एमभी दुगड समुहको दादागिरी विरुद्ध सिंगो गाउँ एक्येवद्धता छ । {भिडियो सहित}


रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका-३ का वडा अध्यक्ष रमेश कुमार सुनुवारसँग www.akhabarnepal.com का सम्पादक सुबास मुखिया सुनुवार र  क्यामेरामा मनोजसिंह बस्नेतका साथ विशेष संवाद गरिएको सम्पादित अंश ।

– रामेछाप उमाकुण्ड गाउँपालिका वडा नम्बर–३ का युवा नेता तपाई । तीन वर्ष अगाडि जनताले वडाको नेतृत्वका लागि चुनेर पठाए । यो अवधिसम्म वडाका लागि के कस्तो विकास निर्माणका कामहरु भए संक्षिप्तमा बताईदिनुहोस् न ।

हामी जव यो राज्यको संरचना अहिलेको संघीय संरचना संविधानले निर्देशन गरेको संविधानमा जारी भए अनुसार तीन तहको सरकार बनिरहेको अवस्थामा हामी पनि स्थानीय तहको सरकारले जुन निर्वाचन पद्दतिबाट हामीलाई लामो जनता आम नागरिकहरुले चाहिँ जुन लामो १९/२० वर्ष लामो समयसम्म जुन जनप्रतिनिधि विहिन भएको अवस्थामा जुन राज्यको संरचना चलिरहेको थियो । त्यो पश्चात हामीहरु राज्यले सबै संरचनालाई भंग गर्दै अहिले संघीय संरचना अनुसार जुन निर्वाचन पद्दतिबाट हामीहरु आयौं हामी निर्वाचित भएर ०७२ साल जेठ ८ गते सपथग्रहण लिईजनप्रतिनिधिको हैसियतले जनता नागरिको हितको लागि सेवा प्रवाहको लागि हामी जुन सपथ खाएर काम गरिरहेका छौं हामीलाई लाग्छ जुन नागरिकले चाहेको र नागरिकले चाहेको चाहना असिमित छन् तर पनि राज्यले एउटा अंगित गरेको राज्यले एउटा निर्देश गरेको कार्यविधि र ती नीतिभित्र रहेर जुन जनता नागरिकाहरुलाई दिनुपर्ने सेवा प्रवाहहरु छन् त्यो चाहि आजको दिनसम्म हामीले हिजोको दिनमा नागरिकहरुले पाईरहेको सेवा र हामी जनप्रतिनिधि भएर आइसकेपछि जनताले पाईरहेको सेवामा धेरै आकाश पातल फरक भईसकेको छ भन्ने हामीलाई लागेको छ । र त्यो महशुस आम नागरिकले पनि गरिरहेका छन् ।

विकासको निर्माणको कुरा भन्नुहुन्छ भने जतिबेला जुन संरचना जनप्रतिनिधि विहिन भएर चलिराखेको अवस्थामा त्यतिबेला चलिराखेको संरचना अनुसार राजनीतिक दलको भागबण्ड अनुसार विकास निर्माणका कामहरु हुन्थे त्यो सवालमा त्यहाँ भईराखेको जुन ठाउँमा छ जुन स्थानीय तह जुन राजनीतिक दलको शक्तिमा र उहाँहरुको मिलेमतो भयो भने जस्तो पनि विकास निर्माणको काम पनि चाहेर पनि उहाँहरुले गर्न सक्नु हुन्न थियो । र अहिले चाहिँ हामी जनप्रतिनिधि भएर आईसकेपछि चाहिँ फरक हिजाका दिनमा राज्यले लगानी गरेको खर्च विकास निर्माण पूर्वधारको क्षेत्रमा गरेको खर्च र अहिले निर्वाचित भएर हामी जनप्रतिनिधिको निगरानीमा भएको विकास निर्माणको क्षेत्रमा चाहिँ आकाश पातलको फरक भएको यहाँको स्थानीय नागरिकबाट नै प्रष्ट देखिन्छ । र हामीलाई पनि त्यो गर्व लागेको छ कि जनप्रतिनिधि भएर हामीले हजुरले सोधे जस्तै तीन वर्षको अन्तरालमा फरक के भयो भन्ने कुराको सवालमा त्यसमा आकाश पातलको फरक छ । हिजाका दिनमा राजनीतिक दलसँग भागबण्ड मिलापत्र गरेर विकास निर्माणको क्रममा बढीमा भए उहाँहरुले ५० प्रतिशत काम गरेर ५० प्रतिशत भागबण्डमा खाएको ईतिहास जागजाहेर छ ।

हाइड्रोपावरको कारणले गर्दा अहिले तपाईको विस्थापित हुने समुदायको अब कुरा गरि साध्य छैन यति निवेदन आएर बसेका छन् यति दिनरात कति व्यक्तिहरु रुन्छन उहाँहरुको चित्कार हामीसँग भिडियोदेखि लगेर उहाँहरुको भ्वाईस रेकर्डदेखि लगेर उहाँहरुको निवदेनको चाङ वडा कार्यालयमा चाङका चाङ छन्

