कोरोना भाइरसका कारण ललितपुरमा एक जनाको मृत्यु, नेपालमा संक्रमितको संख्या ९ सय नाघ्यो
वि.सं.२०७७ जेठ १४ बुधवार २२:२१
1.3K
shares
ललितपुरः कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । ललितपुरको किष्ट मेडिकल कलेजमा उपचार गराइरहेका ललितपुर महानगरपालिका २२ का ५५ बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
फोक्सोमा संक्रमण भएका कारण उनलाई पाटन अस्पताल लगिएको थियो त्यहाँ आइसियु नभएपछि उनलाई किष्टको मेडिकल आइसियुमा राखिएको थियो । अस्पतालले १२ गते नै उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको छ । योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ । यद्यपि, कोरोना भाइरसबाट नेपालमा पाँचौं व्यक्तिको मृत्यु भए पनि औपचारिक घोषणा गर्न भने बाँकी छ ।
यसैबीच नेपालमा बुधबार एकैदिन १ सय २९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्यामा संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमित संख्या ९ सय १ पुगेको छ ।
वि.सं.२०७७ जेठ १४ बुधवार २२:२१



















