विकास भन्ने कुरा दुई वटा हुँदो रहेछ एउटा देखिने विकास अर्को नदेखिने विकास {भिडियो सहित}


रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको समृद्धिको आधार भनेको कृषि, पर्यटन र जलश्रोत हो । भौगोलिक विकटताको कारणले पनि यो गाउँपालिकाको समृद्धिमा निकै ठुलो चुनौति देखिन्छ । विकास निर्माणको क्षेत्रमा निकै पछाडि परेको यो गाउँपालिका स्थानिय सरकार आएसँगै विकास निर्माणले केही मात्रमा गति लिन थालेको छ । यसै विषयमा केन्द्रीत रहेर गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारसँग www.akhabarnepal.com का सम्पादक सुबास मुखिया सुनुवारसँगको विशेष संवाद गरिएको सम्पादित अंश ।

 

– अहिलेको विषम परिस्थित यहाँलाई अवगत नै छ । कोरोना भाईरस महामारीको प्रभाव उमाकुण्ड गाउँपालिकामा कत्तिको परेको छ ?

पक्कै पनि गाउँपालिका अछुतो छैन अब हामीले पनि त्यो अछुतो छैन भनेर त्यसरी हेर्ने कुरा पनि रहेन त्यो बीचमा पनि हामीले हाम्रो गाउँपालिकाले नेपाल सरकारको उच्चस्तरीय कोरोना भाईस निर्देशन समितिले दिएको निर्देशनलाई पालना गर्दै गाउँपालिकाले पनि आफ्नो गाउँपालिकास्तरमा यो कोरोना भाईरसलाई हामीले कसरी मुक्त गर्न सक्छौ त्यहाँबाट कसरी जोगिन सक्छौं भन्ने ढंगले चाहिँ हामीले एउटा कार्यविधि र आप्mनै गाउँपालिकाको परिधि नियम राखेर चाहिँ हामीले अगाडि बढाउने काम अहिलेसम्म गरिरहेका छौं ।

– तपाई निर्वाचित भएको पनि तीन वर्ष बतिसक्यो तपाईको कार्याकाल पनि अब सकिन केहि वर्ष मात्रै बाँकी छ । हालसम्म गाउँपालिकामा भएका विकासका कार्यहरु र बाँकी रहेका कार्यहरु के–के छन् ?

पक्कै पनि हामीले चुनावताका हामीले जे जति आफुले प्रतिवद्धता जाहेर गरेर घोषणा पत्रमा उल्लेख गरेका छौ ती सबै कुराहरु हामीले पूर्ण रुपले सफल या सम्पन्न ग¥यौं भन्ने कुराहरु होइन अझै तपाईले अघि नै भनिसक्नुभएको छ । हामी निर्वाचित भएको तीन वर्ष हुँदै हामी चार वर्षमा प्रवेश गरेको अवस्थामा हामीले घोषणा पत्रमा जे जति हामीले उल्लेख गरेका छौ । बाचा गरेका छौ । प्रतिवद्धता जोहर गरेका छौ । त्यो कुराहरुलाई आत्मासाँक्षी राखेर हामीले चाहे विकास निर्माणका पूर्वधारका कुराहरु होस्, चाहे शिक्षा कुराहरु होस्, चाहे स्वास्थ्यका कुराहरु होस्, चाहे जनजिविकाका कुराहरु होस्, चाहे रोजगारका कुराहरुलाई चाहिँ हामीले अगाडि बढाउने कामहरु हामीले गरिरहेको अवस्थाहरु छ ।

– उमाकुण्ड गाउँपालिकालाई चाहिँ ठ्याक्कै यसैले समृद्ध गाउँपालिका बनाउँछ भन्ने भौतिक पूर्वाधारहरु चाहिँ के देख्नुभएको छ यहाँले ?

अँ मैले बारम्बार चाहिँ सञ्चारमाध्यमबाट रेडियो टेलिभिजनबाट र स्थानीय रेडियोहरुमा पनि भन्ने गरेको छु । रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका भनेको रामेछाप जिल्लाकै दुर्गम गाउँपालिकाभित्र पर्छ तर चाहिँ हामीले स्लोगन पनि राखेका छौ हामीले हाम्रो गाउँपालिकाको सुन्दर समृद्धि उमाकुण्डको निर्माण जलस्रोत पर्यटन र कृषिको चाहिँ कृषि विकासको चाहिँ पूर्वधार भनेर भनेका छौ त्यही कुरालाई चाहिँ हामीले आत्मसाथ गर्दै हाम्रो गाउँपालिकामा अहिलेसम्म हामीले जति काम गरेका छौ त्यहीभित्र बसेर चाहिँ हामीले हाम्रो गाउँपालिकालाई विशेषता यी कुराहरुलाई मध्यनजर गरेर हामीले पहिलो कुरा पूर्वधारको हिसावले बाटो नै रहेछ बाटो छैन भने चाहे त्यहाँ शिक्षाको कुरा होस् चाहे स्वास्थ्यका कुरा होस् चाहे हामी जतिसुकै कृषि आधुनिकका कुराहरु होस् यी कुराहरुलाई हामीले पूर्ण रुपले चाहिँ हामीले कार्यान्वयनमा लान नसक्ने भएको हुनाले हामीले अघि नै मैले सुरुमा भने हाम्रो गाउँपालिका चाहिँ यो दुर्गम या भौतिक हिसावले पूर्वधारको हिसावले मतलव त्यहाँ चाहिँ भौगोलिक बनौट हिसावले विकट भएकोले बाटोलाई हामीले प्राथमिकताका साथ अगाडि बढाउने कुराहरुमा अझै पनि हामीले सबै वडामा तीन वर्षभित्र मैले प्रतिवद्धता जाहेर गरेको थिएँ कि सबै वडामा चाहिँ हिउँद वर्षा बाटो चल्ने गरी र गाउँपालिकामा पनि चल्ने गरी बाटो हामी निर्माण गछौं भनेर मैले मेरो घोषणा पत्रमा पनि उल्लेख गरेको थिएँ । त्यहि कुरालाई मध्यनजर गरेर हाम्रो गाउँपालिकामा अहिलेसम्म विशेष यो विकास निर्माण शिक्षा स्वास्थ्य सबै कुराहरुलाई समेट्ने गरी बाटोलाई नै हामीले प्राथमिकता साथ अगाडि बढाएको कुराहरु चाहि मैले जानकारी गराएँ ।