अब अहिले हामी आएर यहाँ राजनीतिक कुरा गर्न सक्दैनौ तरपनि जनप्रतिनिधि भएर आउँदा हामी पनि राजनीतिक पृष्ठभूमिबाट आएको कारणले गर्दा हिजाका दिनमा राजनीतिकको कर्तव्य सिद्धान्त व्यवहारहरु विकास निर्माणको क्षेत्रमा होस त्यहाँको नागरिकको सेवाको प्रभावको क्षेत्रमा होस या त त्यहाँ जाने समुदायको सवालमा होस त्यसमा छुट्टै तरिकाले कामकुरो भईराखेको र अहिले निर्वाचित भएर जनप्रनितिधिको हैसियतले आइसकेपछि उमाकुण्ड गाउँपालिकाभित्रको पनि ३ नम्बर वाडका नागरिकले मलाई लाग्छ मलाई पूर्ण विश्वास छ हिजाको दिन र आजको दिनमा हिजोको दिनको त्यो संरचना र अहिलेको दिनको संरचनामा उहाँहरुले पाउनुपर्ने सेवा सुविधादेखि लगेर विकास निर्माणको कामकुरोदेखि लगेर चाहे त्यो विकास क्षेत्रमा होस्,चाहे त्यो स्वास्थ्यको क्षेत्रमा होस्,चाहे त्यो शिक्षाको क्षेत्रमा होस्, कृषिको क्षेत्र होस् र पर्यटनको क्षेत्र होस, जुनसुकै क्षेत्रको होस् यहाँको नागरिकले महशुस स्थानीय सरकार के हो भन्ने कुरो महशुस लिनुभएको छ । तर जनताको चाहना असिमित भएका कारणले उहाँहरुले चाहेको जस्तो प्रष्ट संघीय संरचना स्थानीय सरकारले उहाँहरुले चाहेको जस्तो भावना उहाँहरुले चाहे जस्तो विकास उहाँहरुले चाहे जस्तो अझ प्रविधियुक्त चाहे जस्तो सेवा सुविधाहरु प्रनप्त गर्न सक्नुभएको छैन । त्यसका लागि हामी पनि अलि दुःखी छौ । सायद यो पहिलो संरचना यो सिक्ने सिकिराख्यौ र हामी गरिराखेको व्यवहारको कारणले गर्दा विगतको त्यो समयमा हामीले गरिराखेका व्यवहारहरुलाई अहिलेको नयाँ संरचनाहरु गर्नुपर्दाको अलिकति फरक लागु व्यवहारमा ल्याउनुपर्दा धेरै कठिन भएको छ ।

नागरिकहरुमा पनि छ यो जनप्रतिनिधिहरुमा पुरानै नीति पुरानै ढंग पुरानैस्थितिबाट चलिरहेको राजनीतिकहरुको झन् आफ्नो स्वामित्व आफ्नो अस्तित्वमा र झन त्यसलाई कसरी आफ्नो नेतृत्वमा लिन सक्छौ भन्ने राजनीतिक टक्रावले गर्दाखेरि अप्ठ्यारो सिर्जना चाहिँ भएको छ । तपाईले भने जस्तै हामी स्थानीय जनप्रतिनिधि भएर जुन हिसावले हामी निर्वाचित भएर हाम्रो कार्यकाल सम्हाल्दै आयौ त्यो कार्यकालको जिम्मेवारी हामीले पाएको एउटा वडा अध्यक्षको हैसियतले एउटा जननिर्वाचित प्रतिनिधिको हैसियतले जुन जिम्मेवारी नागरिकहरुले हामीलाई दिएका छन् त्यो चाहिँ हामीले कर्तव्य निष्ठ भएर आज समाजमा हामीले बुझेको धेरै तरिकाले मिडिया पत्रपत्रिका लगायत हरेक क्षेत्रमा छन् । त्यसमा जनप्रतिनिधिको पदलाई दुरुपयोग गरेर कति मिडियामा समाचारहरु नआएका हैनन् आएका छन् तर पनि हामी भाग्यवस यो सवालमा छौ यहाँ नागरिकहरु भाग्यमानी पनि हुनुहुन्छ उमाकुण्ड गाउँपालिकाको हकमा त्यो अहिलेसम्म हुन सकेको छैन यहाँका नागरिकले चाहेको विकास निर्माणको सवालमा हामीलाई तत्तत् कुराहरु हामी जनप्रतिनिधि निर्वाचित भएर आएपछि केही कुराहरुमा आकाश पताल भिन्नता पाएको उहाँहरुले पाउनुभएको छ ।

– वडा नम्बर–३ का वडावासीका लागि स्वास्थ्य सेवाहरु के–के उपलब्ध छन् र स्वास्थ्य क्षेत्रका लागि भावी योजना के–के छ ?

