हेर्नुहोस् तपाईको आज २०७८ असोज २२ गते शुक्रबार तपाईको राशिफल
अखबार नेपाल
वि.सं.२०७८ असोज २२ शुक्रवार ०६:२५
2.5K
shares
अखबार नेपाल
वि.सं.२०७८ असोज २२ शुक्रवार
2.5K
shares
मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मानसिक अशान्ति, वादविवाद, किचकिच, झमेला, हुने समय चलिरहेकोले सावधान हुनुहोला, घटना र परिस्थिती प्रतिकुल हुने समय चलेकोले परिस्थितीको अगाडि विवश बन्नु पर्ने स्थिती आउन सकछ, कसै कसैलाई कानूनी झमेला वा कारवाहीमा परिने सम्भावना बनेकोले सचेत रहनु पर्नेछ, शारिरिक अस्वस्थता र पेटजन्य समस्यालाइ भने आज बेवास्ता नगर्नुहोला ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कष्टदायी भ्रमण शारिरिक पीडा, घाउ चोटपटक, अपमान, मित्र घात, कार्यमा बिध्नबाधा जस्ता घटनाहरु हुने सम्भावना भएकोेले आज सचेत हुनुहुनु पर्नेछ । कलह र विवादबाट सकेसम्म टाढा रहने प्रयास गर्नु पर्ने देखिन्छ, आर्थिक विषयले तनाव दिन सक्ला । स्वास्थ्यमा पनि समस्या आउने र निरर्थक भयले ग्रसित हुनुपर्ने सम्भावना छ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आरामदायी बसाइ हुने, धन लाभ हुने, निरोगिता प्राप्ति, मानसिक सुख तथा दाम्पत्य जीवन सोचेअनुरुप हुने योग छ, भोग विलासिताको साथै दिन मनोरन्जन र रमाइलोमा बित्न सक्ला साथै, विशेष वा परिकारजन्य भोजन हुने सम्भावना पनि बनेको छ, कसै कसैलाई आज अरुबाट प्रशंसा वा कदर प्राप्त हुन सक्ला ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्य क्षेत्रको गतिरोध हटने, मानसिक तनावमा कमीआइ सुख सन्तोषको प्राप्ति हुनेछ, अन्य व्यक्तिसँगको सहकार्य, भेटघाट, वार्तालापले लाभ प्रदान गर्नेछ, आफनै घरको काममा व्यस्त हुनुपर्ने स्थिती पनि आउला । आज अरुहरुले तँपाइलाई बुझिदिनेछन् र पारिवारिक सुखमा वृद्धि भइ प्रेम सम्बन्धमा मधुरता आउने सम्भावना छ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चाहिएको बेलामा भाग्यले साथ नदिएको महसूस हुनेछ, विशेषगरि स्वास्थ्य स्थिती खस्कने, गरेका कार्यमा विध्न बाधाहरु आउने, नजानिंदो किसिमले अपयशको भागि हुनु पर्ने हुनसक्छ, कसै कसैलाई मानसिक खिन्नताले आज दुखी बनाउन सक्ला । सकारात्मक सोच राखेर अघि बढनु नै आजको एकमात्र उपाय हुनेछ ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नजीकका मान्छेहरु सँग वैमनस्यताबाट जोगिनु भएमा उत्तम हुनेछ, खर्चमा वृद्धि, मानसिक चिन्ता, रोगव्याधिले आक्रान्त पार्ने, मनमा डर लागिरहने खालको अवस्था बन्न सक्छ । कसै कसैलाई शारिरिक पीडा, धनहानी वा धन सम्पत्तिको कारणले तनाव हुने अवस्था आउन पनि सक्छ, । व्यापारी र व्यवसायीहरुले गतिरोधको सामना गर्नुपर्नेछ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक लाभ हुने, शत्रुहरु पछि हटनेछन् । आँट र साहसमा बृद्धि, सोचे गरेको कार्यहरुमा सफलता मिल्ने, नयाँ विचार नयाँ कुराले जीवनमा सकारात्मकता ल्याउन सक्ला । गृहिणी तथा विद्यार्थीहरुको लागि समय उत्तम छ, व्यवसायीहरुलाइ पनि दिन शुभ रहनेछ । कसै कसैलाई व्यस्त वा धपेडि पर्न सक्ने र कुनै काम अधुरै छोडनु पर्ने हुन सक्ला ।
बोल्दा होश नपुरयाएको खन्डमा अप्ठयारो स्थिती आउन सक्छ । धन तथा कुटुम्ब हानीको योग भएकोले विशेष सावधानी राख्नुपर्नेछ । कतैबाट आउन आँटेको पैसा रोकिन सक्छ । नैतिक मूल्य तथा मान्यतामा ह्रास आउन सक्ने, मनमा गलत विचारहरु सलबलाउने छन । आज खानपानमा भने विशेष ध्यान दिनु पर्नेछ नत्र स्वास्थ्यमा गडबडी आउन सक्छ ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिन राम्रो रहने छ, शारिरिक आरोग्यता प्राप्ति, घरायसी तथा भावनात्मक सुख प्राप्ति, मिठो परिकारजन्य भोजन हुने, सकारात्मक उत्साहले मनोबल मा बृद्धि हुनेछ । तँपाइका योजना विचारहरुलाई अरुले कदर गर्ने बेला आएको छ । प्रयास गरिरहनु भएको छ भने भाग्यले साथ दिने सम्भावना छ,। कार्य स्थलमा लाभ, मान सम्मान प्राप्ति हुने योग छ । व्यवसायीहरुलाई दिन राम्रो रहनेछ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरुले कत्तिपनि जस दिने छैनन, आर्थिक समस्याले पिरोल्ने, जोश जाँगरमा कमी आउने, मन अस्थिर र चित्त कमजोर रहने, निद्रा तथा खानपान सम्बन्धि समस्या आउन सक्ला, नसोचेको हानी नोक्सानीको सम्भावना भएकोले आज विशेष सावधानी अपनाउनुहोला । व्यापार व्यवसायमाा हानीको सम्भावना भएकोले नयाँ लगानीबाट जोगिनु पर्नेछ ।
शरिरमा जोश र जाँगर बढने । मित्रहरुसँग भेटघाट तथा भलाकुसारी हुने । उत्तम भोजन, भोग विलास वा रमाइलोमा संलग्न हुनुको साथै परिवार कुटुम्बबाट लाभ प्राप्त हुने योग छ । कसै कसैलाई आय स्रोतको नयाँ विकल्प पनि फेला पर्न सक्छ, पुराना रोकिएका कार्यहरु सम्पन्न गर्ने मौका पाइनेछ । गरेका कार्यको उपलब्धि प्राप्त हुने सम्भावना छ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गरेका कार्यहरु सम्पन्न हुनेछन । ईच्छित फल मिल्ने बलियो सम्भावना छ । सरकारी पक्षबाट सहयोग प्राप्त भइ कार्य क्षेत्रमा मानसम्मान यश प्राप्त हुने सम्भावना छ । विद्यार्थिहरुको लागि समय राम्रो छ, कसै कसैलाई भने रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तन हुन सक्ला । अथवा कुनै कार्य सम्बन्धि धपेडि पर्ने सम्भावना छ ।