– बाटोको कुरा गर्नुभयो जस्तै विकासका नाममा वडा र गाउँ टोलमा कच्ची सडक सञ्जालहरु पुगेका छन् । अहिले त वर्षाको बेला पनि छ । बाढी पहिरोको जोखिम कत्तिको छ ?

अँ अत्यन्तै भौगोलिक हिसावले मैले बारम्बार भन्ने गरेको छु एउटा विकट एउटा त्यहाँ हाम्रो गाउँपालिकाको चाहिँ भौगोलिक हिसावले एकदम समथल नभएको एउटा चाहिँ अप्ठ्यारो ठाउँ रहेको हुनाले हामीले जतिसुकै पनि विकास निर्माणका काम गर्दाखेरि बाटोघाटोको काम गर्दाखेरि म आफै नै ढुक्क थिएँ कि अब तीन वर्षभित्र सरर काठमाडौदेखि लिएर गाउँपालिकासम्म जोडिने जुन माध्यममार्गी सडक छ जनताहरुले चाहिँ गाउँपालिकाबाट पाउने सेवा सुविधा चाहिँ दुई घण्टाभित्र हाम्रो गाउँपालिका अझ गाउँपालिकाभित्र पनि गुम्देल चाहिँ हिँडेर दुई तीन दिन लाग्ने ठाउँलाई पनि दुई घण्टाभित्र चाहिँ हामीले सेवा प्रदान गर्न सक्छौ भन्ने हिसावले हामीले चाहिँ त्यो किसिमले हामीले काम गरेका थियौ यो प्राकृतिक यो विपत्तिका कुराहरुमा चाहिँ भन्न सकिने रहेनछ यसो भन्दा भन्दै पनि हामीले अहिले प्राकृतिक प्रकोपका कारणले बाढी पहिरोले गर्दाखेरी ठाउँ ठाउँमा भत्किने भुगोलको कारणले गर्दाखेरि भत्किने ढल्ने पानीहरु बढी बग्ने हिसाबको नाताले पनि त्यहाँ बाटोहरु बिग्रने कारणले गर्दाखेरि अलिकता हामीलाई त्यहाँ संघर्ष र अप्ठ्यारो स्थिति भएकै अवस्था छ । हामीले त्यो बाटोलाई त्यति यस्तो भयो भनेर छोडेको अवस्थाहरु भने छैन हामीले त्यसलाई पनि पन्छाएर अगाडि बढाउने काम र राम्रो गर्ने काम चाहि हामीले गरिरहेको अवस्थाहरु चाहिँ छ ।

– उमाकुण्ड गाउँपालिकामा धेरै पर्यटकीयस्थल र धार्मिक सांस्कृतिक भएको धरोहरुको रुपमा पनि लिने गरिन्छ यसका लागि पालिकाबाट के–कस्ता खालका पहलकदमी कामहरु भईरहेको छन् ?

अघि नै मैले भनिहालेँ यो पर्यटनको हिसावले हाम्रो गाउँपालिका अत्यन्तै सुन्दर भएको हिसावले पनि हामीले हाम्रो गाउँपालिको एउटा परिकल्पना गरेर हामीले एउटा डिपिआर प्लानिङ पनि गरिसकेको अवस्थाहरु छ जस्तै ताँमे डाँडा चाहिँ पर्यटन पूर्वधारको लागि एकदम उत्तम ठाउँ भनेर हामीले केही बजेटहरु छुट्याएर पनि यो कोरोनाको कारणले गर्दाखेरि हामीले धेरै कामहरु गर्न सकिरहेको अवस्था छैन केहि केहि संरचना हामीले तयार गरिसकेका छौ भने जस्तै धार्मिक हिसावले पौराणिक हिसावले पनि महत्व राख्ने उमाकुण्ड चाहि उमा तिर्थ अब अहिले अपभ्रंस भएर मैले कतिपय टेलिभिजन अनलाईन रेडियोहरुमा पनि भन्ने गरेको छु नामलाई चाहिँ उपनाम दिएर नगरौ कम्तीमा उमाकुण्ड गाउँपालिका हैन उमा तिर्थ गाउँपालिका राखेको भए हुन्थ्यो कि भनेर पनि त्यो उमाकुण्ड तिर्थ भन्ने चाहिँ पौराणिक हिसाव र धार्मिक हिसावले पनि अति महत्व राख्ने हाम्रो नेपालकै चाहिँ अब यसको चाहिँ धेरै कुराहरु गर्नुपर्दाखेरि लामो जान सक्छ त्यहि हिसाबले पनि त्यसलाई पनि एउटा धार्मिक पर्यटनको हिसावले हामीले चाहिँ प्रवर्द्धन गर्नको निम्ति अब प्लानिङ गर्दैछौ हामीले अब डिपिआर तयार गरेर पनि त्यहाँ संरचना हामीले सुरु गरेका छौ भने प्राकृतिक हिसावले कावा गुम्बा भन्ने स्वयम् त्यो कावा गुम्बा चाहिँ आफै नै त्यहाँ गुम्बा निर्माण भएर चाहिँ त्यहाँ अव्यवस्थित हिसावले भएको हुनाले त्यसलाई पनि यस पालीको बजेटमा सम्बोधन गर्ने गरि हामीले काम अगाडि बढाएका छौं भने यी सबै कुराहरुलाई व्यवस्थित गरेर अगाडि लाने काम हामीले एउटा बेसिकल्लि सुरुवात गरेको कुराहरु पनि मैले अवगत गराउन चाहेँ ।

