YouTube Link

त्रिभुवन विमानस्थलबाट करिव एक करोड मुल्य बराबरको अवैध सुन र मोबाइलसहित ३ जना पक्राउ

Facebook Link

काठमाडौं: त्रिभुवन विमानस्थलबाट प्रहरीले करिव एक करोड मुल्य बराबरको अवैध सुन र मोबाइल बरामद गरेको छ ।

९९ लाख २९ हजार ६ सय ९८ रुपैयाँ मूल्य पर्ने १ किलो १५० ग्राम सुन र ५ थान मोबाइलसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने मध्ये दुईजना दुबई र एक जना साउदी अरबबाट आएका हुन् ।

हिमालय एयरलाइन्सको जहाजबाट दुवईबाट आएका रौतहटको गौर नगरपालिका–१० सोबगाढाका ३२ वर्षीय सुनिल कुमार साहबाट चार थान आईफोन, एक थान सुनको बेरुवा औँठी  र १५० ग्रामका सुनको सिक्री बरामद गरेको छ ।

यस्तै, मकवानपुरको मनहरी-७ का २८ वर्षीय नवराज परियारको साथबाट आईफोन १ थान र सुनको बेरुवा औंठी-२ वटा बरामद भएको छ ।

अर्का एक यात्रु सारजहाबाट एयर अरेबियाबाट आगमन भएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ का ३९ वर्षीय दावा छिरिङ शेर्पाको साथबाट बेलनाकार बनाइएको अर्धठोस सुन ३ थान १ हजार ५५ ग्राम मलद्वारभित्र लुकाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...