YouTube Link

सहरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु कुलतमा छन्, रेष्टुरेण्टमा भेटिन्छन् : अनिल केडिया

Facebook Link

अनिल केडिया

सञ्चालक, डि. ए. भि. स्कुल

मानव जीवन संस्कार, संस्कृति र नैतिकता बिना अधुरो, अपुरो र अनुशासनहिन सरह हुन्छ । मान्छेलाई मान्छे बनाउने पहिलो आधारभूत आवश्यकता भनेको शिक्षा हो । यहि शिक्षाको माध्ययमबाट नेपाली समाजलाई सुसंस्कृत र सभ्य बनाउने उद्देश्यले स्थापना भएको विद्यालयको नाम हो डि.ए.भि । विगत ३५ वर्षदेखि निरन्तर शिक्षा, सेवा र अनुसाशनको पाटोमा काम गर्दै आएको यहि डि.ए.भि कलेज/स्कुलका सञ्चालक अनिल केडियासँग मुकुन्द कालिकोटेले गरेको कुराकानीको सम्पादित अशः

 

– डि.ए.भि कलेजका वर्तमान गतिविधि कसरी सञ्चालन भइरहेका छन् ?

मेरा पिताजी (शंकरलाल केडिया) ले सन् १९९३ तिर यो स्कुल खोल्नुभएको थियो । जसको एउटा मात्रै उद्देश्य भनेको अनुशासन र संस्कारसहितको शिक्षा दिनु थियो । यो गुरुकुल जस्तो पनि होइन, संस्थागत जस्तो पनि होइन । संस्कार बिनाको मान्छे पशुतुल्य हुन्छ । मान्छेलाई मान्छे बनाउनका निम्ति शिक्षा चाहिन्छ । शिक्षा बिना कोही पनि अरुसँग प्रतिष्पर्धा गर्न सक्दैन । नैतिक शिक्षा दिने र संस्कार सिकाउने काम जारी छ ।

 

– नेपाली समाज अनैतिक र अराजक बन्दै गईरहेको आँकलन गर्ने बेला भएको हो ?

पक्कै पनि पहिलेको तुलनामा नेपाली समाज सभ्य देखिदैन । विस्तारै पश्चिमा संस्कृतिले नेपाली समाजलाई अराजक बनाउदै गइरहेको देखिन्छ । हाम्रो समाज पूर्वीय संस्कृतिमा आधारित हो । हाम्रो आफ्नो पहिचान र संस्कार भुलेपछि हाम्रो आफ्नो भन्नु केही रहँदैन । पश्चिमा संस्कृतिले हाम्रो पूर्वीय शिक्षा ध्वस्त पार्ने काम भइरहेको छ । यसमा सचेत नेपालीहरुले सोच्ने बेला भइसकेको छ ।

 

– संस्कार र नैतिक शिक्षा प्रदान गर्दै आइरहेको डि.ए.भि.को पूरा रुप के हो ?

दयानन्द एक्लो भेडिक । महर्षि स्वामी दयानन्द सरस्वती (१८२४-१८८३) आधुनिक भारतका महान चिन्तक, समाज-सुधारक व्यक्ति हुनुहुन्थयो । उहाँको सानोमा नाम मुलशंकर थियो । स्वामी दयानन्द सरस्वतीले सन् १८७४ मा एक महान आर्य सुधारक सङ्गठन आर्य समाजको स्थापना गर्नुभएको थियो । स्वामी दयानन्द सरस्वती एक सन्यासी तथा एक महान चिन्तक हुनुहुन्थ्यो । दयानन्द सरस्वतीको जन्म सन् १८२४ फरवरी १२ मा गुजरातमा पर्ने राजकोट जिल्लाको काठियावाड क्षेत्रमा भएको थियो । उहाँकै पहलमा भारतमा पनि यो स्कुल सञ्चालनमा छ । जहाँ १० लाख विद्यार्थीहरु अध्ययनरत छन् ।

 

– अनि नेपालमा यस कलेज र विद्यालयमा कति विद्यार्थीहरुले शिक्षा लिइरहेका छन् ?