– तामेडाँडालाई पर्टकीय भ्यूटावर बनाउने कुरा थियो, गत वर्ष तपाईहरुले अजमडाँडामा प्याराग्लाईडिङको सफल परीक्षण पनि गर्नुभएको थियो । यसबारे दिर्घकालिन विस्तारको योजनाहरु चाहिँ के–के बनाउनुभएको छ ?

अब यसको लागि मेरो आग्रह अनुरोध के छ भने अब हाम्रो के चलन रह्यो भने मैले बारम्बार आग्रह अनुरोध पनि गरेको छु । हाम्रो गाउँपालिकालाई मैले अघि नै स्लोगनमा भने यी सबै कुराहरुलाई पुरा गर्नको निम्ति केवल एउटा जनप्रतिनिधि मात्रै हैन हाम्रो राजनीतिक संस्कार यस्तो भईदियो कि अब खाली बिरोधै मात्र गर्ने मैले प्रत्येक कुराहरुमा मैले के भन्ने गरेको छु भने हाम्रो गाउँपालिकालाई सुख, समृद्धि, सुखी मैले स्लोगन राखे जस्तै बनाउनको निम्ति सबैको सहयोग चाहिन्छ ।

अब यहाँनेर के छ भने मैले अघि सुरुमा पनि भने अलिकता त्यहाँको चाहिँ सभ्यतासँग जोडिएको संस्कृतिसँग जोडिएको जन्मदेखि मृत्युसम्म त्यो लिखु खोलासँग नाता छ त्यसले गर्दाखेरि अहिले हाईड्रो प्रोजेक्ट उत्पन्न भएर हाईड्रो प्रोजेक्ट निर्माण भएर त्यहाँको चाहिँ केही पैसा र रोयल्टी आउँछ भन्ने कुरा मात्रै होइन ती कुराहरुलाई पनि परम्परा संस्कृति र रितिरिवाजलाई पनि जोगाउँदै त्यहाँको चाहिँ पीर मार्कालाई बुझ्दै प्रोजेक्ट अगाडि बढोस् भन्ने हाम्रो आग्रह हो ।

यो बजेट मात्रै हैन कि जनप्रतिनिधि मात्रै हैन कि त्यहाँको राजनीतिक पार्टी बुद्धिजिवी त्यहाँका चाहिने नागरिक सबै लाग्यौ भने मात्रै हाम्रो जो परिकल्पना गरेकोलाई पुरा गर्न सक्छौ भन्ने हिसावले पनि मैले आग्रह अनुरोध गरेको छु । त्यसो भएको हुनाले यि सबै लाग्यौ भने मात्रै हामीले छिट्टै यी सबै कुराहरुलाई हामीले पुरा गर्न सक्छौ होइन भने बजेटै मात्र छुट्याएर हामीले योजना मात्रै बनाएर त्यो सम्भव छैन त्यसको निम्ति हामीले चाहिँ सबैभन्दा पहिलो कुरो चाहिँ हाम्रो सोच र हाम्रो ईमान्दारितालाई कायम राखेर गर्यौ भने मात्रै सम्भव छ त्यसो भएको हुनाले अहिले हामीले त्यो तामेमा चाहिँ एउटा विभिन्न धेरै धर्म, बहुजाति, बहु धार्मिक, बहु सांस्कृतिकको हिसाबले पनि हाम्रो गाउँपालिका भएको हुनाले त्यहाँ चाहिँ सबै धर्मको चाहिँ एउटा मन्दिर बनाउनको लागि हामीले केही बजेट छुट्याएर सुरु पनि गरेका छौं ।

अहिले दुई वटा बनेका छन् भने अन्य विविध त्यहिँभित्र पर्ने प्लानिङभित्र परेका छन् त्यसलाई पनि सुरुवात गरेका छौ र केही वर्ष पुरानाको हिसावले मात्र हामीले केही बजेटहरु पनि छुट्याएर त्यहाँ चाहिँ एउटा ठूलो मेला मतलब ठुलो महोत्सव गरेर कम्तीमा पनि भिजिटरहरु जस्तै यहाँको प्रधानमन्त्री लगायत विज्ञहरु लगेर हामीले त्यो ठाउँ देखाउने कम्तीमा हामीले हाम्रो गाउँपालिकालाई मात्रै हैन रामेछापलाई मात्रै पनि हैन देशकै निम्ति एउटा आर्थिक रुपले सम्पन्न गर्ने ठाउँ रहन्छ भन्ने हिसावले पनि हामीले काम गर्दै जाँदाखेरि परिस्थिति अनुकुल हामीले यो काम यसपाला यो वर्ष हामीले गर्न नसकेको कुराहरु पनि मैले तपाइहरुको यो मिडिया मार्फत मैले यो जानकारी गराउन चाहेँ । हामीले अथक प्रयास गर्दै छौं ।

