YouTube Link

राखेपको १९औं सदस्यसचिवमा रमेश सिलवाल नियुक्त

Facebook Link

काठमाडौं: राष्ट्रिय खेलकुद परिषद्को १९औं सदस्यसचिवको रुपमा रमेशकुमार सिवाल नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रीपरिषद्ले सिलवाललाई राखेपको सदस्यसचिवका लागि अनुमोदन गरेसँगै उनी राखेपको १९औं सदस्यसचिव बनेका हुन् ।

यसअघि २०७६ असार २३ गते राखेपको सदस्यसचिवमा नियुक्त भएका सिलवाल खेलकुद विकास ऐन २०७७ आएसँगै गत असार १७ गते पदमुक्त भएका थिए ।

अहिले आएको खेलकुद विकास ऐन २०७७ अनुरुप सिलवाल राखेपको सदस्यसचिवमा नियुक्त भएपछि खेलकुद ईतिहासको खुला प्रतिस्पर्धाबाट नियुक्त हुने पहिलो सदस्यसचिव समेत बनेका छन् ।

सिलवालले अब ४ वर्ष राखेप सदस्यसचिवको रुपमा कार्य गर्नेछन् । यस्तै १३औं सागको प्रचार प्रसार विभाग संयोजकको जिम्मेवारी निर्वाह गरेका शिव कोइराला राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष नियुक्त भएका छन् ।

सिलवालले यस अघिको करिब एक वर्ष लामो कार्यकालको दौरान चुनौति स्वरुप रहेको १३औं दक्षिण एशियाली खेलकुद (साग)को सफल आयोजना गरेका थिए । सोही कार्यकालमा नेपालले सागको ईतिहासमा सर्वाधिक स्वर्ण पदक ल्याउन सफल बनेको थियो ।

गत मंसिरमा नेपालमा आयोजना भएको सागमा नेपालले ५१ स्वर्ण पदक हासिल गरेको थियो ।

पुरानो खेलकुद ऐनलाई खारेज गर्दै आएको नयाँ खेलकुद ऐन अनुरुप सदस्यसचिव नियुक्तिका लागि युवा तथा खेलकुद मन्त्रालयले सदस्यसचिव पदका लागि असार २६ गते खुला दर्खास्त आह्वान गरेको थियो ।

सिलवालले चौथो दिन असार २९ गते आफ्नो दर्खास्त मन्त्रालयमा दर्ता गराएका थिए ।

सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा मन्त्रालयले सदस्यसचिव छनौटका लागि सदस्यसचिव सिफारिस समिति गठन गरेको थियो । सोही समितिले साउन ७ गते खुला रुपमा आएको २७ जनाको दर्खास्त मध्ये सिलवालसहित राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान अन्जु श्रेष्ठ र लिलबहादुर थापामगरको नाम राखेप सदस्यसचिव पदका लागि मन्त्रालयलाई सिफारिस गरेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...