विगत दिनमा अहिले मैले भने प्राविधिक युगले अहिले फड्को मारिराखेको अवस्थामा हिजोको दिनमा एउटा सानो कोठामा स्वास्थ्यको सेवामा प्रदान गर्दै आएको स्वास्थ्य सेवा संस्था अहिले स्वास्थ्य चौकी हुँदै हामी कल्पना गर्दै छौ प्रत्येक वाडमा अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र नै रहनुपर्छ भन्ने मान्यता सबैले त्यहाँ नागरिकको चासो हो उहाँहरुको पनि चाहना हो र हामी जनप्रतिनिधि भएको हैसियतले पनि न्यूनतम नागरिकले पाउनुपर्ने स्वास्थ्यको अधिकार छ त्यसलाई चाहि सहज र सजिलो र उहाँले छिटोभन्दा छिटो सेवा र स्वास्थ्यलाई कसरी उपयोग गर्न सक्छन् भन्ने कुरामा चाहि अहिलेको युगलाई नै टेकेर राज्यले एउटा अंगित गरेको नीति निर्देशभित्र रेहर त्यसलाई सहज र सुलभ तरिकाले पारदार्शिता रुपमा कसरी छिटोभन्दा छिटो नागरिकहरुसम्म पुर्याउन सकिन्छ र नागरिकले पनि यो लिनु पर्यो कि स्वास्थ्य क्षेत्र जस्तो संवेदनशिल क्षेत्रमा पनि जवाफदेहिता बनाउन जुन जुन संस्थामा कार्यरत कर्मचारी हुनुहुन्छ त्यसभित्रको संचालक समितिहरु र नागरिकहरु पनि जुन आफ्नो जिम्मेवारी हुनुपर्ने हो त्यसलाई चाहिँ सबै समन्वयगराएर मिलाएर एउटा स्वास्थ्य सेवा दिने सवालमा चाहिँ विगतमा जुन तरिकाले भईरहेको थियो पहिले हामीले एउटा सिटामोल खानुपर्यो भने धेरै संघर्ष गर्नुपर्ने अलिकता सुविधायुक्त अस्पताल जानुपर्यो भने टाढा खर्च गरेर हिड्नेपर्ने अवस्थालाई अब अहिले हामीले राज्यले नै एउटा स्थानीय सरकार आईसकेपछि जुन किसिमको स्वास्थ्य सेवा एउटा आधार न्यूनतम एउटा नागरिकले पाउनुपर्ने औषधिको कुराहरु र एउटा नागरिकले पाउनुपर्ने न्यूनतम उपचार वैज्ञानिका प्रविधिबाटको उपचार चाहिँ हाम्रो स्वास्थ्य चौकीबाट नै कसरी प्रदान गर्न सकिन्छ भन्ने कुरो र अहिले आएको संरचना अहिले बनेको नीति अनुसार स्वास्थ्य चौकीको व्यवस्थापन समितिको अध्यक्ष पनि स्वयं म आफै भएको कारणले म मात्रै हैन हरेक गाउँपालिकाका वडा अध्यक्षहरु गाउँपालिका अध्यक्षज्यू मेयरहरु सबै सम्बन्धित तत्तत् स्थानीयका अस्पताल या त स्वास्थ्यचौकीमा चाहि व्यवस्थापन समितिमा रहने भएका कारणले गर्दा अझ त्यसमा थप जिम्मेवारी र थप वाध्यात्मक हिसावले जुन स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामकुराहरु छन् त्यसलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउनका लागि हामीलाई जिम्मेवारी हुने भएको कारणले गर्दा अहिले स्वास्थ्यमा हामीले जादुको छडि जस्तै गरेर चाहे स्वास्थ्य क्षेत्र होस चाहे शिक्षा क्षेत्रमा होस कृषि पर्यटन अथवा भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा होस ती सबै क्षेत्रमा जादुको छडि जस्तै परिवर्तन गर्न त सक्दैनौ तैपनि अहिले स्थानीय सरकार आईसकेपछि र विगतको संरचना रहेको स्वास्थ्य संस्था क्षेत्रको सवालमा चाहिँ अहिले अलिकति परिवर्तन भएको जस्तो महसुस गरेका छौं ।

अब हामीले नयाँ नयाँ समय समयमा आउने नयाँ किसिमका रोगहरु अहिले कोरोना भाईरस कोभिड–१९ को जुन हामीले लडाई गरिरहेका छौं त्यो भन्दा अगाडि हामीले डेंगुको कुराहरु त्यसभन्दा अगाडि पनि विभिन्न महामारी भोग्दै आएको सन्दर्भमा पनि भोलिका दिनहरुमा विभिन्न विपत्तिमा पर्नसक्ने महामारीहरु त्यहाँको दैवी प्रकोपबाट हुन आउने महामारीहरुको मध्यनजर गर्दै हामीले भावी योजनामा पनि कस्तो किसिमको चाहि आइपर्न सक्छ त स्वास्थ्य क्षेत्रमा भन्ने कुरालाई मध्यनजर गर्दै हाम्रो व्यवस्थापन समितिको बैठक बस्छौ र दिनुपर्ने सरकारले न्यूनतम नागरिकले पाउनुपर्ने अधिकारको स्वास्थ्यका सेवाहरुलाई कुनै कन्ज्युस्याई नगरिकन हामीले स्वास्थ्य सेवाबाट सेवा प्रदान गरिरहेका छौ । मलाई लाग्छ स्वास्थ्यको क्षेत्रमा विगतको भन्दा अहिले हामीहरु आईसकेपछि नागरिकले चाहेको अधिकारको क्षेत्र स्वास्थ्यमा हामीले सेवा दिइरेका छौं ।

– शैक्षिक क्षेत्रको प्रसंग पनि जोडौ वडा नम्बर–३ को समग्र शैक्षिक क्षेत्रको अवस्था कस्तो छ ? वडाले प्राविधिक शिक्षालाई कत्तिको जोड दिएको छ ?

