Agricultural Development Bank Limited

उमाकुण्ड निर्माण व्यवसायी संघका अध्यक्ष विजय र कोषाध्यक्ष तोरणसँगको विशेष कुराकानी

निर्माणको जिम्मा लिएर क्वालिटी, क्वान्टिटी लगायतका सम्पूर्ण गुणस्तरका कामहरु सहित दिगो विकासका लागि हाम्रो प्रयत्न रहने छ ।

विजय सुनुवार, अध्यक्ष, उमाकुण्ड निर्माण व्यवसायी संघ

– विजय जी तदर्थ समिति गठन भएको छ, त्यसको नेतृत्व गर्ने सुनौलो अवसर पनि पाउनुभएको छ, कस्तो महसुस भईरहेको छ ?

तदर्थ समिति गठन भएर नेतृत्व पाउँदा खुशी नै लागेको छ । र यसमा खुशी भन्दा पनि आफ्नो धेरै जिम्मेवारी थपेको महसुस भएको छ ।

– हालको लागि तदर्थ समिति मात्रै गठन भएको छ । यसको विधि प्रक्रिया र बैधानिक पनि होलान् गाउँपालिकासँग समन्वय गरी जानको लागि । अहिले तीन तहको सरकार छ स्थानीय, प्रदेश र केन्द्र सरकार यसमा कसरी आवद्ध भएर जानुहुन्छ ?

पहिला भनेको निर्माण व्यवसायी महासंघ केन्द्र, जिल्ला र प्रदेशमा मात्रै थिए । अब अहिले स्थानीय तह भएपछि हामीले स्थानीय तहमा गाउँपालिका स्तरीय गठन गरेर गाउँपालिकासँग समन्वय गरेर जिल्ला महासंघलाई बुझाउँछौं नाम लिष्ट सहित । जिल्ला महासंघले निर्माण व्यवसायी महासंघ केन्द्रलाई पठाउँछ । उसको पनि आप्mनो विधिगत कार्यहरु हुन्छ । त्यो हिसावले गर्दाखेरी जुन महासंघको आफ्नो नीति नियमावली हुन्छ त्यो अनुसार नै हामी चल्ने छौं ।

– निर्माण व्यवसायी भन्ने वित्तिकै देश विकासका लागि ठेक्कापट्टा लिई विकास निर्माण गर्ने भन्ने बुझिन्छ । तपाईहरुको नेतृत्वमा सिंगो उमाकुण्ड गाउँपालिकामा के कस्ता खालका विकास निर्माणका कामहरु हुन सक्ला ?

हाम्रो नेतृत्वमा सिंगो उमाकुण्ड गाउँपालिकामा हामीले गर्ने विकासभन्दा पनि राज्यले बजेट विनियोजन कति गरेको छ । राज्यले कुन कुन ठाउँमा कति बजेट राखेको छ । हामीले त एउटा निर्माणको कार्यभार मात्रै सम्हाल्ने हो । हामी आफै बजेट हालेर यो उमाकुण्ड गाउँपालिकालाई विकास गर्न त सकिन्न राज्यले पहिलो त्यो ठाउँमा विकास निर्माणका लागि बजेट व्यवस्थापन गर्नुपर्यो । त्यसलाई चाहिँ हामीले निर्माणको जिम्मा लिएर क्वालिटी, क्वान्टिटी लगायतका सम्पूर्ण गुणस्तरका कामहरु सहित दिगो विकासका लागि हाम्रो प्रयत्न रहने छ ।

उमाकुण्ड गाउँपालिकामा नै यत्तिका धेरै निर्माण व्यवसायीहरु हुनुहुँदोरहेछ, यसको बर्गिकरण पनि होला तपाईहरुको व्यवसायी फार्म चाहिँ कुन वर्गमा पर्छ ‘क’, ‘ख’, ‘ग’, ‘घ’ मध्ये ?

मेरो चाहिँ ‘ग’ वर्गमा पर्छ अब उमाकुण्डमा धेरै निर्माण व्यवसायी साथीहरु नै छन् । त्यसमध्येमा कुनै नयाँ साथीहरु छन् कुनै पहिलादेखि नै लागिसकेका निर्माण व्यवसायी साथीहरु छन् । त्यो हिसावले गर्दा मेरो आफ्नो फार्म चाहिँ ‘ग’ वर्गमा पर्दछ । अरुहरु लगभगलगभग उमाकुण्ड गाउँपालिकाका व्यवसायी साथीहरुको ‘घ’ वर्गमा नै छन् । स्थानीय तह भएपछि धेरै साथीहरु निर्माण व्यवसायमा आवद्ध भएर काम गरिसकेका अनुभवी साथीहरु नै छन् ।

