नेपालमा पछिल्लो २४ घण्टामा थपिए ४ हजार ६ सय ३६ कोरोना संक्रमित, ४ को मृत्यु
वि.सं.२०७८ माघ १ शनिवार १६:३६
2K
shares
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४ सय १२ जनाको पीसीआर परीक्षणमा ३ हजार ७ सय ३ र ४ हजार १ सय ४४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९ सय ३३ जनामा कोरोना पुष्टि जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ ।
सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३५० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९६ दशमलब १ रहेको छ ।
वि.सं.२०७८ माघ १ शनिवार १६:३६




