अब एउटा कुरा के छ भने हामीलाई धेरै चुनौती र अवसर दुई वटै कुरा थियो दुई वटै कुराहरु गर्दै जाँदाखेरि सुरुमा हामीले नयाँ सरकार मतलब नयाँ संविधान अनुसार नयाँ संरचना भएको हिसावले पनि धेरै कामहरु हामीले व्यवस्थित गर्दै हाम्रो विकास निर्माणका कुराहरु न्यायका कुराहरु धेरै तमाम कुराहरुलाई पनि हामीले अगाडि लगाउनुपर्ने अवस्था भएको हुनाले यी कुरालाई पनि हामीले मध्यनजर राख्दै सबै कुरालाई अगाडि बढाउने काम पनि हामीले गरेका छौ भने हामीले अपेक्षा गरेको अनुसार सबै कुराहरु प्राप्त नगरेको अवस्था पनि छ अझै पनि दुई वर्ष बाँकी छ यो दुई वर्षभित्र हामीले राखेको घोषणा–पत्र थप चाहिँ हाम्रो गाउँपालिकाभित्र रहेका बुद्धिजिवि विज्ञहरुले दिएको सल्लाह सुझावलाई पनि हामीले मनन् गर्दै कम्तीमा पनि हाम्रो उमाकुण्ड गाउँपालिकालाई रामेछाप जिल्लाको ८ वटा स्थानीय तह मध्येमा उत्कृष्ट गाउँपालिकाको रुपमा अगाडि बढाउने काम हामीले गरिरहेको कुरो पनि मैले तपाईहरुको यो सञ्चामाध्यमबाट पनि जानकारी गराउन चाहन्छु ।

– प्याराग्लाईडिङको बारेमा पनि केही बताईदिनुहोस् न ।

प्याराग्लाईडिङ हामीले परीक्षणका रुपमा कुँभुकास्थली साविकको गाविसमा हामीले केही वर्ष अगाडि हामी परीक्षण सफल पनि गरेका छौ यहि वर्ष पनि थप परीक्षण गरेर कम्तीमा पनि हामीले सातै वटा वडामा एउटै वडामा मात्रै हैन सातै वटा वडामा एउटा बार गते राखेर अथवा दिन राखेर कम्तीमा पनि महिनाभरि हामीले चाहिँ पर्यटन प्रवर्द्धनको लागि आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धन गर्नको निम्ति हामीले त्यो खालको योजना पनि बनाएको थियौ यहि वर्ष केही वडाले बजेट पनि छुट्याएको अवस्थाहरु थियो तर यो वर्ष हामीले त्यो कार्यक्रमहरु आयोजना गर्न नपाएको हुनाले त्यो कुरालाई पनि केही वडा कार्यालयहरु ओझेलमा परेको कुरापनि सबैलाई सर्वविवितै भएको हुनाले अब आउने दिनहरुमा हामीले जो चाहिँ उल्लेख भएका विकास निर्माण पर्यटन प्रवद्र्धदनेखि लिएर सबै कुराहरुलाई चाहि अगाडि बढाउने कुराहरु पनि म तपाईको मिडिया मार्फत प्रतिबद्धता जाहेर गर्दछु ।

– जस्तो कि उमाकुण्ड गाउँपालिकामा ६ वटा हाईड्रोपावर निर्माणाधिन अवस्थामा छन् यसबाट उमाकुण्ड गाउँपालिकाका आम नागरिकले के कस्ता खालका लाभहरु पाएका छन् अथवा शेयरको कुराहरु पनि होलान यस बारे थोरै बताईदिनुस न ।

अब यो हाईड्रोपावर सम्बन्धमा तपाईहरुलाई पनि धेरै रेडियो, टेलिभिजन, अनलाईन मार्फत समाचारहरु आईसकेको कुरा हो अब मैले भन्ने गरेको छु भने केही पाउनलाई केही गुमाउनु पर्छ हरेक पक्षको हरेक कुराहरु दोहोरो हुन्छ एकोहोरो हुँदैन हाम्रो हिजोदेखि एउटा सभ्यता संस्कृति जन्मदेखि मरणसम्मको चाहिँ प्रकृतिक हिसावले पाएको हाम्रो जंगल, जडिबुटी, जललाई प्रयोग गर्ने क्रममा यो भन्दा भन्दै पनि कम्तीमा पनि हामीले त्यो खेर गएको पानीलाई पनि प्रयोगको रुपमा हाम्रो गाउँपालिकाको चाहिँ एउटा स्रोतको रुपमा आर्थिकको रुपमा साहयता गर्नुपर्छ भन्ने हिसाबले पनि हामीले अगाडि बढाउँदै गर्दाखेरि यो ६ वटा हाईड्रो प्रोजेक्ट अहिले त ३–४ वटा हाइड्रो प्रोजेक्ट त चलिरहेको अवस्था छ भने अब यो हैन कम्तीमा पनि स्थानीय सरकारसँग समन्वयन गरेर अगाडि बढ्नुपर्छ हैन भने एकोहोरो ढंगबाट आयोजना अगाडि बढाउँदाखेरि तमाम त्यहाँको नागरिकाहरुको चाहिँ अधिकार हनन हुन्छ ।

