गैरीगाउँमा हत्या भएको घटनामा आईतबार थप एक जना पक्राउ, पक्राउ पर्नेको परिचय गोप्य

World Cup 2026
Facebook Link

 

काठमाडौं: तीनकुनेस्थित गैरीगाउँमा शुक्रबार राति चार जनाको हत्या भएको घटनामा थप एक जना पक्राउ परेका छन् । प्रहरीले सिसिटिभी फुटेजमा देखिएका एक युवकलाई आइतबार बिहान लोकन्थलीबाट पक्राउ गरेको  हो ।

 

स्रोतका अनुसार हत्यामा संलग्न भएको आशंकामा उनलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेको परिचय प्रहरीले गोप्य राखेको छ । शुक्रबार राति ११:५५ बजे काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित दिव्य स:मिलभित्र काठले बनेको टहरामा धारिलो हतियार प्रहार गरी चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

 

घटनाबारे जानकारी दिने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राई शुक्रबार राति आफैं प्रहरी वृत्त बानेश्वर पुगेर घटनाबारे जानकारी दिएका थिए । शरीरमा रगत लागेको अवस्थामा प्रहरी कार्यालय पुगेका उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

 

दोलखा घर भई  सःमिलमा सुरक्षागार्डको काम गर्ने ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती  ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल, र मोरङ बेलबारी घर भई मिलमा बस्दै आएका अन्दाजी २५ वर्षीया नवीन राईको हत्या भएको थियो । उनीहरूको टाउको र शरीरका अन्य विभिन्न भागमा हतियारले प्रहार भएको देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए ।

 

प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा शनिबार मात्रै हत्यामा प्रयोग भएको धारिलो हतियार ‘दाउ’ बरामद गरेको थियो । यो घटना एक जना व्यक्तिले मात्रै पनि गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक विश्लेषण गरेको थियो । तर वरपरका सिसीटिभी फुटेज हेर्दा एक व्यक्तिको क्रियाकलाप शंकास्पद देखिएपछि प्रहरीले आईतबार बिहान उनलाई पक्राउ गरेको हो ।

 

प्रहरीले घटनाको अनुसन्धान गर्न तालिमप्राप्त कुकुर समेत परिचालन गरेको थियो । त्यस्तै प्राविधिक पाटोबाट पनि अनुसन्धान गरिरहेको छ । घटनाको अनुसन्धान गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यका अपराध अनुसन्धानका एसएसपी सोमेन्द्र सिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति बनाएको छ । समितिलाई यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

 

हत्या गरिएको अवस्थामा भेटिएका चारै जनाको शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...