नेपालमा यस स्कुलका तीनवटा शाखा रहेका छन् । जाउलाखेल, विराटनगर र वीरगञ्जमा हाम्रो स्कुल छ । यसमा करिब ७ हजार विद्यार्थीहरु अध्ययनरत छन् । हाम्रो दावी के छ भने हाम्रो विद्यालय र कलेजका उत्पादित जनशक्ति विश्वका हरेक क्षेत्रमा छ । नेपालका सबै क्षेत्रमा क्रियाशिल छ । परबाट हेर्ने वित्तिकै यो विद्यार्थी डि.ए.भि.को हो भन्ने परिचय बनाएका छौँ । यो नै हाम्रो ठूलो सफलता हो ।

 

– भारतीय आर्थिक सहयोगबाट यो विद्यालय सञ्चालित हो भन्न मिल्छ ?

मिल्दैन । हाम्रा पिताले नेपालमा स्थापना गर्दादेखि नै स्वामी दयानन्दको विचारलाई आधार मानेर यो स्कुल स्थापना गर्नुभएको थियो । हामीले ग्रहण गरेको भनेको विचार मात्रै हो ।

 

– पछिल्लो समय नीजि विद्यालयका सञ्चालकहरु आन्दोलित छन्, राज्यसँग विमति राखिरहेका छन्, यसलाई कसरी हेर्नु भएको छ ? 

तपाईंको मोबाइल छ । यो मैले मेरो हो भने, तपाईंले मेरो हो भन्नुभयो । खोसाखोस गरेर हुन्छ ? अहिले भएकै यहि हो । सबैभन्दा पहिले राज्य र जनताले नीति क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ । एकाध मान्छे बेमान होलान्, सबैलाई एउटै घानमा हाल्न मिल्छ ? सबैलाई दलाल भनिएको छ । सबैलाई एउटै डालोमा हालेर खेद्ने काम भइरहेको छ । निजी क्षेत्रले नेपालको शिक्षा धानेको अवस्था छ । तपाईंले सरकारी डाटा हेर्नुभयो लाखौ विद्यार्थीहरु विदेश जान बाध्य छन् । नीजि क्षेत्रले विद्यालय शिक्षा धानिरहेको छ । नर्सरीदेखि १२ कक्षासम्मको शिक्षालाई त निजी विद्यायले ठूलो योगदान दिइरहेका छन् । यदि अहिले चलिरहेको बहसले त राम्रो गर्दैन । भारत बाहेक अन्य देशमा जाने विद्यार्थीले एनोसी लिन्छन् । भारतमा मात्रै पनि पहिले पहिले केही हजारमा विद्यार्थी पढ्न जान्थे भनेर अब निजी विद्यालयलाई गुठी वा अन्य तरवरमा लैजाने र कमजोर पार्ने खेल खेल्दा लाखौ विद्यार्थी विदेश जान्छन् । त्यो भनेको हाम्रै देशको निम्ति घाटाको कुरा हो । चीन आफूलाई कम्युनिष्ट समाजवादी देश भन्छ, त्यहाँ एक लाख बढी नीजि विद्यालय छन् । अन्य नीजि क्षेत्रहरुको कुरा के गर्नु । अनि हाम्रो जस्तो देश जो विकासमा बल्लबल्ल बामे सर्दैछ । केही राम्रो सुरुवात हुँदैछ । यतिबेला नै नीजि क्षेत्रलाई दलाल, माफिया जस्ता अत्यन्तै घिन लाग्दा शब्दले गालि गरेको सुनिन्छ । यसले त लगानीकर्तालाई उत्साहित बनाउदैन ।

 

– तपाईँ एकल विद्यालय काठमाडौँ च्याप्टरको अध्यक्ष समेत हुनुहुन्छ, कसरी चलिरहेको छ एकल विद्यालय अभियान ?