सञ्चार माध्यमबाट मेरो आग्रह के हो भने सबै कुराहरुलाई व्यवस्थित गर्नको निम्ति तपाईहरु पनि एक कदम माथि उठेर त्यहाँको जनताको लागि मैले केही कमाउनु छ भने मैले पनि केही योगदान गर्नुपर्छ भन्ने हिसावले आईदिनुभयो भने सहज हिसावले प्रजेक्ट अगाडि बढ्छ र समयमा प्रोजेक्ट पनि सम्पन्न हुन्छ र त्यहाँको जनताले पनि सहयोग गर्ने कुराहरु छँदैछ ।

प्राकृतिक स्रोत साधन यहाँको जनताको हो नि त्यसले गर्दाखेरि यहाँको जनतालाई सोधेर यहाँको जनप्रतिनिधिहरुलाई सोधेर मात्रै काम अगाडि बढ्नु भो भने कम्तीमा पनि त्यहाँको हाईड्रोपावर बेलैमा सम्पन्न हुन्छ सम्पन्न भईसकेपछि यहाँको आर्थिक स्रोतहरु बढ्न जान्छ त्यसो भएको हुनाले पनि दुईतिर सामाजिक उत्तरदायित्वको पैसा हाईड्रोले दिने कुराहरु पनि त्यो भयो भने त्यहाँको जनतालाई पनि सम्बोधन हुने कुरा हुन्छ भन्ने हिसावले केही विवादहरु सिर्जना भएको अवस्था छ ।

हाल आएर त्यही औपचारिक अनौपचारिक बैठक पनि बसिरहेको अवस्था छ भने कम्तीमा हामीले यो हाम्रो अहिले गोकुलगंगा छिमेकी गाउँपालिका गोकुलगंगाको चाहिँ यो ६० मेगावाटको अहिले यो खिम्ती जलविद्युत आयोजनाबाट लगभग त्यो गाउँपालिकाले ४ करोड चाहिँ रोयल्टीहरु प्राप्त गर्छ त्यसको रोयल्टी हाम्रो गाउँपालिकामा पनि लगभग ९५ लाख रुपैयाँ हामीले पाउँछौ भने बेलैमा यो चाहिँ हाम्रो गाउँपालिकाभित्र रहेको हाइड्रो प्रोजेक्टहरु चाहिँ हाम्रो कार्यकालमा सम्पन्न भयो भने कम्तीमा पनि १४–१५ करोड चाहिँ हामीले वार्षिक रुपमा रोयल्टी प्राप्त गर्नेछौ मैले अघि नै सुरुमा भने कृषि, पर्यटन र जलको माध्यमबाट हामी समृद्धि हुन सक्छौ भन्ने हिसावले हामीले समयमै प्रोजेक्ट सम्पन्न भयो भने त्यो बजेट प्राप्त गर्न सक्छौ ।

हामी संघ र प्रदेशसँग हात थापेर बस्नुपर्ने अवस्था पनि छैन र त्यसपछि हाईड्रो प्रोजेक्टबाट जो त्यहाँको पब्लिक नागरिकहरुले पाउने दुई वटा खालको शेयरहरु एउटा अग्रअधिकारको शेयर र एउटा साधारण शेयर मैले के भन्ने गरेको छु भने साधारण शेयर हैन कम्तीमा त्यहाँ चाहिँ प्रभावित क्षेत्रको नागरिकहरुलाई कम्तीमा साधारण शेयर हैन अग्रअधिकारको शेयर दिनुपर्छ र त्यो अग्रअधिकारको शेयरचाहिँ यो जलविद्युत नियम अनुसार चाहिँ ७५ प्रतिशत काम सम्पन्न गरिसकेपछि मात्रै यो शेयरका कुराहरु आउने रहेछन भने अब यी सबै कुराहरु व्यवस्थित गर्नको निम्ति समयमा प्रोजेक्ट सम्पन्न गर्नको निम्ति र त्यहाँको नागरिकहरुलाई परेको हाईड्रोबाट समस्यामा पारेका जो नागरिकहरु छन् ती नागरिकहरुलाई पनि सम्बोधन गर्ने गरि अगाडि काम बढाउनुपर्छ भनेर हामीले पटक पटक हामीले हाइड्रोलाई चाहिँ आग्रह गरेको अवस्था छ भने ती सबै कुरालाई पनि व्यवस्थित गरेर गाउँपालिका अगाडि बढाउने कुरामा दुई मत छैन अगाडि बढ्छ ।

तर त्यो कुरालाई व्यवस्थित नगरिकन एक ढंगबाट आयोजनाले बेलैमा सम्पन्न गरेर गाउँपालिकाले रोयल्टी पाउँछ भने मात्रै हैन गाउँपालिकालाई आयोजना सञ्चाल गर्दै गर्दाखेरी त्यहाँ परेका विभिन्न खालको समस्यलाई पनि सम्बोधन गर्न सकेन भने अप्ठ्यारो स्थिति चाहिँ पैदा हुन्छ । त्यो कुरालाई पनि हाईड्रो प्रोजेक्टलाई जति अहिले यो सञ्चारमाध्यमबाट उहाँलाई पनि जानकारी होस कि यी कुरालाई बुझेर कम्तीमा समयमा चाहिँ उहाँले गाउँपालिका र स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्नको निम्ति पनि म हार्दिक अनुरोध गर्दछु ।

विकासका निम्ति हो सरकार आर्थिक उन्नतिको लागि हो । सरकारले सबै कुराको व्यवस्थित गर्नको उद्योगपति र सञ्चालकहरु पनि सरकार हो त्यो त्यही हिसावले सरकार त्यो बाट पछि हट्दैन त्यो कुरालाई चाहिँ एकदम ख्याल गरेर कम्तीमा पनि सरकारसँग संघीय सरकार र प्रदेश सरकारसँग चाहिँ मात्रै मिलेर काम गर्नुपर्छ भन्ने मात्रै हैन कि स्थानीय सरकारसँग पनि मिलेर काम गर्नुपर्छ भन्ने खालको एउटा यो पनि सरकार हो है र यो संविधानले दिएको अधिकारलाई यो स्थानीय सरकारले पनि कार्यान्वयन गर्नुपर्छ र त्यो सरकार पनि एउटा संविधाभित्रको हो भन्ने कुराहरको पनि ख्याल राखेको होस भन्ने कुरा पनि यहाँ अनुरोध गर्न चाहेँ ।

– हाइड्रोपारकै कुरा गर्दा तपाई र दुगड ग्रुपले लगानी गरेको जलविद्युत आयोजनाबीच खटपट भएको कुरा बाहिर आएको थियो खास कुरो के हो ?

