YouTube Link

ललितकला प्रज्ञा प्रतिष्ठानमा तीन दिने ‘नेपाली क्यारिकेचर २०७९’ प्रदर्शनी

Facebook Link

 

काठमाडौं: तीन दिने ‘नेपाली क्यारिकेचर २०७९’ प्रदर्शनी सुरु भएको छ । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि सुरु भएको हो ।

 

उक्त प्रदर्शनीमा नेपाली समाजका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वका क्यारिकेचरहरु राखिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग र कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा भएको उक्त प्रदर्शनीको प्रतिष्ठानका कुलपति केके कर्माचार्यले उद्घाटन गरेका हुन् ।

 

उद्घाटन समारोहमा बोल्दै कुलपति कर्माचार्यले नेपाली कलाक्षेत्रमा क्यारिकेचरको महत्व पछिल्लो समय बढ्दै गएको बताए । उनले कार्टुन, पत्रकारितासँगै कलामा समेत क्यारिकेचरको विशिष्ट महत्त्व रहेको जनाउँदै यसलाई अझै समृद्ध पार्नु पर्ने धारणा व्यक्त गरे ।

 

प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले पनि नेपालमा कार्टुनसँगै क्यारिकेचरको महत्त्व र आवश्यकता बढ्दै गइरहेको विचार व्यक्त गरे ।

 

कार्टुनिस्ट क्लब अफ नेपालका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले क्यारिकेचर प्रदर्शनीमार्फत समाजका विशिष्ट व्यक्तित्वलाई चिनाउन खोजिएको बताए ।

 

समाजमा योगदान दिएका व्यक्ति र उनीहरुको कर्मलाई सबैले आत्मबोध गर्न सकुन् भन्ने लक्ष्य राखेरै क्यारिकेचर बनाइएको जनाउँदै श्रेष्ठले क्यारिकेचर कार्यशाला तथा प्रदर्शनीको आयोजना गरेर आयोजकले सराहनीय काम गरेको भनाइ राखे ।

 

क्लबका अध्यक्ष वासु क्षितिजले पत्रकारिता र कलाकारितामा क्यारिकेचरको महत्व विशिष्ट रहेको धारणा व्यक्त गरे । उनले भने, ‘क्यारिकेचर अर्थात् ‘अनुहारको व्यंग्यात्मक हाउभाउ’ व्यंग्यचित्रको अर्को पाटो हो । रङ र रेखाद्वारा व्यक्तिको भावसहितको बढाइचढाइ अर्थात् अतिरञ्जना गरिएको चित्रको रुपमा समेत क्यारिकेचरलाई बुझ्ने गरिन्छ ।’

 

तीन दिनसम्म चल्ने उक्त प्रदर्शनीमा अशोकमान सिं, अविन श्रेष्ठ, जीवन राजोपाध्याय, वासु क्षितिज, देवेन्द्र थुम्केली, रविन्द्र मानन्धर, केशव राज खनाल, योगेश खपाङ्गी, राजेश मानन्धर, सागर शाह, भानु भट्टराई, महेश बस्ताकोटी, रवि मिश्र, रामकृष्ण थापा, उमेशचन्द्र अधिकारी, दीपक गौतम, सानुराज डंगोल, अकृन अधिकारी, सुजिता महर्जन, रमिला महर्जन, एनबि गुरुङ, पल्पसा मानन्धर, प्रकाश थापा प्रथा, एलिना पोखरेल, असिना भण्डारी, अर्पिता शाक्यले कला, साहित्य, खेलकुद, चलचित्र, व्यापार लगायतका क्षेत्रमा योगदान दिएका व्यक्तित्वका क्यारिकेचर राखिएको छ ।

 

यस्तै, प्रदर्शनीमा वामन चालिसे, विश्व थापा, सुदर्शन सिग्देल, चाँदनी जोशी, दिव्या श्रेष्ठ, ज्योत्स्ना उदास, कीर्ति तिमिल्सेना, मनरा प्रजापति, निरुपा राजभण्डारी, प्रतिमा चौधरी, रामहरि रिमाल, राजकी अर्याल, सदीश्री थापा, सोना नेपाली, सुश्रीना शाक्य, स्वस्तिका बलामी लगायतका कलाकारले बनाएका क्यारिकेचर राखिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...