आजभन्दा ३० वर्ष पहिलेदेखि नै मेरो बुबाले मलाई एकल विद्यालयमा जोडिनका लागि भन्नुभएको थियो । तर, म ढिलोगरी यस अभियानमा जोडिएको छु । यो निक्कै राम्रो अभियान हो । हाम्रो समाज निक्कै परिवर्तन भएको छ । सहरका विद्यालयहरुले उत्पादन गरेका विद्यार्थीहरु र हाम्रो एकल विद्यालयले उत्पादन गरेका विद्यार्थीबीच निक्कै भिन्नता छ । सहरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु कुलतमा छन् । रेष्टुरेण्टमा भेटिन्छन् । उनीहरुमा सकारात्मकताभन्दा नकरात्मकता बढी छ । तर, गाउँका विद्यार्थीहरु पढ्दै छन् । साथै उनीहरु जीविकासँग जोडिएका छन् । बाआमासँग खेतमा जान्छन्, काम गर्छन्, उत्पादनमा जोडिएका छन् । गाईबस्तु चराउन जाने, घाँस काट्ने, मेलापात गर्ने, बाआमाको दुःखमा साथि बन्ने गाउँका विद्यार्थीको दैनिकी हो । यता सहरका विद्यार्थीहरु आमाले बनाएको खान्छन्, बुबाले कमाएको खर्च गर्छन् । यस्तो सुविधा र फुर्मासमा हुर्केको बच्चाभन्दा गाउँको बच्चाले धेरै राम्रो काम गर्न सक्छन् भन्ने लाग्छ । यतिमात्रै होइन, सहरका भन्दा गाउँका बच्चाहरु संस्कारी पनि छन् । हाम्रो एकल विद्यालयले सिकाउने भनेको पनि संस्कार नै हो । मान्छेले संस्कारसहितको शिक्षा पायो भने असल र सफल बन्छ । गाउँका बच्चाहरुसँग पहिले नै धेरै कुरा छ । त्यसमा संस्कारसहितको शिक्षालाई जोड्ने हो भने हाम्रो लागि दुनियाँको सबैभन्दा राम्रो त्यहि हुन्छ । आउने जमनामा संस्कारसहितको मान्छे भेट्न गाह्रो हुने देखिन्छ । हाम्रोमा संस्कार हराउदै गएको देखिन्छ ।

 

 

इण्डियामा केही यस्ता स्कुल छन्, जसले गाई पाल्न सिकाउछ । खेती गर्न सिकाउछ । त्यस्ता विद्यायलमा लाखौ लाख तिरेर पढाउने गरिन्छ । हजारौं विगा जमिनमा स्कुल खोलिएका हुन्छन् । अधुरा र अपुरा छन् । हामीले भनेको मान्ने पनि होइन । हाम्रोमा त निःशुल्क छ । तर, पनि यस्तो शिक्षा लिनेहरुको संख्या कम छ । यो बिडम्बना हो । म त स्कुल चलाइरहेको मान्छे हुँ, हाम्रो अवस्था निक्कै डर लाग्दो छ । नयाँ पुस्ताका विद्यार्थीहरुमा धेरै थोकको कमी छ । संस्कार निक्कै खस्किएको छ । कसरी देश चल्छ, कसरी घरबार चल्छ भनेर चिन्तित छु म त । अत्यन्तै नेगेटिभ छन् अहिलेका बच्चाहरु ।

 

– भनेपछि सामुदायिक र नीजि विद्यालयका भन्दा एकल विद्यालयका विद्यार्थीहरु साँच्चिकै भविष्यका कर्णधार सावित हुनेछन् भन्ने हो ?  

लेखेर राख्नुहोस्, मुलुकको भविष्यमा काम लाग्ने भनेकै एकल विद्यायलका बच्चाहरु हुन् । उनीहरुमा संस्कार छ, संस्कृतिको माया छ । ईमान्दार छन् । मेहनति छन् । सेवकको भावना छ । स्वार्थी छैनन् । अहिले हामीसँग दुई हजार जति विद्यायल छन् । भारतमा एक लाखभन्दा धेरै विद्यालय छन् । जसले हाम्रो संस्कार, संस्कृति, भाषा, साहित्य, सनातनी सभ्यताका बारेमा शिक्षा दिने गरिन्छ ।

 

– यसरी विद्यार्थीहरु विग्रनुको खास कारण के होला ?