समग्र गाउँपालिको ४५ वटा विद्यालय मध्येमा हाम्रो ३ नम्बर वाडभित्र ७ वटा विद्यालय मध्ये एउटा मावि विद्यालय दुईवटा निमावि र ४ वटा चाहि आधारभुत ५कक्षाभन्दा मुनि अध्यान अध्यापन गराउने विद्यालयहरु छन् । ती विद्यालयहरुमा विशेष तपाईले उठाएका प्राविधिकको कुराहरु भयो अहिलेको यो जेनुन नयाँ टेक्नोलोजिको समय आइसकेपछि प्रविधिलाई नै कसरी फ्ड्को मार्ने र प्रविधिलाई कसरी बुझ्ने बुझाउने सवालमा पनि विकसित सहरबजारमा भईराखेको जुन शिक्षाको क्वालिटि छ र एउटा निजि विद्यालयहरुले आर्जन गरेको नयाँ शिक्षाको क्वालिटि छ यहाँको सरकारी सामुदायिक विद्यालयहरुले त्योसम्म गर्न सकेको त पक्कै छैन तरपनि हिजाको दिनमा विशेष गरी मैले अनुभव गरेको मेरो वाडमा रहेको ७ वटा विद्यालयहरुसँग अध्यापन गराउने शिक्षक ज्यूहरु पढ्ने विद्यार्थीहरु उहाँहरु सबैलाई नजिकबाट नियालेर र व्यवस्थापन समिति र एउटा विद्यालय सञ्चालन गर्न एउटा व्यवस्थापन समिति हुन्छ त्यो विद्यालय व्यवास्थापन समिति निर्माण हुँदा वखतका पदाधिकारीहरुको अवस्थाको पनि हेर्दा राजनीतिक जालोले बेरेर तेरो र मेरो भन्ने किसिमले अथवा त्यहाँ पुगेर चाहिँ म गर्छु भन्ने र अथवा त्यहाँ पुगेपछि शिक्षाको क्षेत्रलाई फड्को मारेर अलि माथि उच्च तहमा लान्छु भन्ने भन्दा पनि व्यवस्थापन समितिमा म गएर त्यहाँ मेरो नजिकको मान्छे र मेरो शिक्षक या मेरो आफन्तलाई जागिर ख्वाउन सक्छु सक्दिन भन्ने एउटा प्रविधि झाँगिएको छ त्यो झाँगिएको र त्यसलाई चाहि बढी स्थान दिइएको मैले देखे त्यसलाई निराकरण गर्नका लागि हामीले भनेजस्तै तुरुन्तै गर्न त सकिदैन ।

अरु वाडमा के छ मलाई थाह छैन तर मेरो वाडको सवालमा चाहि व्यवास्थापन समितिमा म स्वयं उपस्थित भएर विद्यालयको शिक्षाको क्षेत्र विद्यालयमा पढाउने शिक्षकको कर्तव्य विद्यार्थीहरुको अवस्था र अभिभावकको क्रियाशिलता कस्तो रहन्छ भन्ने कुरालाई बुझाएर मात्रै यी तीनवटा कुराहरु विद्यालयमा पढ्ने विद्यार्थीहरु पढाउने शिक्षक र पढाउने पठाउने अभिभावकहरु यी तीन वटा समुदायसँग हामीले एक आपसलाई दोष दिएर पन्साउने भन्दा पनि एक आपससँग समन्वय गरेर आफ्नो कर्तव्य के हो भन्ने बोध नगाराउञ्जेलसम्म शिक्षा क्षेत्रमा पक्कै पनि हामीले परिवर्तन गर्न सक्दैनौ र तुरुन्तै शिक्षामा आमुल परिवर्तन ल्याउने भन्दा पनि जुन गतिविधिले शिक्षामा अलिकति तलमाथि भइराखेको छ त्यसलाई चाहि अझ विस्तारै अगाडि बढाउनका लागि हामीले महत्वपूर्ण यी तीनवटा विषयलाई चाहि चेतना दिएर अगाडि बढाउनको लागि विद्यालयमा राजनीतिकरण नगरी अघि बढियो भने मात्रै शिक्षामा गुणस्तरमा बृद्धि हुनेछ । अव जानी नजानी प्रविधिको कुरो परै जाओस नयाँ युगमा आइसकेपछि सबै विद्यार्थीको हातमा मोबाइल चाहिँ हुन्छ तर त्यो मोबाइल चलाउँदाखेरि हामीले फोन गर्ने फेसबुक लगाउने बाहेक अन्य ज्ञानमा प्रयोग हुन सकेको छैन ।

अहिले प्रविधिको युगबाट नै एक ठाउँमा बसेर संसार अवलोकन गर्न सकिने अवस्था छ । प्रविधिबाटै सबै अनुगमन सबै बुझ्ने भन्ने प्रविधि आइसकेको बेला त्यसलाई सहि सदुपयोग गर्न नसकेको एउटा विद्यालयको व्यवस्थापन समितिको कमजोरी हुन सक्छ र हामीमा पनि त्यो कमजोरी छ । एउटा विद्यार्थी शिक्षक तथा अभिभावकलाई पनि बुझाउने नसक्नुमा धेरै कमजोरीहरु छन् । यी कमजोरी पछि लाग्नुभन्दा पनि भोलिका दिनमा यो कमजोरीबाट पन्छिनुभन्दा पनि यी सबै लागेर शिक्षाको क्वालिटि बढाउनका लागि जुन किसिमका तल्लो तहको शिक्षा अहिले हाम्रो गाउँपालिकामा जुन शिक्षाको स्तरहिन छ । त्यसलाई गुणस्तरीय बनाएर अगाडि लाने पक्षमा गाउँपालिका पनि लागेको छ र गाउँपालिकामा हामीले शिक्षालाई नै महत्व दिएर सबैभन्दा बढीभन्दा बढी बजेट शिक्षा क्षेत्रलाई नै छुट्याएका छौ । र यो अभिभावकले पनि बुझ्नुभएको छ शिक्षक कर्मचारीले पनि बुझ्नुभएको छ । शिक्षाको क्षेत्रमा वडा अध्यक्षको हैसियतले कुँभुकास्थलीमा कुन किसिमको कामकुरो अगाडि बढाईराखेको छ र कुन किसिमसम्मको कसरत गरेको छ भन्ने कुरो त्यहाँका नागरिक त्यहाका विद्यार्थी त्यहाँका शिक्षकहरुले अनुगमन गरिराख्नुभएको छ । हामीले शिक्षालाई विशेष गाउँपालिकादेखि लिएर हरेक कुरामा शिक्षाको क्षेत्रमा हामीले अलिकति जनचेतना जगाएर शिक्षाको क्षेत्रलाई हामीले मुलधारमा राखेर गुणस्तर बढाउने पक्षमा गएनौ भने हामीले चाहेका जेसुकै कुराहरु पनि पुरा हुन नसक्ने भएको हुँदा हाम्रो मुख्य तार्गेट शिक्षाको क्षेत्रमा नै लाग्नुपर्छ र त्यहाँबाट परिवर्तन गर्नुपर्छ भन्ने कुरामा वडा कार्यालय लागेको छ ।