– अब तदर्थ समितिकै प्रसंगमा जाउँ तदर्थ समिति गठनका क्रममा तपाईहरुकै एक सदस्यबाट पदका लागि हल्का विवाद जस्तो देखियो । यो त तदर्थ समितिको मात्रै गठन थियो । यसलाई कसरी हेर्नुभएको छ तपाईले ।

जुनसुकै कदम चाल्दा पनि पक्ष र विपक्ष अवश्य नै हुन्छन् सबैले आफ्नो आफ्नो ठाउँमा आफ्नो पद सुरक्षित राख्न नै चाहान्छन् । त्यो हिसावले गर्दाखेरी सबैलाई मिलाएर सकेसम्म हामीले ९८ प्रतिशत मिलाएरै लगेका छौं । दुई प्रतिशत विवाद आउनु भनेको यो खासै विवाद हैन ।

– हरेक क्षेत्रमा महिलाहरुको ३३ प्रतिशत सहभागिता हुने अधिकारलाई तपाईहरुले समेट्नु भएको छैन यो तदर्थ समितिमा । यसले राष्ट्रिय स्तरमा जाँदा तपाईहरुलाई समस्या पार्ला नि ?

महिलाको लागि भनेको निर्माण व्यवसायी महासंघमा पनि महिलाको आफ्नै कोटा छ । अब ३३ प्रतिशत महिलाको कोटा पनि हुनुपर्ने हो तर हाम्रो रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिकामा भनेको महिलाहरुको नाममा कुनै फार्म नै दर्ता भएको छैन । त्यस कारणले गर्दा जति निर्माण व्यवसायी साथीहरु छन् सबै पुरुष साथीहरुकै नाममा दर्ता भएका छन् । महिलाहरुको एउटा दुईवटा मात्रै भएपनि उहाँहरुलाई ल्याउन सकिन्थ्यो । उहाँहरुको नाममा फार्म नै दर्ता नभएका कारण हामीले ल्याउन सकिएन ।

– अन्त्यमा केहि भन्न चाहनुहुन्छ कि आम नागरिक र व्यवसायिहरुलाई ?

यस निर्माण व्यवसायी संघमा आवद्ध सम्पूर्ण व्यवसायी साथीहरुलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु । अन्त्यमा म के पनि भन्न चाहान्छु भने हाम्रो समितिले भनेको एउटा उमाकुण्ड गाउँपालिकामा समिति गठन गरेर के के न ग¥यो भन्ने मात्रै हैन हाम्रो समितिले के मात्रै गर्छ भने निर्माण व्यवसायी प्लस अफिससँग एउटा पुलको रिलेसन मात्रै बनाईदिने हो । निर्माण व्यवसायी गठन हुँदैमा सम्पूर्ण निर्माण कार्यको जिम्मा यसैले लिई हाल्यो भन्ने पनि हैन सरकारले विनियोजन गरेको बजेटलाई निर्माण व्यवसायीले तदरुकता साथ सबै निर्माणका कामहरु त्यसमा पनि सरकारी कमजोरी पनि होलान कुनै निर्माण व्यवसायी साथीहरुका कमीकमजोरी पनि होलान कुनै निर्माण व्यवसायी साथीहरु काम गर्न नसक्ने स्थितिमा अब चार पाँच वटा ठेक्का ओगटेर बसेका छन् । कुनै निर्माण व्यवसायी साथीहरुले काम गर्ने सक्ने हुँदाहुँदै पनि कुनै एउटा पनि काम नपाएको अवस्था छ । त्यो उनीहरुको आप्mनो दक्षतालाई क्याल्कुलेट गरेर निर्माण व्यवसायीले ठेक्काहरु बाँडफाँड गर्ने काम गर्छ । यसमा हामी प्रतिवद्धताका साथ लाग्ने छौ भन्न चाहान्छु ।

– हस त सम्पूर्ण पदाधिकारी लगायत तपाईलाई सफल कार्यकालको शुभ–कामना छ ।

धन्यवाद छ यहाँहरु सबैलाई आज मलाई यस ठाउँमा बोलाएर मेरो व्यक्तिगत दुई शब्द राख्ने मौका दिनुभएकोमा www.akhabarnepal.com र अखबार टाईम्स परिवारलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।

 

======================================================================================

स्थानीय बेरोजगार युवाहरुसँग एक भएर हातेमालो गरेर काम गरौ भनेर नै यो समिति गठन गरेका हौं ।

तोरण बहादुर सुनुवार, कोषाध्यक्ष, उमाकुण्ड निर्माण व्यवसायी संघ

– तोरण जी उमाकुण्ड निर्माण व्यवसायी संघको तदर्थ समितिमा तपाई कोषाध्यक्ष जस्तो गरिमामय पद पाउनु भएको छ, कस्तो महसुस भईरहेको छ त ?

