YouTube Link

सन् २०२१ टोकियो ओलम्पिक आगामी वर्ष नभए रद्द गरिने

Facebook Link

एजेन्सीः विश्वभर महामारीको रुप लिएको कोरोना भाईरसको कारण एक वर्ष स्थगित भएको टोकियो ओलम्पिक तोकिएको नयाँ मितिमा नभए रद्द गरिने जनाएको छ । टोकियो ओलम्पिक आयोजक कमिटिका अध्यक्ष योशिरो मोरीले सन् २०२१ मा समेत आयोजना गर्न नसकिए प्रतियोगिता रद्द हुने बताएका छन् ।

कोरोनाको महामारी कायम रहेमा प्रतियोगिता फेरी सर्छ भन्ने प्रश्नमा अध्यक्ष मोरीले भने, ‘हुँदैन । यदि त्यसो भए ओलम्पिक रद्द हुनेछ ।’ विश्व खेलकुदको कुम्भमेला ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । यस अघि टोकियो ओलम्पिक यसै वर्षको जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो । तर, कोरोना भाईरस विश्वभर महामारीको रुपमा फैलिएपछि ओलम्पिक प्रतियोगिता एक वर्ष सारिएको थियो ।

अध्यक्ष मोरीले कोरोनालाई जितेर ओलम्पिकको आयोजना गर्न सफल हुनेमा विश्वस्त रहेको समेत बताए । उनले आगामी वर्ष हुने ओलम्पिक मुल्यवान हुने पनि दाबी गरे । ‘यो ओलम्पिक अन्य ओलम्पिक भन्दा मूल्यवान हुनेछ । यदि हामीले यो लडाई जितेर अघि बढ्यौ भने ।’

यस्तै आगामी वर्ष आयोजना हुने भएपनि प्रतियोगिताको नाम ‘टोकियो ओलम्पिक गेम्स २०२०’ नै रहने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले भिडियो कन्फ्रेन्सिङका माध्यमबाट राखेको बैठकमा ओलम्पिक टर्च टोकियो पुगिसकेकोले नाम नफेर्ने सहमति बनेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...