YouTube Link

डब्ल्युएचओको चेतावनीः अहिलेसम्मकै गम्भीर आपत्कालीन संकट

Facebook Link

काठमाडौं: विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसको महामारी विश्वभर अहिलेसम्मकै गम्भीर आपत्कालीन संकट भएको चेतावनी दिएको छ ।

कोरोना महामारीको चपेटामा परेर ज्यान गुमाउनेको संख्या ६ लाख ५० हजार नाघेपछि डब्ल्युएचओले उक्त चेतावनी दिएको हो । विश्वभर जनवरी ३० मा स्वास्थ्य आपत्कालको घोषणा गर्दा चीनबाहिर एकसय जनामा पनि कोरोना संक्रमण नदेखिएको तथा कसैको मृत्यु नभएको डब्ल्युएचओले स्मरण गराएको छ ।

तर, यो अवधिमा मृतक मात्रै ६ लाख ५० नाघ्नु र संक्रमित संख्या १ करोड ६६ लाखभन्दा बढी पुग्नुले खराब अवस्थालाई चित्रित गरेको डब्ल्युएचओका प्रमुख डा. टेड्रोस अडानोम गेबेरियससले बताए ।

‘कोरोनाले संसारलाई परिवर्तन गराइदिएको छ । यसले व्यक्ति, समुदाय र राष्ट्रलाई नै एकसाथ अलग्याईदिएको छ,’ डा.गेबेरियससले भने, ‘पछिल्लो ६ हप्तामा त अझ संक्रमित संख्या दोब्बरले बढेको छ, जुन चिन्ताको विषय हो ।’

जेनेभामा सोमबार प्रेस ब्रिफिङका क्रममा गबेरियससले लामो समयको लकडाउन कोरोनाको जोखिमबाट जोगिन उपाय नभए पनि मास्कको प्रयोगसँगै सरसफाइ र सेनिटाइजर प्रयोगमा पनि पर्याप्त ध्यान नदिइएकोमा चिन्ता व्यक्त गरे ।

यसअघि जिका भाइरस, स्वाइन फ्लू, पोलियो र इबोलामा पनि स्वास्थ्य संकटकाल लगाइएको भए पनि यो स्तरको नभएको ठहर गरेको उसले यसबारे यसै साता आपत्कालिन समितिले समिक्षा गर्न लागेकोसमेत उनले जानकारी दिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...