अब यहाँनेर के छ भने मैले अघि सुरुमा पनि भने अलिकता त्यहाँको चाहिँ सभ्यतासँग जोडिएको संस्कृतिसँग जोडिएको जन्मदेखि मृत्युसम्म त्यो लिखु खोलासँग नाता छ त्यसले गर्दाखेरि अहिले हाईड्रो प्रोजेक्ट उत्पन्न भएर हाईड्रो प्रोजेक्ट निर्माण भएर त्यहाँको चाहिँ केही पैसा र रोयल्टी आउँछ भन्ने कुरा मात्रै होइन ती कुराहरुलाई पनि परम्परा संस्कृति र रितिरिवाजलाई पनि जोगाउँदै त्यहाँको चाहिँ पीर मार्कालाई बुझ्दै प्रोजेक्ट अगाडि बढोस् भन्ने हाम्रो आग्रह हो ।

हामी त त्यहाँको निर्वाचित जनप्रतिनिधि कि जनताले निर्वाचित गराएर पठाएको त्यसले गर्दा त्यहाँ परेको समस्या त्यहाँ परेको दुःखलाई हामी त सरकारले बाध्य भएर प्रोजेक्ट बन्द गर्नुपर्छ भनेर पनि मैले भनेको छु । सरकारले त बनाउने कुरामा किन बन्द गर्यो भन्ने कुराहरु पनि आईराखेको छ । किन यस्तो खालको अभिव्यक्ति दिएको भनेर पनि आएको छ । सरकारले ठिक ढंगबाट आयोजनाहरु सञ्चालन गर्न सकेन भने बन्द पनि गर्नुपर्ने अवस्थाहरु आउन सक्छ । त्यसले गर्दाखेरी अहिले त्यहाँको विवाद भन्दा पनि त्यहाँको मिसअन्डरस्टेडिङ भन्ने लाग्छ । अब केही आयोजनाभित्र म त्यहाँको चियरमेन साबसँग पनि मसँग केही कुरा भएको थियो अब कम्तीमा पनि तपाई पनि आएर त्यहाँको पीरमार्काहरु बुझिदिनुस कहाँ के खालको समस्याहरु छ भनेर पनि बुझिदिनुपर्यो ।

अहिले त्यो हाईड्रो परियोजनाले कम्तीमा पनि त्यहाँ सञ्चालन भएको बाटोहरु पनि बिगारिरहेका अवस्था छ भने त्यो बाटो कम्तीमा पनि तपाई हिउँद वर्षा चल्ने रातदिन चल्ने मात्रै भईदियो भने त्यहाँ चाहिँ स्वास्थ्य शिक्षमा जतिजति सामाजिक उत्तरदायित्व तपाईले गरिदिनुभयो भने कम्तीमा पब्लिकले त तपाईहरुलाई चाहिँ प्रोजेक्ट त समयमा सम्पन्न गर्न दिन्छ । त्यही हिसावले जानुस भन्ने कुराहरु गरिसकेपछि केही तलमाथि भएको अवस्थाहरु छ अहिले बीचमा हामीसँग केही कुराहरु भएको अवस्थाहरु छ हैन अब हामीले गर्नैपर्ने रहेछ भन्ने कुराहरु पनि उहाँले गर्नुभएको छ ।

हेरौं अब केही समयपछि हामी बैठक बस्दैछौं । बैठक बसेर उहाँले ती कुरालाई चाहिँ मनन गर्दै अब चाहिँ त्यहाँको जनतालाई पीर मार्का परेको कुरालाई पनि हामी सम्बोधन गर्छौ र त्यहाँ चाहिँ हामीले पनि आयोजना बेलैमा सम्पन्न गर्न मैले पनि भनेको छु प्रोजेक्ट बेलैमा सम्पन्न गर्नको निम्ति प्रोजेक्ट नै अग्रसर हुनुपर्यो सरकारले त्यसको लागि त सहयोग गरिहालेको छ नि त त्यसले गर्दाखेरी यो संघीय सरकार र कुनै मन्त्रालय मार्फत र कुनै विभाग मार्फत मात्रै काम भएर हामीले निर्देशन दियो र गर्यो भन्ने हिसावले होइन त्यो तल बसेको स्थानीय सरकार त्यो स्थानीय सरकार भनेको त्यो त्यहाँको जनताको चाहिँ नजिकको सरकार त्यहाँको दुःख त्यहाँको सुख त्यहाँको चाहिँ आवश्यकता सबैको कुरा त्यहाँको स्थानीय सरकारले बुझ्छ थाहा पाउँछ त्यही हिसावले तपाईहरु अगाडि बढ्नुस भन्ने कुरामा केही कुराहरु विवादित भएको हुनाले यहि कुरा बाहिर आएको हुनाले मैले यहि कुरा रेडियो, टेलिभिजन, अनलाईन र विभिन्न सञ्चारमाध्यम मार्फत मैल भन्ने गरेको छु यही सञ्चार माध्यमबाट मेरो आग्रह के हो भने सबै कुराहरुलाई व्यवस्थित गर्नको निम्ति तपाईहरु पनि एक कदम माथि उठेर त्यहाँको जनताको लागि मैले केही कमाउनु छ भने मैले पनि केही योगदान गर्नुपर्छ भन्ने हिसावले आईदिनुभयो भने सहज हिसावले प्रजेक्ट अगाडि बढ्छ र समयमा प्रोजेक्ट पनि सम्पन्न हुन्छ र त्यहाँको जनताले पनि सहयोग गर्ने कुराहरु छँदैछ ।