खुशी लागिरहेको छ । उमाकुण्ड गाउँपालिकामा पहिलो पटक यो समिति गठन गरिएको छ । यो पोष्ट खानु पनि निकै गाह्रो परेको थियो । यस समितिमा जति सदस्यहरु हुनुहुन्छ जतिपनि निर्माण व्यवसायी संघका साथीभाईहरु हुनुहुन्छ उहाँहरुको साथ र सहयोगले गर्दाखेरी आज म यो कोषाध्यक्षको पद सम्हाल्न सफल भएको छु र म आफुले पनि हर्षित भएको महसुस गरेको छु ।

– तपाई यस समितिमा कोषाध्यक्ष हुनुहुन्छ । निर्माणका क्रममा अन्य निर्माण व्यवासायीहरुसँग ठेक्कापट्टामा अथवा लेनदेनमा पनि वादविवाद हुन सक्ला यसलाई कसरी पारदर्शिता रुपमा लान सकिएला ?

अब लेनदेन भन्दाखेरी हामी खासै पैसा पनि उठाउँदैनौ । समितिका लागि हामीलाई कुनै कार्यक्रम गर्नुपर्यो भने अथवा विभिन्न खालको प्राकृतिक दुर्घटनाहरु घटेको ठाउँमा त्यस्तै हाम्रो रिमोट एरिया दुर्गम गाउँघरतिर हामीले हाम्रो समितिबाट रकम संकलन गरेर हामीले अनुदान स्वरुप प्रदान गर्ने योजना चाहिँ छ । अब ठेक्कापट्टाको कुरा गर्नुहुन्छ भने रकममा हामीले कहाँ के गर्यो भन्ने प्रश्न आयो भने हरेक किसिमको मेरो हिसाव किताव हुन्छ, विल भर्पाई हुन्छ, सबै तटस्थ रजिष्ट्रेशनमा दर्ता भएको हुन्छ । कुनैपनि आवश्यक किनमेल गर्दाखेरी बिल बिना भुक्तानी गर्दैनौ । सबै त्यहाँ प्राष्टै लेखिएको हुन्छ । यसरी नै हामी पारदर्शि रुपमा लाने छौं ।

– जस्तो उमाकुण्ड गाउँपालिकाको ठुला–ठुला विकासका परियोजनामा टेण्न्डरको आह्वन हुन्छ । यसमा तपाईहरु कस्तो खालको समन्वय गरि अघि बढ्नुहुन्छ ?

विकास निर्माणको काममा कसैको हस्तक्षेप कसैको बाधा हुनुहुन्न । हो, आर्थिकको चलखेल हुन्छ नै कहिलेकाहिँ । अब सबैको कमाउने ईच्छा हुन्छ, चाहना हुन्छ सबैको, तर चाहाना भयो भन्दैमा हामी चाहिँ क्यापेबल क्यापेसिटी भएको फार्मलाई प्राथमिकता दिन्छौ हामीले । अब त्यस्तै फार्महरु यहाँ हुनुहुन्छ भने उहाँहरुलाई हामी काम दिन्छौ तर काम मात्र लिने काम नगर्ने अरुलाई दिने भन्ने यस्तो प्रवृत्ति सकेसम्म हामीले रोक्छौ र यसरी नै हामी मिलाउँदै लानेछौं । सकेसम्म हामीले के आव्हान गर्दछौ भने उमाकुण्ड गाउँपालिका बाहेकका बाहिरका व्यवसायी साथीभाईहरुलाई कसरी मिलाउन चाहान्छौ भन्दाखेरी एक त हाम्रो गाउँपालिका दुर्गम एरियामा पर्छ भौगोलिक रुपमा धेरै ठुलो छ । तर, यातायात सञ्चालनदेखि हरेक कुरामा गाउँपालिका पछाडि नै छ । र यहाँका स्थानीय जनताहरु पनि सोझासाझा अलिकता यो सम्बन्धि ज्ञान नभएको विकासमा पनि धेरै पछाडि छ । तसर्थ हामी के भन्न चाहान्छौ भन्दाखेरी बाहिरका व्यवसायी साथीभाइहरुलाई सकेसम्म तपाईहरुले यस गाउँपालिकाकै फार्मलाई तपाईहरुले प्रोत्साहित दिनुहोस् सहयोग गर्नुहोस् तपाईहरुको आप्mनो काम आफ्नै ठाउँबाट गर्नुहोस् उमाकुण्ड गाउँपालिकामा भएको जति हाम्रो फार्महरु छ । ‘घ’ ‘ग’ ‘ख’ ‘क’ अब ‘क’ ‘ख’ चाहिँ राष्ट्रियस्तरको हो उहाँहरुले चाहिँ चासो व्यक्त गर्नुहुन्न । तर हाम्रो जुन अलि पछाडि परेको साथीहरुको फार्महरु छ उहाँहरुलाई मौका दिनुपर्छ भन्ने हाम्रो चाहना हो । यसैको लागि पनि हामीले समिति गठन गरेका हौं । सकेसम्म बाहिरका व्यवसायी साथीहरुलाई चाहिँ ठेक्का नहाल्न हामीले रिक्वेस्ट गर्दछौ । उहाँहरुले सकेसम्म बुझिदिनुहुन्छ भन्ने हाम्रो चाहना छ ।

