कोरोना महामारीका कारण स्थगित लोकसेवाका परीक्षा फागुन ६ गतेदेखि हुने (परीक्षा तालिकासहित)
वि.सं.२०७८ माघ २० बिहीवार १५:१२
3.7K
shares
काठमाडौं: कोरोना भाइरस महामारीले स्थगित भएका लोक सेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि सुरु हुने भएका छन् ।
आयोगले बिहीबार (आज) एक सूचना निकालेर परीक्षाको तालिका प्रकाशित गर्दै फागुन ६ गतेदेखि सुरु हुने जनाएको हो ।
फागुन ६ गतेदेखि उपसचिव वा सो सरह, शाखा अधिकृत वा सो सरह, स्वास्थ्य सेवातर्फ सातौं, आठौं र नवौं तहको विभिन्न पदका लिखित परीक्षाहरू सुरू गर्ने आयोगले जनाएको छ ।
बुधबार बसेको आयोगको बैठकले यसअघि कोभिडले रोकिएको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
परीक्षा तालिका
वि.सं.२०७८ माघ २० बिहीवार १५:१२




