– अब हामी शिक्षातिरको पनि कुरा गरौं उमाकुण्ड गाउँपालिकामा जम्मा ४५ वटा विद्यालयहरु छन् हाल शिक्षाको गुणस्तर कस्तो छ ?

अब यो विकास भन्ने कुरा दुई वटा हुँदो रहेछ एउटा देखिने विकास अर्को नदेखिने विकास । अब शिक्षामा लगभग गाउँपालिकाले शिक्षामा दोस्रो प्राथमिकताभित्र राखेर हामीले बजेट निर्माण गरेका छौ हामीले वजेट विनियोजित गरेका छौ त्यसो भएको हुनाले अब मैले दावाका साथै भन्छु रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाले जति शिक्षामा लगानी कुनै पनि स्थानीय तहले गरेको छैन । तपाईले हेर्नसक्नुहुन्छ किनभने शिक्षा विना हरेक कुराहरु सम्भव छैन ।

पैसा कमाएर मात्रै भएन नि त्यो पैसालाई कसरी परिचालन गर्नुपर्छ भन्ने कुरा शिक्षा चेतना हुनुपर्यो त्यो हिसाबले पनि हामीले शिक्षालाई प्राथमिकताभित्र राखेर हामीले बजेट निर्माण गरेका छौं । र हिजोको सन्दर्भमा मैले अहिले यसो भन्दै गर्दाखेरि अन्यथा पनि लाग्न सक्छ खै परिवर्तन भन्न सक्छ तर गम्भीर रुपमा त्यो विद्यालय गएर आपूmले अवलोकन गरेर त्यहाँको शिक्षाको गुणस्तर हिजोको दिनमा के थियो अहिले के छ ? भन्ने कुराहरु पनि मैले अनुरोध गर्न चाहे सबै विज्ञ राजनीतिक पार्टीका साथीहरुलाई पनि अन्य चाहिँ बौद्धिकवर्गलाई पनि कम्तीमा हिजोको भन्दा अहिलेको शिक्षा उमाकुण्ड गाउँपालिकामा कति परिवर्तन भएछ भनेर मैले हेर्दिन मैले अनुरोध गरें त्यो हिसावले हिजोको भन्दा केहि न केहि हामीले शिक्षामा परिवर्तन गरेका छौ ।

यहि शैक्षिक सत्र गत शैक्षिक सत्रमा पनि हामीले धेरै आयोजनाहरु शिक्षाको माध्यमबाट चाहि गर्नुपर्छ भन्ने हिसावले पनि हामीले धेरै कार्यक्रमहरु बनाएका थियौ त्यो कार्यक्रम पनि कोरोना भाइरसका कारणले गर्दा त्यो सबै गर्न नसकिरहेको अवस्था छ । थप यो वर्ष पनि त्यही बजेटहरु राखेर कम्तीमा पनि हाम्रो विद्यालयमा नेपाल सरकारले परिकल्पना गरेको एक गाउँपालिका एक प्राविधिक शिक्षा अन्तर्गत हामीले प्राविधिक शिक्षा पनि सुरु गरिसकेको अवस्था छ भने अन्य शिक्षाको हिसावले धेरै कार्यक्रमहरु पनि अहिलेको प्रणालीबाट अगाडि बढाउनुपर्छ भन्ने हिसावले पनि धेरै विद्यालयले सुरु गर्नुभएको छ । त्यसले गर्दाखेरि हिजोकोभन्दा हामीले केही परिवर्तन मैले अहिले यो सञ्चारमाध्यमबाट मैले त गरेँ भनेर भनुँला हजुरहरुले पनि कम्तीमा पनि त्यहाँ गएर विद्यालयहरुमा अवलोकन गर्दाखेरी कति परिवर्तन आएछ भन्ने कुरा पनि तपाई बुझ्नुहुन्छ भन्ने कुरा पनि मैले तपाईहरुको यो सञ्चारमाध्यम मार्फत मैले अनुरोध गर्न चाहें ।

– अन्त्यमा भन्न छुटेका कुराहरु केही छ कि आम पाठकलाई ?

