Rajshow Bivag

वैदेशिक रोजगारका लागि आइतबारदेखि अनलाइन प्रणालीबाट श्रम स्वीकृति दिने

Departmant of helth services

 

 

काठमाडौं: वैदेशिक रोजगारका लागि आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ ।

 

२०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठका अनुसार अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने व्यवस्थाले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेर घर बिदामा आएका नेपाली कामदारले पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालयमा पुगेर घन्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना झन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन गरेसँगै पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र गर्न लागिएको मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए ।

 

श्रम स्वीकृतिको अनलाइन सेवा लिन सेवाग्राहीले वैदेशिक रोजगार विभागको वेबसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्नेछ ।

 

यसका लागि सुरुमा विभागको वेबसाइट www.doafe.gov.np मा गई अनलाइन श्रम स्वीकृतिमा क्लिक गर्नुपर्ने हुन्छ ।

 

अथवा सिधै nfims.doaf.gov.np मा गएर पनि खोल्न सकिनेछ ।

 

श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सो को कारणसहितको सूचना आवेदकको मोबाइल नं र आवेदन गर्दाको  युजर एकाउण्टमा जाने हुँदा आफ्नो व्यक्तिगत मोवाइल नं र इमेल ठेगाना अनिवार्य रुपमा भर्नुपर्नेछ ।

 

युजरनेम र पासवर्ड प्रयोग गरी अर्कोपटक श्रम स्वीकृति लिन श्रम स्वीकृतिको अवस्था थाहा पाउन, विवरण हेर्न र उजुरी वा गुनासो गर्न सकिने भएकाले आवेदन गर्दाको युजरनेम र पासवर्ड सुरक्षित राख्नुपर्ने हुन्छ ।

 

अनलाइनमा कागजात जाँच गर्न समय लाग्ने भएकाले कम्तीमा तीन दिन अगाडि अनलाइन फाराम भर्न र श्रम स्वीकृति लिइसकेपछि मात्र हवाई टिकटको प्रबन्ध गर्न कार्यालयले आग्रह गरेको छ ।

 

उडान हुने मितिसम्म श्रम स्वीकृतिको म्याद ९० दिनभन्दा बढी हुनुपर्ने भएकोले सो बमोजिम भए नभएको यकिन गर्न पनि कार्यालयले भनेको छ ।

 

पुनः श्रम स्वीकृतिका लागि म्यादी जीवन बीमा र वैदेशिक रोजगार कल्याण कोषको रकम अनलाइन भुक्तानी प्रदायकमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

 

पुनः श्रम स्वीकृतिको लागि पासपोर्ट साइजको फोटोको स्क्यान कपी, राहदानीको स्क्यान कपी, सम्बन्धित देशबाट आएको भिसाको स्क्यान कपी, पुरानो श्रम स्वीकृतिको स्क्यान कपी र पुरानो भिसा भए सोको स्क्यान कपी आवश्यक पर्छ ।

 

त्यस्तै अध्यागमन कार्यालयले राहदानीमा लगाएको डिपार्चर र अराइभल स्टाम्प भएको राहदानीको स्क्यान कपी, यसअघि श्रम स्वीकृति लिएको भन्दा फरक काम गर्न जाने भएमा कामदारका लागि रोजगारदाताले उपलब्ध गराएको जब अफर लेटर वा सम्झौतापत्रको स्क्यान कपी पनि आवश्यक पर्ने कार्यालयले जनाएको छ ।

 

घरेलु कामदारको हकमा वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७२ को दफा १८ घ बमोजिम सम्बन्धित देशस्थित नेपाली राजदूतावास वा कूटनीतिक नियोगको अनुसूची ८ बमोजिमको सिफारिस पत्रको स्क्यान कपी आवश्यक पर्दछ ।

 

कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने गरेको छ । संस्थागत श्रम स्वीकृतिका लागि सेवाग्राही कार्यालय आइरहनुपर्दैन, सम्बन्धित म्यानपावर व्यवसायी  मात्र आउने गर्छन ।

 

वैदेशिक रोजगार कार्यालयबाट चालु आर्थिक वर्षको पुससम्ममा पुनः श्रम स्वीकृतितर्फ करिब एक लाख जना, संस्थागततर्फ एक लाख ८० हजार र व्यक्तिगततर्फ आठ हजार जनाभन्दा बढीले सेवा लिएको कार्यालयले जनाएको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:५४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

  काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:१९

  काठमाडौं: प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र  प्रदेश सभातर्फ...

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:००

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...