Rajshow Bivag

नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि म्यादी भर्ना र सामग्री खरिदका लागि नौ अर्बको प्रस्ताव

Departmant of helth services

 

काठमाडौं: आगमी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीका लागि सात अर्ब रुपैयाँको प्रस्ताव गरेको छ ।

 

यस बाहेक सवारी साधन, सुरक्षा व्यवस्थापन र अरू कार्यका लागि नौँ अर्ब रुपैयाँ प्रस्ताव गरेको छ ।

 

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई विस्तृत विवरणसहित सो रकमको प्रस्ताव गरेको हो ।

 

प्रहरीको प्रस्ताव गृहमार्फत अगाडि बढ्नेछ ।

 

प्रहरी प्रस्तावमा एक लाख २० हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने र उनीहरूको व्यवस्थापन, तलबलगायतमा सात अर्ब खर्च हुने उल्लेख छ ।

 

यसबाहेक प्रहरीका लागि बन्दोबस्तीका सामग्री, गाडी, मोटरसाइकल लगायत सामग्री किन्न नौ अर्ब लाग्ने अनुमानसहितको प्रस्ताव छ ।

 

यसअघि, अध्ययनका लागि प्रहरी प्रधान कार्यालयले एक समिति नै बनाएको थियो ।

 

सरकारले चारवटै सुरक्षा निकायले सुरक्षा रणनीतिको गृहकार्य समेत सुरु गरिसकेका छन् ।

 

प्रहरी प्रधान कार्यालयको कार्य विभागका डीआईजी रवीन्द्र धानुकको नेतृत्वमा निर्वाचनकेन्द्रित सुरक्षा समिति गठन गरिएको छ ।

 

प्रहरी प्रधान कार्यालयले जनशक्ति, स्रोत–साधन, बजेटलगायत विषयमा समेत गृहकार्य गरिरहेको छ ।

 

स्थानीय तह निर्वाचनका लागि एक लाख २० हजार म्यादी प्रहरी माग गर्ने र उनीहरूलाई दुई महिना बराबरको तलब सुविधा माग गर्ने तयारी समेत प्रहरी प्रधान कार्यालयको छ ।

 

आउँदो चैतमा म्यादी प्रहरीका लागि भर्ना लिइने सम्भावना छ । भर्नामा अवकाश प्राप्त सेना, प्रहरीलाई प्राथमिकतामा राख्ने तयारी छ ।

 

यसअघि, गृह मन्त्रालयले पछिल्लो १० वर्षमा अवकाश पाएका सेना, प्रहरी र सशस्त्रको विवरण राख्न सम्बद्ध सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...