– तपाईको वडामा पर्यटकीयस्थल कति छन् र त्यसका लागि पर्यटन प्रवद्र्धन र प्रचार प्रसारका लागि वडाले के गरिरहेको छ ? गत वर्ष तपाईकै वडाको अजमडाँडामा सफलतापूर्वक प्याराग्लाईडिङ परीक्षण पनि भयो यसको निरन्तरताका लागि वडाले के कस्तो खालको योजनाहरु ल्याउँदैछ ?

विशेषता उमाकुण्ड गाउँपालिकाको पर्यटनको क्षेत्रमा हामीले एउटा जुन उद्देश्य राखेर गाउँपालिकाबाट हामीले १९ दिने भ्रमणमा पनि निस्केका थियौ । हामी जहाँ जहाँ जुन जुन ठाउँमा गएर पर्यटकीयस्थलहरु धार्मिकस्थलहरुमा हरेक ठाउँको भ्रमण गर्यौ अवलोकन गर्न पायौ कृषिको क्षेत्रमा होस मठमन्दिरको क्षेत्रमा होस विभिन्न नेपालमा चलेका हरेक क्षेत्रको पर्यटकीय क्षेत्रमा हामी घुमेर आयौ । त्यससँग मिल्दोजुल्दो उमाकुण्डगाउँपालिकामा के चाहि सम्भव छ भन्ने कुराको अनुसन्धान गर्दा उमाकुण्ड गाउँपालिकाको १ नम्बर वडादेखि लगेर ७ नम्वर वडासम्म पर्यटनको कुरा गर्ने हो भने प्रत्येक वडामा पर्यटन प्रवद्र्धन गर्नका लागि वाह्य आन्तरिक पर्यटनलाई भित्र्याएर आन्तरिक पर्यटन बढाउ गर्नको लागि प्रशस्त साधान स्रोतहरु मठमन्दिरहरु त्यहाँका हरेक सामाजिक त्यहाँको समुदायको आफ्नो सांस्कृतिक कल्चरहरुका कुराहरु प्रशस्त छन् ।

तर हाम्रो कमजोरी एउटा कुरा के भने राज्यले त्यसलाई सञ्चालन गर्न त्यसलाई व्यवस्थित गर्न राज्यले जुन किसिमको मापदण्ड गर्नुपर्ने त्यो किसिमको गर्नुपर्ने त्यो क्षेत्रमा लगानी गर्नुपर्ने र त्यहाँबाट तुरुन्तै बेनिफिट ल्याउने जुन आर्थिक समस्या हुन्छ त्यो आर्थिकको पाटो कमजोरी भएको कारणले हामीले जस्तो सपना लियौ हामीले जस्तो चाहना लियौ जस्तो परियोजनाको निम्ति एउटा प्रस्ताव प्रयोजन बनायौ भनेपनि त्यो सम्भव हुँदो रहेन छ । त्यसको सिकार ३ नम्बर वडा पनि बनेको छ र अन्य वडाहरु पनि त्यस्तै बनेको छ । अब गुम्देलमा उमातिर्थको लागि १ नम्बर वडाले सुरु गरेको छ । २ नम्बर वडामा पदयात्राको लागि फाक्सिङ पदयात्रा रत्नज्योति बजार पार्क निर्माण भईरहेको छ । उमाकुण्डको हाम्रो ३ नम्बर वडामा पनि उम्देश्वर ठ्याक्कै खोटाङ जिल्लाको हलेसी महादेव रहेकोसँगै जोडेको कथासँग जोडिएको हाम्रो उम्देश्वर महादेवको कथा छ । त्यहाँको हामीले प्रचार प्रसार गरेर राज्यले गर्नुपर्ने दायित्व त्यसको कमजारी र त्यहाँको समुदायले आ यो केही पनि हैन भनेर लिईदिएको कारणले यस्ता पर्यटनको क्षेत्र र धार्मिक क्षेत्रको कुराहरु जति सम्भाव्यता थिए ती सबै पछि परेका छन् ।

