बारा र पर्सामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५८ पुग्यो
वि.सं.२०७७ वैशाख १७ बुधवार १५:११
1.3K
shares
काठमाडौं: नेपालमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए ।
ती चारैजना भारतबाट नेपाल आएर ‘क्वारेन्टाइन’मा रहेका व्यक्ति हुन् । उनका अनुसार संक्रमित मध्ये एकजना अस्पताल र अर्का तीनजना क्वारेन्टाइनमा रहेका छन् । संक्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका रहेका छन् । बुधबार थप चारजनामा संक्रमण देखिएपछि संक्रमितको संख्या ५८ पुगेको छ ।
अहिले ३९ जना संक्रमित अस्पतालको ‘आइसोलेसन’मा छन् ।
वि.सं.२०७७ वैशाख १७ बुधवार १५:११



















