YouTube Link

अख्तियारद्वारा कृषि सहकारी संस्थाका अध्यक्षसहित ११ जना विरुद्ध मुद्दा दायर

Facebook Link

 

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सहकारी संस्था लिमिटेडका अध्यक्षसहित ११ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

 

आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेश कुमार लिम्बुसहित ११ जना विरुद्ध मुद्दा दायर गरेको हो ।

 

पशु सेवा विभाग पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालयबाट विगत आर्थिक वर्षमा पशु हाटबजार निर्माण तथा सुधार कार्यक्रम सञ्चालन गरिएको थियो ।

 

सो कार्यक्रममा तेह्रथुमको म्याङलुङ नगरपालिका-५ जिरीखिम्ति माझगाउँमा आम्फुवा पशुहाटबजार निर्माण गर्न अनुदान प्राप्त भएको थियो ।

 

उक्त निर्माण कार्य सम्पन्न नगरी अनियमितता गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।

 

सोहि उजुरीको आधारमा अख्तियारले अनुसन्धान हुँदा आम्फुवा पशुहाटबजार निर्माण कार्यमा इष्टिमेट बमोजिम कार्य नै नगरी ४७ लाख ३७ हजार ६२९ रुपैयाँ बढी भुक्तानी भएको देखिएको जनाएको छ । उक्त रुपैयाँ बराबरको माग दाबीसहित पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय कार्यालय हरिहरभवनका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्री, लेखा अधिकृत रामप्रसाद बँजगाई र वरिष्ठ पशु चिकित्सक पूजा शर्मा विरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।  उनीहरु तीनै जनासंग जनही ४७ लाख ३७ हजार ६२९ रुपैयाँ बिगो माग गरिएको छ ।

 

आयोगका अनुसार किराँत याकथुम चुमलुङ (कियाचु) कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेश कुमार लिम्बु, व्यवस्थापक तेजमान कन्दङ्वा र कोषाध्यक्ष गणेश बहादुर सोदेम्बाले पशु हाटबजार निर्माण गर्दा आफूलाई फाइदा पुग्ने काम गरेको पाईएको छ ।

 

आर्थिक वर्ष २०७३/०७४ मा पशु हाटबजार निर्माण तथा सुधार कार्यक्रममार्फत तेह्रथुमको जिरीखिम्ति माझगाँउमा आम्फुवा पशुहाटबजार निर्माण कार्यमा आफुहरुलाई फाइदा हुने काम गरेको हुने । साथै उनीहरुले हुँदै नभएको कामको गलत मनसाय राखी बदनियतपूर्ण तवरले नेपाल सरकारलाई हानिनोक्सानी पुर्याउने गरी बढी बिल भरपाई पेश गरी सोही विल भरपाईको आधारमा बढी रकम भुक्तानी लिई भ्रष्टाचार गरेको पुष्टि भएको आयोगले जनाएको छ । उनीहरुसंग जनही ४७ लाख ३७ हजार ६२९ रुपैयाँ बिगो माग गरिएको छ ।

 

लाइफ टाइम इन्जिनियरिङ सोलुसन प्राइभेट लिमिटेडका सञ्चालक रोशन भट्टराईले आम्फुवा पशुहाटबजार निर्माण कार्यमा वास्तविक भए गरेको कामभन्दा बढी काम गरेको कार्य सम्पन्न मूल्याङ्कन प्रतिवेदन बनाएको पाइएको छ ।

 

बदनियतपूर्ण तरिकाले आफूहरुलाई फाइदा हुने र नेपाल सरकारलाई हानी पुर्याउने गरी भए गरेको कुरा लुकाई नगरेको कुरा भए गरेको भनी गलत प्रतिवेदन दिई भ्रष्टाचार गरेको आयोगको भनाई रहेको छ ।

 

त्यस्तै, सर्लाहीको साविक सलेमपुर गाविसका तत्कालीन सचिव ध्रुव नारायण झालाई सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । विभिन्न योजना कार्यान्वयन एवं सेवा प्रवाहमा अनियमितता गरेको आरोपमा उनी विरुद्ध आयोगले ७ लाख ५१ हजार रुपैयाँ बिगो मागसहित विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।

 

त्यसैगरि, पर्साको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका निर्माण समितिका अध्यक्ष कन्हैया साह कानुसहित तीन जना विरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ । अध्यक्ष कन्हैया साह कानु, प्रधानाध्यापक तथा सदस्य सचिव रामवचन प्रसाद, र सदस्य रामचन्द्र साह कानुलले विभिन्न शीर्षकको रकम हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ । उनीहरुसंग ११ लाख ९५ हजार रुपैयाँ बिगो माग गरिएको अख्तियारले जनाएको छ । (आर्थिक न्युजबाट)

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...