अब प्याराग्लाइडिङको कुरा गर्नुहुन्छ भने कास्की जिल्लाको पोखरा जुन साराङकोटमा चलिराखेको प्याराग्लाईडिङ हामी घुमेर जाँदा त्यो ठाउँमा गएर मलाई प्याराग्लाईडिङ चढ्ने मौका पनि मिल्यो र म त्यो प्याराग्लाईडिङमा उड्दै गर्दाखेरि हाम्रो उमाकुण्ड गाउँपालिकाको गुम्देलको माथि लाछेवर, बाम्तीको पिके डाँडा शेर्पा हिल भन्छन् अहिले अनि हाम्रो अजमडाँडालाई सम्झिदा हाम्रोमा पनि सम्भाव्यता होला भन्दै मैले सम्झिँदै फर्किदै गर्दाखेरि भाग्यवस पोखरामा पनि प्याराग्लाईडिङ सञ्चालन गर्ने चाहि हाम्रो सुनुवार समुदायको सानुबाबु सुनुवारदेखि लगेर मिनबहादुर मुखिया हाम्रो ओखलढुंगाको सुनुवार साथीहरु पनि पाइलट हुनुहुँदोरहेछ उहाँहरुसँग सम्पर्क गरेर गाउँपालिकाबाट बजेट बिनियोजन गरेर हामीले उमाकुण्डमा प्याराग्लाइडिङको सफल परिक्षण गर्यौ । जुन हिसावले पोखरामापर्यटन चालु भएको छ । त्यसलाई व्यवहारिक रुपमा उमाकुण्डगाउँपालिकामा एकदम सम्भाव्यता ठाउँ भुगोल सबैले दिन्छ भन्ने किसिमको उहाँहरुबाट पनि एउटा प्रतिवद्धता भएको र गाउँपालिकाले नै वाह्य पर्यटन प्रवद्र्धन गर्न यसले लिनुपर्छ र कास्कीमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल त्यहाँ निर्माण हुने भएकोले त्यहाँको प्याराग्लाइडिङ चाहि हट्दै जाने भएको कारणले गर्दा हामीले छिटो राज्यले ध्यान दिएर सबैको क्षेत्रबाट लगानी गरेर लगानीकर्ताको सबैको सहयोग रह्यो भने विशेष त हाम्रो दोस्रो साराङकोट विशेषता हाम्रो उमाकुण्ड गाउँपालिका कुँभुकास्थलीलाई बनाउन सक्छौ कि भन्ने परियोजना हामीले बनाईराखेका छौं ।

विशेषता गाउँपालिकाका लगानीकर्ता र युवाहरुलाई उत्प्रेरित गराउँदै प्राथमिकता प्याराग्लाइडिङलाई दिने भन्दै प्रतिवद्धता भएका कारणले त्यहाँकै स्थानीय युवाहरुलाई नै प्याराग्लाइडिङको पाइलट बनाउने प्रशिक्षण दिएर हामी उत्पादन गर्ने र त्यहाँकै लगानीकर्ता व्यवसायीहरुलाई नै प्रेरणा गर्ने उहाँहरुलाई यातायात सवारी साधनदेखि लगेर होटल व्यवसायी सञ्चालन गर्नदेखि लगेर प्याराग्लाईडिङ सिक्नुपर्ने पाइलटहरुदेखि लिएर वडाबाट नै व्यवसायिक रुपमा अगाडि बढ्नुपर्छ भन्ने हिसावले उमाकुण्ड गाउँपालिकाको ३ नम्बर वडाले पोहोर साल पनि मैले १० लाख बजेट बिनियोजन गर्न लगाएको थिएँ कोरोनाले त्यो कार्यक्रम गर्न सकेनौ । यसपालि पनि हामीले १० लाख रुपैयाँ बजेट विनियोजन गरेका छौ । अन्यत्र संघ प्रदेशबाट पनि हामीले व्यवस्थापन गर्न सक्यौ भने र कोरोनाले साथ दियो भने यसपालि पनि हामीले व्यवासायिकरण रुपमा वाह्य पर्यटनलाई भित्र्याएर अन्तरिक पर्यटन वढावा कसरी गर्ने भन्ने कुरामा टेकेर अगाडि बढ्छौ ।

यस्तै यस्तै प्याग्लाईडिङदेखि लगेर मैले चितवनमा गएर थारु कल्चरको एउटा अध्ययन गर्न पाएँ । हाम्रो उमाकुण्ड गाउँपालिकामा पनि विश्वमा नै सुनुवार समुदायको एउटा संस्कृतिक अध्यायन गर्नको लागि सांस्कृतिक अथवा त्यो समुदायको केही कुरा बुझ्नु पर्यो नेपालको रामेछाप जिल्ला र केही ओखलढुंगा र दोलखा जिल्ला आसपासमा गयौ भने सुनुवार समुदायको टेरोटेरियल आफ्नो भूमिदेखि लिएर उहाँहरुको आफ्नो उत्पति आफ्नो समुदायको कल्चर संस्कृति सबै त्यो ठाउँमा पाउन सकिन्छ भन्ने किसिमको एउटा कुरो छ । त्यो सँगै हामीले थारु कल्चरको थारु समुदायमा देखेको जस्तै त्यो पनि सम्भव हामीले प्याराग्लाईडिङ उडाएर हाम्रो सेलेले भन्ने ठाउँमा ल्याण्डिङ गराउने ल्याण्डिङ गरेको ठाउँबाट बोर्डबाट हामीले साप्सु खोलाको बेबेरमा पुर्याईदिने र त्यहाँबाट पर्यटकहरु फर्केर जाँदाखेरी यातायात व्यवस्थापन गर्न सक्यौ भने कास्थली र कुँभुको बीचमा हामीले एउटा सुनुवार समुदायको एउटा संग्रहलाय स्थापना गर्न सक्यौ भने फर्केर आएका पर्यटकहरुले त्यसलाई सुनुवार समुदायको कल्चर अध्ययन गरेर हामीले दैनिकी त्यसलाई गर्न सक्यौ भने एउटा समुदायको पनि पहिचान र त्यसभित्र आर्थिक आय आर्जन पनि हुने र एउटा पर्यटनको क्षेत्रमा त्यसले दिगो र पर्यटनको क्षेत्रमा टेवा पुर्याउने एउटा परियोजना बनाएको छु । त्यो परियोजना गाउँपालिकामा पनि बुझाउने प्रयास गरिरहेको छु । गाउँपालिकाले त्यो परियोजनामा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । यो थोरै हामीले कल्पना गरेका र सपना देखेका कुरालाई मुखले बजाएर कुरा गर्न भन्दा पनि व्यवहारिक रुपमा लगानी गरेर छिटोभन्दा छिटो उपयोगमा ल्याउन सक्यौ भने उमाकुण्ड गाउँपालिकाको समृद्धिमा एउटा सहयोग पुग्नेछ भन्ने मलाई लागेको छ ।

– वडामा भित्रिने हरेक पर्यटकहरुका लागि खाना बस्नका लागि होटल लजहरुको व्यवस्था चाहि के कस्तो छ ?

