YouTube Link

नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि म्यादी भर्ना र सामग्री खरिदका लागि नौ अर्बको प्रस्ताव

Facebook Link

 

काठमाडौं: आगमी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीका लागि सात अर्ब रुपैयाँको प्रस्ताव गरेको छ ।

 

यस बाहेक सवारी साधन, सुरक्षा व्यवस्थापन र अरू कार्यका लागि नौँ अर्ब रुपैयाँ प्रस्ताव गरेको छ ।

 

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई विस्तृत विवरणसहित सो रकमको प्रस्ताव गरेको हो ।

 

प्रहरीको प्रस्ताव गृहमार्फत अगाडि बढ्नेछ ।

 

प्रहरी प्रस्तावमा एक लाख २० हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने र उनीहरूको व्यवस्थापन, तलबलगायतमा सात अर्ब खर्च हुने उल्लेख छ ।

 

यसबाहेक प्रहरीका लागि बन्दोबस्तीका सामग्री, गाडी, मोटरसाइकल लगायत सामग्री किन्न नौ अर्ब लाग्ने अनुमानसहितको प्रस्ताव छ ।

 

यसअघि, अध्ययनका लागि प्रहरी प्रधान कार्यालयले एक समिति नै बनाएको थियो ।

 

सरकारले चारवटै सुरक्षा निकायले सुरक्षा रणनीतिको गृहकार्य समेत सुरु गरिसकेका छन् ।

 

प्रहरी प्रधान कार्यालयको कार्य विभागका डीआईजी रवीन्द्र धानुकको नेतृत्वमा निर्वाचनकेन्द्रित सुरक्षा समिति गठन गरिएको छ ।

 

प्रहरी प्रधान कार्यालयले जनशक्ति, स्रोत–साधन, बजेटलगायत विषयमा समेत गृहकार्य गरिरहेको छ ।

 

स्थानीय तह निर्वाचनका लागि एक लाख २० हजार म्यादी प्रहरी माग गर्ने र उनीहरूलाई दुई महिना बराबरको तलब सुविधा माग गर्ने तयारी समेत प्रहरी प्रधान कार्यालयको छ ।

 

आउँदो चैतमा म्यादी प्रहरीका लागि भर्ना लिइने सम्भावना छ । भर्नामा अवकाश प्राप्त सेना, प्रहरीलाई प्राथमिकतामा राख्ने तयारी छ ।

 

यसअघि, गृह मन्त्रालयले पछिल्लो १० वर्षमा अवकाश पाएका सेना, प्रहरी र सशस्त्रको विवरण राख्न सम्बद्ध सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...