महाशिवरात्रिमा १० लाखभन्दा बढीले गरे पशुपतिनाथको दर्शन
वि.सं.२०७८ फागुन १८ बुधवार १४:०५
2.5K
shares
काठमाडौं: महाशिवरात्रिको दिन १० लाखभन्दा बढीले पशुपतिनाथको दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषले यस वर्षको शिवरात्रिमा भक्तजन भीड लाग्ने अनुमान गरेर त्यसै अनुसार तयारी गरेको थियो । दर्शनार्थीको सुरक्षाका लागि पशुपति क्षेत्रमा करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
यसैबीच, दर्शनार्थीको चाप बढेर मंगलबार राति आर्यघाट छेउको दक्षिणतर्फ रहेको पुलको उत्तरतिरको भाग भत्किँदा दुई जना घाइते भएका थिए ।
वि.सं.२०७८ फागुन १८ बुधवार १४:०५



