एकदम हामीले बनाएको भिजनमा हामीले गरेको कुरामा पर्यटकलाई लिएर हामीले त्यहाँको स्थानीय समुदायको खाना खुवाएर पनि पर्यटकलाई हामीले आकर्षण गर्न सक्छौ । अहिलेको चलनचल्तीको रुपमा रहेको नेपाली खानाको रुपमा पनि त्यहाँ बनाउन सकिने ठाउँ छ । अब पर्यटकलाई व्यवस्थापन गर्ने होटल लजको कुरा भो राज्यले त्यसको व्यवस्थापन गरेर जिम्मेवरी लिएर त्यस्तो खालको वातावरण बनाइदियो भने लगानीकर्ताहरु पनि प्रशस्त भएको कारणले गर्दा अहिले चलेको सहर काठमाडौको ठमेल काभ्रेको धुलिखेल कास्कीको पोखरा बजारमा भए जस्तै जसरी त्यहाँ भएको भौतिक संरचनाहरु छन उमाकुण्ड गाउँपालिकामा हामी तयार गर्न सक्छौ । चाहे त्यो गुम्देलमा होस् चाहे बाम्ती, भुजी, गप्तेश्वर, प्रिती जुनसुकै ठाउँमा आ–आफ्नै संस्कार छ । भुजिमा हामीले पर्यटकलाई आकर्षण गराउनका लागि रामजीथान र त्यहाँको पहिरो नै काफी छ । अलि माथि गयौ भने गुप्तेश्वरको उम्देश्वर महादेवको आफ्नै ख्याति त्यहाको आफ्नै पहिचान छ । त्यस्तै प्रितीमा आयौ भने सुनुवार संस्कृतिको विशेष महत्व दिने सुनुवार समुदायकै विशेष ष्याँदर चण्डी आफ्नै अस्तित्व बोकेको एउटा धार्मिकस्थल त्यहाँ छ ।

कुँभुकास्थलीमा त्यही प्याराग्लाइडिङदेखि लिएर सुनुवार संस्कृति कल्चरको एउटा संग्राहलय र त्यही महादेव गुफालाई प्रवद्र्धन गर्न सक्यो भने त्यहाँ सम्भावना छ । त्यसैगरी बाम्तीमा गयौ भने मनोरम सौन्दर्य भएको पाखाहरु डाँडाहरु एकदमै मनोमहक बनाउने बिर्साउने ठाउँहरु छन् । त्यहाँबाट हामी गयौ भने गुम्देलको उमातिर्थ यो हाम्रो नेपाल मात्र नभईकन विशेषत इन्डियाका धार्मिक आस्था राख्ने चासो राख्ने हिन्दु धर्म मान्ने हिन्दुहरु हुनुहुन्छ । उहाँहरु पनि आप्mनौ एउटा मृतआत्म शरीरको अस्तु सेलाउनको लागि विशेष सुद्ध ठाउँ भनेकै उमातिर्थ हो भन्ने किंवदन्ती हामीले पाएका कारणले गर्दा त्यसलाई प्रचार प्रसारका लागि राज्यले महत्व दिएर त्यसलाई निर्माण गर्न सक्यौ हामीले प्रचार प्रसारको माध्यमबाट वेभसाइटबाट पर्यटनको बढावा दिन सक्यौ भने गुम्देलको त्यो उमातिर्थले ठूलो स्थान पाउनेछ ।

हामीले यसलाई तपाईले भनेजस्तो पर्यटकहरुलाई त्यहाँ गएपछि हामी सुरक्षित छौ त्यहाँ गएपछि हामीले चाहेको खाना खान पाउँछौ अथवा टिपिकल त्यहाँको समुदायको खाना पाउँछौ भन्नको लागि चाहि राज्यले एउटा वा लगानीकर्ताले चाहि आत्मविश्वासले लगानी वातावरण भयो भने तपाईले सोधेजस्तो अन्तर्राष्ट्रिय पर्यटकहरुलाई भित्र्याउनका लागि त्यस्तो केही अप्ठ्यारो छैन । हामीले उहाँहरुले चाहेजस्तो खाना उहाँले चाहेको जस्तो बस्ने ठाउँ र उहाँले चाहेको जस्तो मनोरञ्जन दिलाउनेका लागि उमाकुण्ड गाउँपालिकाको सातै वटा वडाबाट हामी कुनै कमीकमजोरी बनाएर आन्तरिक तथा वाह्य पर्यटकहरुलाई निराश भएर फर्कनुपर्ने अवस्था हुँदैन उहाँहरुले सोचेको जस्तो र उहाँहरुले पाएको जस्तो सुविधा पाएर खुशी व्यक्त गर्दै उमाकुण्ड गाउँपालिकाबाट बिदा हुनसक्नुहुन्छ ।

 

 

– अब फरक प्रसंगमा जाउँ अहिलेको चर्चित विवादमा रहेको एमभी दुगड समुहले निर्माण गरेको हाईड्रोपावर अहिले निर्माणाधिन अवस्थामा छ तपाइको वडा लगायत समग्र गाउँपालिकामा कस्तो प्रभाव पारेको छ ?