घरमा एउटै बच्चा छ । बाबाआमाको माया धेरै भयो । बिगार्दा पनि कुनै सच्याउने काम भएन । स्कुलमा पुगेर उहाँहरुले मेरो एउटै सन्तान हो, यसले जेसुकै गल्ती गरेपनि कारबाही नगर्नु भन्छन् । घरमा पनि माया, स्कुलमा पनि माया भयो । बच्चाहरुको कमजोरीमाथि खबरदारी नगर्ने कुराले बिगारेको हो । अनि त्यस्तो बच्चा कसरी मान्छे बन्छ ? बच्चाहरु जन्माउने काम निक्कै घटेर गयो । पछिल्लो तीन वर्षको तथ्याङ्कलाई हेर्दा पनि हुन्छ । ५४ प्रतिशतले जन्मदर घटेको देखिन्छ । एक त बच्चाको संख्या कम भयो । अर्को कुरा प्रविधिको बढ्दो प्रयोग, सुविधा बढी भयो । बच्चाहरुमा जिद्धिपन बढी देखियो । सकारात्मक भन्दा पनि नकारात्मक कुरामा बच्चाहरु अघि देखिन्छन् । दुई सन्तान इशवरको बरदान भन्ने समाज अहिले निःसन्तानतर्फ उन्मुख देखिन्छ ।

 

– तपाईं विभिन्न क्षेत्रमा रहेर काम गरिरहनु भएको व्यक्ति हुनुहुन्छ, नेपालको वर्तमान राजनीतिलाई कसरी हेर्नुभएको छ ? ठिकठाक चलिरहेकै छ भन्ने लाग्छ ?

हाम्रोमा अरुलाई दोष देखाउने राजनीति चलिरहेको छ । राम्रो कामलाई पनि नराम्रो भनिदिने । सरकारले काम गरेन भन्या, नेताले काम गरेन भन्या छ । काम नभएको हो र ? काम त भइरहेकै छ । एक्कासी जादुको छडी जसरी विकास र समृद्धि हुने कुरा होइन । तुलनात्मक रुपमा जति हुनुपर्ने थियो, त्यति भएको छैन तर, केही पनि भएकै छैन भन्ने भाष्य स्थापित गरेर देशको बदनाम गर्नेकाम पनि त ठिक होइन । पहिलेको तुलनामा पुलहरु बनेका छन् । बाटो बनेको छ । स्कुल र अस्पताल बनेका छन् । तर, पनि जनताहरु सन्तुष्ट छैनन् । १०/२० वर्ष पहिले र अहिले तुलना गर्ने हो भने धेरै भएको छ । काम गर्नेलाई हतोत्साहित गर्ने काम भएको छ । सामाजिक सञ्जालमा बदनाम गर्ने काम भइरहेका छन् । बंगलादेश राम्रै चलिरहेकै थियो । अचानक त्यहाँ सस्तो लोकप्रियताको कुरा सुरुभयो । आन्दोलन भयो । हसिनाले देश छोड्नपर्यो । आखिर अहिले के भयो ? अर्को कुरा सबै फ्रि भनेर हुन्छ ? राज्यको ढुकुटीमा पैसा छैन भने कसरी सबै चिज बाड्न सक्छ ? नयाँ पुस्ताले सामाजिक सञ्जालमा देखिने सस्तो लोकप्रियताको बारेमा सहि विश्लेषण गर्न सकिरहेको छैन । यसै कारण निराशा बढीरहेको छ । निराश मात्रै हुनुपर्ने छैन । केही आशावादी बन्ने ठाउँ पनि छ ।

 

हाम्रोमा पहिले पहिले ३०/४० वर्ष काम गरेपछि नेता बन्थ्यो । अहिले प्रत्येक दिन नेता बन्छन् । सस्तो नारा लगाउछ । कहाँबाट फुत्त निस्किन्छ थाहा नै हुँदैन । युक्रेनमा हेर्नुहोस्, कहाँबाट जेलेनेस्की आए । अहिले देश बर्बाद बनेको छ । पुटिनलाई चिन्न सकेको देखिएन । अरुको भरोसामा देश चल्छ त ? चल्दैन नि । स्वाभिमानले मात्र देश बच्दैन । परिपक्व मान्छे भएको भए त्यस्तो हुँदैन थियो । यो ब्यथा सबैतिर छ । भारतमा पनि छ । नेपालमा पनि छ । नेतालाई गालि गरेर देश बन्दैन । जनता सचेत बन्नुपर्छ । नौ जवानहरु सचेत बन्नुपर्छ । सहि र गलत के हो ? त्यसको बारेमा जान्न र छुट्याउन सक्नुपर्छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...