अँ म त धेरै कुराहरु बोल्ने मान्छे हैन । काम गर्नुपर्छ भन्ने मान्छे हुँ । त्यसो भएको हुनाले अब फेरि पनि मेरो के आग्रह छ भने तपाई हामी सबै मिलेर मात्रै सम्भव छ । नत्र यो चाहिँ चाहे म गाउँपालिका अध्यक्ष पाँच वर्षको लागि आएर या चाहे कुनै अर्को पाँच वर्षको लागि कोही मान्छे आएर त्यहाँ परिवर्तन हुने छैन । किनभने हामीले चाहिँ हाम्रो गाउँपालिकाको एउटा भित्री भिजन दृष्टिकोण त मैले बनाएकै छु सँगसँगै त्यो भनेर मात्रै नहुँदो रहेछ मैले अघि नै भने यहाँको राजनीतिक पार्टी यहाँको वुद्धिजिवी यहाँको जनप्रतिनिधि यहाँको कर्मचारी सबै मिलेर मात्रै त्यो सबै कुराहरुलाई चाहिँ एउटा व्यवस्थित गरेर अगाडि लान सक्यौ भने त्यो सम्भव छ ।

त्यसको निम्ति मेरो के अनुरोध छ भने के आग्रह छ भने कम्तीमा पनि अझै पनि दुई वर्षको बजेटहरु हामीसँग छ त्यो दुई वर्षको बजेटलाई विगत वर्षमा हामीले गरेका कमीकमजोरी हुन सक्छ नयाँ संरचना भएको छ नयाँ संरचना अन्तर्गत कतिपय हामीले नीतिगत कुराहरु हामीले चाहिँ एउटा नीतिगत हिसाबले नगरेको हुन सक्छ । त्यस्ता कुराहरुलाई करेक्सन गर्दै अब आउँदो दुई वर्षको बजेटलाई सबैले सहयोग गरिदिनुभयो भने सबैले साथ दिनुभयो भने सबैले सुझावहरु दिनुभयो भने कम्तीमा पनि हामीले हाम्रो परिकल्पना गरेको त्यो बाटोको काम होस चाहे शिक्षाको कुरा होस चाहे स्वास्थ्यको कुरा होस सबै कुराहरु हामीले पाउने त कुनै कांग्रेसले पाउने कुनै कम्यूनिष्टले पाउने कुनैपनि पार्टीले पाउने त होइन नि ।

त्यहाँको नागरिकले पाउने हो त्यहाँ त सबैले पाउने हो । त्यो हिसावले बुझिदिनुहोस भन्ने कुरा पनि मैले आग्रह गर्न चाहें । त्यसो भएको हुनाले अब मैलै धेरै कुराहरु मैले नभनिकन कम्तीमा पनि हाम्रो गाउँपालिकाभित्र राम्रो कामको लागि पनि तपाईहरुले कम्तीमा राम्रो काम ग¥यो भन्ने कुराहरु भयो भने हामीलाई हौसला हुन्छ । नराम्रो काम गर्दियौ भने हामीलाई कम्तीमा पनि यस्तो काम हो भनेर भन्दिनुभयो भने त्यो कामलाई हामीले करेक्सन गर्न सक्छौं ।

के छ विडम्बना मलाई के लाग्छ भने राजनीतिक हाम्रो संस्कार छ विरोधै गर्नुपर्ने त्यसलाई तपाइको चाहि मनोवल गिराउनैपर्ने भन्ने छ त्यो कुरालाई हामीले छोडिदिनुपर्छ चाहे जोसुकै मान्छे आओस् मैले भन्नुपर्ने कुरो छ उमाकुण्ड गाउँपालिकामा कुनैपनि पार्टी आएको होइन चाहे उपाध्यक्ष कांग्रेसको चाहे एमाले कांग्रेस हिजो राजनीतिक हिसावले हामीले एउटा निर्वाचन प्रक्रियाको हिसावले हामी आएपनि समग्र हाम्रो गाउँपालिका उमाकुण्ड गाउँपालिका निर्वाचित जनप्रतिनिधि हो भन्ने ढंगबाट बुझिदिनु प¥यो अब के छ भने काम गर्दै जाँदाखेरी उसको पक्षमा काम गरेको त्यसको पक्षमा काम गरेको हाम्रो सोचहरु हाम्रो ईमान्दारीताहरु त्यो नभएको कारणले गर्दाखेरि यो खालको कता न कता त्यो खालको चाहिँ हरेक कुराहरु उत्पन्न भएको हुनाले यस्ता कामलाई यस्ता कुराहरुलाई अलिकता हामीले छोडेर कम्तीमा पनि हाम्रो विकास निर्माण हाम्रो सबै कुराहरु तमाम चाहिँ चाहे कृषिका कुरा होस् चाहे स्वास्थ्यका कुराहरु होस् चाहे शिक्षाका कुराहरु होस् विकास निर्माणका कुरा होस् यसरी सबैले गर्नुपर्छ भन्ने कुराहरु चाहिँ भयो भने कम्तीमा पनि हामीले समयमै सम्पन्न गर्छौ सम्पन्न भएकै समयमा हामीले त्यसको प्रतिफल पाउन सक्छौ विकास भन्ने कुराहरु त के हुन सक्छ भने विकास समय अनुरुप हामीले गर्न सक्यौ भने छिटो हुन्छ विकास त हुन्छ नै तर ढिलो र चाँडो हुन्छ त्यसको निम्ति तमाम सबैले चाहिँ यी कुराहरुलाई सल्लाह सुझावका र सहयोग निम्ति म हार्दिक अनुरोध गर्न चाहान्छु ।

– हस त हाम्रो लागि समय दिनुभयो धेरै धेरै धन्यावाद ।

धन्यवाद मलाई पनि मेरो गाउँपालिकाको बारेमा धेरै कुराहरु यहाँ राख्न दिनुभएकोमा यो तपाईको अखबार नेपाल अनलाईन टेलिभिजन, अखबार नेपालडटकम, अखबार टाईम्स साप्ताहिकलाई र तपाई लगायत तपाईका टीमलाई पनि म हार्दिक धन्यवाद दिन चाहान्छु ।

(पुरा अन्तर्वार्ता हेर्नका लागि तलको भिडियो Click गर्नुहोला)

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *


%d bloggers like this: