YouTube Link

दोस्रो युनाईटेड एफसी नकआउट फुटबल प्रतियोगिता-२०२२ को उपाधि आयोजकले उचाल्यो

Facebook Link

 

कतार: बकर-इद (इद-उल-अधा)को अवसरमा आयोजित दोस्रो युनाइटेड यूथ क्लब नकआउट नाइन-ए-साइड फुटबल प्रतियोगिताको फाईनलमा आयोजक युनाइटेड युथ एफसि कतारले नाईन-स्टारलाई टाईब्रेकरमा ६-५ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ ।

 

प्रतियोगितामा कुल ३२ टोलीको सहभागिता रहेको थियो । सहभागी टोली सबै खेलाडीहरुले क्लबको नाम आफु कार्यरत कम्पनीको नाम राखेर सहभागी भएका थिए भने संस्थागत रुपमा मोना कतार मात्र सहाभागी थियो ।

 

प्रतियोगिताको विजेतालाई एक हजार ८०१ रियाल नगद, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेतालाई एक हजार २०१ रियाल नगद, ट्रफी, मेडल र प्रमाणपत्र क्लबका ब्यबस्थापक गौतम श्रेष्ठ र प्रबासी भुजेल समाज कतारका उपाध्यक्ष  उमेश भुजेलले बितरण गरेका थिए ।

 

प्रतियोगितामा उत्कृष्ट खेलाडी पर्विन राई (9star FC), उत्कृष्ट डिफेन्डर बिसु तामाङ (9 star FC), सर्वाधिक गोलकर्ता पारस लिम्बु ( NYC Qatar) ५ गोल, उत्कृष्ट गोल रक्षक आसिस लिम्बु (UYFC), उत्कृष्ट प्रशिक्षक स्याम तामाङ( UYFC) भए सेमिफाईनल र फाइनालको म्यान अफ द म्याच आसिस लिम्बु (UYFC), सागर केसि (PETRO FC) पासाङ लामा (UYFC) चुनिएका थिए ।

 

प्रतियोगिता ७ तरिक बिहिबार साँझ नेपाली भेट्रान टोली, कतार र UYFC भेट्रान टोलीबीच खेल खेलेर उदघाट्न गरिएको थिए । आयोजकले खेल पश्चात नेपाली भेट्रान टोलीका खेलाडिहरुलाई सम्मान गर्दै ट्रफि मेडल बितरण गरिएको थियो ।

 

सम्पुर्ण आयोजक टिमको तर्फबाट खेल हार जितभन्दा पनि नेपाली भेट्रान टिमका अग्रज दाईहरुलाई सम्मान गर्ने योजना अनुरुप गरेका बताए । भेट्रान टिमलाई सम्मान पश्चात खुल्ला तर्फको खेल सुरुवात गरिएको थियो । खेल समापन ११ तारिक सोमबार बिहान ४ भएको आयोजकले बताए ।

 

प्रतियोगिता सफल बनाउन मुख्य प्रायोजक  नेपाली भेट्रान एफसी कतार, सह-प्रयोजक गोर्खा बाईक राईडर ट्रेडिङ डब्लु एल एल, न्यु सारा ब्युटी सलुन र सहयोगिहरुमा दि गोर्खा नेपाली रेस्टुरेन्ट, मण्डला रेस्टुरेन्ट, रोयल नेपाली रेस्टुरेन्ट, झापा एफसी, एच क्यु हाईक्वालिटी टेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनी रहेका छ्न । ब्यनार प्रायोजन NRNA-NCC, Qatar का खेल सयोजक रबिन मगरले गर्नु भएको थियो । ब्यक्तिगत रुपमा पनि अग्रज समाजसेवीहरुबाट आर्थिक सहायोग भएको आयोजकले बताए ।

 

अफिसियल मिडियाहरुमा अखबरनेपाल डटकम, गोलनेपाल डटकम, मध्यान्ह, मुग्लानी खबर, आदर्श सञ्चार, जनचासो खबर, दिप सञ्चार, एभरेषट दैनिक क्युएन खबरले साथ दिएका थिए ।

 

विशेष गरेर बिदाको समयमा कतारमा रहेका नेपालीहरूबीच भाईचारा, स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले युनाइटेड यूथ एफसीले प्रतियोगिता आयोजना गरेको र पहिलो प्रतियोगिता भन्दा यो दोस्रो प्रतियोगितामा धेरै साथ सहयोग मिलेकोले आगामी दिनको लागि अझ हौसला बढेको संयोजक सुनिल लामा तामाङले बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...