– वर्गीकरण अथवा फार्म नै पालिकामा सुचीकृत छैन भने यस्ता फार्मलाई के गर्नुहुन्छ त ?

सर्वप्रथम यस्ता फार्महरुलाई हामीले पहिला सुचना जारी गर्छौ र उहाँहरुलाई सल्लाह सुझाव पनि दिन्छौं । यदि उहाँहरुले चाहनुहुन्छ भने हामी बोलाउँछौ यस्तो यस्तो ठाउँमा गएर दर्ता प्रक्रिया पुरा गरेर आउनुहोस र समितिको मापदण्ड अनुसार चल्नुहोस् भन्ने सरसल्लाह दिन्छौ त्यो अनुसार उहाँहरुले पनि बुझिदिनुहुन्छ भन्ने हाम्रो बुझाई छ ।

– उमाकुण्ड गाउँपालिकामा पहिला पनि विकास निर्माणका कामहरु भएका थिए यसबीचमा विभिन्न ठेकेदारहरुको विवाद पनि भएको सुनियो अब यो निर्माण व्यवसायी संघ गठन भए पश्चात तपाईहरुको भूमिका कस्तो रहला त ?

सामान्य विवाद हुनु स्वभाविक कुरा हो यो फिल्ड यहाँलाई नै थाह छ खिचातानी पनि हुन्छ सबै कुरा आर्थिक चलखेलमा नै हुन्छ । व्यवसायीहरुले स्वतन्त्र सबैले टेण्डर हाल्न पाउँछ सबैको अधिकार छ । दुई वर्ष अगाडि र गत वर्ष पनि यस्तै नै भयो । हाम्रो स्थानीय चुनाव भएको लगभग तीन वर्ष कटिसक्यो त्यतिबेला यो समिति पनि गठन भएको थिएन देशैभरि यस्तै खिचातानी किचलो भयो भनेर ईबिडिङ प्रणाली राखिएको थियो । अब धेरै मान्छेको गुण्डागर्दी शैलीको हुने त्यै भएको हुनाले अब उमाकुण्ड गाउँपालिकामा पनि विगत दुई वर्ष अगाडि यस्तै किचलो भएको थियो । अब यहाँ स्थानीय बासिन्दाले पनि काम गर्न पाउनुभएको थिएन । हो दुई चार जना साथीहरुले मिलाउँछु गर्छु भनेर उहाँले मिलाउन खोजेको थिए यसमा पनि विवादै भयो । उहाँहरुले गर्नु पनि भएन सायद बाहिरकै मान्छेहरुले गरेर जानुभयो । यहाँका उमाकुण्ड गाउँपालिकाका स्थानीय बासिन्दाका जति पनि फार्महरु थिए यहाँ प्रयोजन हुन पाएन । विगतका यस्तो गतिविधि नदोहोरियास भनि त्यसैका लागि पनि हामीले यो समिति गठन गरेका हौ । सम्पूर्ण उमाकुण्ड गाउँपालिकाका व्यवसायी साथीहरु साथसाथै यहाँ बेरोजगार युवाहरुसँग एक भएर हातेमालो गरेर काम गरौ भनेर नै यो समिति गठन गरेका हौं हामीले अब बाहिरका व्यवसायी साथीहरुले पनि बुझिदिनुपर्छ यति प्रतिशतमा काम गर्छु उति प्रतिशतमा गर्छु भनेर बादविवादमा नल्याउनुहोस भनि उहाँहरुलाई विनम्र आग्राह पनि गर्न चाहान्छौं । हाम्रो यो समितिलाई पूर्ण रुपमा जिल्ला स्तरीय महासंघबाट, केन्द्रीय महासंघबाट, उमाकुण्ड गाउँपालिकाका प्रमुख, उपप्रमुख लगायत गाउँपालिकाका जनप्रतिनिधिहरुले पनि हामीलाई सहयोग गर्नुहुन्छ भन्ने हामीलाई आशा छ । हिजोको जस्तै वादविवाद किचलो नभईकन हामीले सबैलाई मिलाएर विकास निर्माण तथा पूर्वधारका कामहरु सफलताका साथ सम्पन्न गर्छौ भन्ने हाम्रो प्रतिवद्धता छ ।

– अन्त्यमा आम नागरिक र व्यवसायीहरुलाई के भन्न चाहनुहुन्छ ?

