सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदै
वि.सं.२०७८ माघ २ आइतवार ०८:३२
1.9K
shares
काठमाडौं: जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लिगको नवौं चरणका आज दुई खेलहरु हुँदैछन् ।
पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
ब्रिगेड र मछिन्द्रबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
ब्रिगेड ८ खेलमा ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
मछिन्द्रले ८ खेलमा २० अंक जोडेको छ । मछिन्द्र शीर्ष स्थानमा रहेको छ ।
यस्तै दोस्रो खेलमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
पुलिस र च्यासलबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
पुलिस ८ खेलमा ७ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
च्यासल ८ खेलमा ५ अंक जोडेर १३ औं दोस्रो स्थानमा रहेको छ ।
च्यासल पुलिसलाई हराएर रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।
वि.सं.२०७८ माघ २ आइतवार ०८:३२



