धन्यवाद छ हामी र मेरो सम्पूर्ण टिम लगायत उमाकुण्ड गाउँपालिकाका प्रमुख ज्यू, उपप्रमुख ज्यू, लगायत सातै वडाका जनप्रतिनिधि ज्यूहरुलाई यो हाम्रो संस्थालाई सबैले सहयोग गरेर सफल पारिदिनुभएकोमा हामी सबैप्रति आभारी छौ । यस समितिमा कुनैपनि राजनीति घुसेको पनि छैन घुस्नु पनि हुन्न भन्ने हाम्रो कामनाका साथै अखबारनेपाल डटकम र अखबार टाईम्स परिवारले मेरो यो व्यक्तिगत दुई चार शब्द बोल्ने मौका दिनुभएकोमा र साथै तपाईहरुको परिवारले यो हाम्रो उमाकुण्ड निर्माण व्यवसायी संघको सम्पूर्ण गतिविधि यो सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रशारण गरिदिनुभएकोमा म हृदयदेखि हार्दिक धन्यवाद दिन चाहान्छु ।

नमस्कार ।

र यो पनि पढ्नुहोस्

विकास भन्ने कुरा दुई वटा हुँदो रहेछ एउटा देखिने विकास अर्को नदेखिने विकास {भिडियो सहित}
एमभी दुगड समुहको दादागिरी विरुद्ध सिंगो गाउँ एक्येवद्धता छ । {भिडियो सहित}
कोरोनासँगै देशभर चिसो बढ्यो, अझ सतर्क रहन जरुरी

 

Salt Trading

Kumari Bank Below Inner
Alice Education home sports
Umakunda
देशभर मनसुन सक्रिय भई बुधबारसम्म हल्कादेखि मध्यम वर्षा

देशभर मनसुन सक्रिय भई बुधबारसम्म हल्कादेखि मध्यम वर्षा

वि.सं.२०७८ साउन ११ सोमवार ११:१४

काठमाडौं:  देशभर मनसुन सक्रिय भई बुधबारसम्म सामान्यदेखि पूर्ण बदली रही...

थारुको चरित्र र सोच कहिल्यै पनि विखण्डनकारी होइन, थारुहरु अरुको लुटेर खाने जाति होइन

थारुको चरित्र र सोच कहिल्यै पनि विखण्डनकारी होइन, थारुहरु अरुको लुटेर खाने जाति होइन

वि.सं.२०७८ साउन ३ आइतवार १३:१९

- लक्ष्मणजी आजको दिनमा तपाई भूमिगत, अर्धभूमिगत या सार्वजनिक के...

नेकपा एमालेको विवाद साम्य हुँदै यस्तो छ आजको संभावना

नेकपा एमालेको विवाद साम्य हुँदै यस्तो छ आजको संभावना

वि.सं.२०७८ असार २६ शनिवार १४:४१

काठमाडौं: सत्तारुढ दल नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलले...

साँझ ७ बजेसम्मका लागि एमाले कार्यदलको वैठक स्थगित

साँझ ७ बजेसम्मका लागि एमाले कार्यदलको वैठक स्थगित

वि.सं.२०७८ असार २४ बिहीवार १५:०८

काठमाडौं:  पार्टीभित्रको कलह मिलाउनका लागि  नेकपा एमालेको सिंहदरबारमा बसेको बैठक...

अवैध रुपमा करेन्ट लगाएर माछा मार्ने ९ जना पक्राउ

अवैध रुपमा करेन्ट लगाएर माछा मार्ने ९ जना पक्राउ

वि.सं.२०७८ असार २२ मंगलवार १६:३४

रामेछाप: अवैध रुपमा माछा मारेको आरोपमा प्रहरीले रामेछाप जिल्लाको मन्थली...

आइतबारसम्म भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाई

आइतबारसम्म भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाई

वि.सं.२०७८ असार १८ शुक्रवार १०:०९

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले दैनिक बुलेटिन जारी गर्दै आगामी आइतबारसम्म...