अब तपाईले महत्वपूर्ण प्रश्न गर्नुभयो यहाँले हामी नागरिकबाट जननिर्वाचित भएर जनप्रतिनिधि भएर नागरिककै अधिकार र नागरिककै सेवा प्रवाहमा जिम्मेवरी भएर सपथ खाएर यो ठाउँमा आइपुग्दै गर्दा एउटा राज्यको सम्बन्धित निकायबाट नै प्रमाण–पत्र प्राप्त गरेर जुन किसिमको एमबी दुगड हाइड्रोपावर सोलुखुम्बु र रामेछाप जिल्लाको बगिरहेको सिमानाको प्रकृतिक स्रोत प्रयोग गरेर एउटा प्रोजेक्ट सञ्चालन हुँदैछ । हामीले हाइड्रोपावर सञ्चालन गर्नको लागि विरोध पटक्कै गरेका हैन । हामी खुशी छौ यो मानेमा त्यत्रो पहाड बाँदरहरु लड्न सक्ने पहाडहरुमा दुलो खोपेर त्यहाँको भौतिक संरचनालाई नै छुट्टै बनाएर एउटा विकास निर्माण एउटा प्रोजेक्ट भएर आएर विकास गरेका छन् त्यो मानेमा हामी दुःखी पनि छौ खुशी पनि छौ । यो मानेमा दुःखी छौ हिजो विगतको दिनमा हाम्रो पुर्खाले संरचनाको रुपमा त्यो प्राकृति स्रोत त्यहाँको साधनले जिवन निर्वाह गरिराख्नुभएको थियो । प्रजेक्टले त्यसलाई चाहि एउटा दोहन गरेर हाम्रो जिवनसँग गाँसिएको एउटा संस्कार र त्यहाँको संरचना रहेको जुन जिवन निर्वाहका सवालहरु थिए त्यसलाई नै निम्याट पारेर त्यसलाई ने अब भोलि के हुने हो भन्ने स्थितिको प्रश्न उठाएर प्रोजेक्टले जुन कामकुरो गरिराखेको छ त्यो प्रति हामी एकदम दुःखी छौ । र त्यहाँको नागरिकको रोजगारको सवालमा होस त्यहाँको आयआर्जनको सवालमा होस अथवा त्यहाँबाट विद्युत निर्माण भईसकेपछि जुन किसिमले उमाकुण्डलाई चिनिने हो त्यो सवालको काम एउटा प्रोजेक्टले गरेको छ त्यो मानेमा हामी खुशी छौ ।

सिंगो स्थानीय तहको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट मेरो समुदाय कुँभुकास्थलीको हामी सबैको तर्फबाट हाईड्रोपावरलाई हामीले चुनौति दिएका छौं त्यति मात्र गरेर हाइड्रोपावर प्रोजेक्ट सम्पन्न गर्ने दिवा सपना देखेको हो भने प्लीज तपाई चुनौति भोलिबाट त्यहाँका नागरिक आन्दोलित हुनेछन् स्थानीय सरकार स्वयं हामी त्यहाँ बन्द गर्न लाग्नेछौ । नागरिकको अधिकारको कुरो कुण्ठित गर्ने न त प्रधानमन्त्रीलाई छ न त ऊर्जा मन्त्रालयलाई न त जिल्लाको प्रमुख सिडिओ या त डिएसपीलाई अधिकार छ हामी जनप्रतिनिधि स्वयंलाई छैन । हाम्रो त त्यहाँका नागरिकहरुले बोलेका कुराहरु उहाँहरुले नजानेर बोलेका कुरालाई स्पष्ट यो हो भनेर बुझाउने र उहाँले उठाएका सवालका कुराहरु यो हुन गर्नुपर्छ भन्ने सवालमा बसेको क्षेत्रको व्यक्तित्व भएको नाताले जनताको आवाज बोल्दिएका छौ यदि ती जनताको आवाजलाई कुण्ठित गरेर दमनै गरेर हामी गर्छौ भने कुरो हो भने म तपाइहरुको यो मिडियाबाट नि अनुरोध गर्न चाहान्छु हाइड्रोपावरलाई छिटो भन्दा छिटो त्यहाँका नागरिकहरुको उठेका चित्कार कुरालाई सम्बोधन गर्दै तपाईको आफ्नो प्रोजेक्टलाई नि सफल बनाएर अगाडि बढ्नका लागि मेरो व्यक्तिगत तर्फबाट मात्रै हैन सिंगो गाउँपालिकाको तर्फबाट हाईड्रोपावरलाई अनुरोध गरेका छौं ।

यो खुशी र दुखी हुने संगमको बीचमा हाम्रा नागरिकाले लगभग हाइड्रोपावरले काम गरेको ४ वर्ष लगभग भईसक्यो तीन वटा प्रोजेक्टहरु चलेका छन् दुगड लिखु वान, लिखु टु र पान ईनर्जी यी तीन वटा प्रोजेक्टबाट सोझो तरिकाबाट बुझिने भाषामा भन्नुपर्दाखेरि तीन वटा हाईड्रोपावरबाट १ सय ८३ मेगावट बराबर विद्युत निर्माण गरिने भनि नेपाल सरकारसँग सम्झौता गरेर प्रमाण–पत्र अनुमति लिएर त्यो ठाउँमा काम गरिरहेको अवस्था छ । र राज्यले नै उनीहरुलाई अनुमति दिँदाखेरि त्यहाँको समुदाय, त्यहाँको नागरिक, त्यहाँको हरेक पक्षलाई जानकारी गराएर उहाँहरुसँग स्पष्ट भएर उनीहरुसँग चाहि सहमति लिएर त्यो प्रोजेक्ट काम गर्छु भन्ने किसिमले उनले जुन सम्झौता गरेको छ । त्यसलाई चाहि आजको दिनसम्म आएर त्यो किसिमको कामकुरो नगरीकन अगाडि बढेको र प्रोजेक्टको आप्mनै दादागिरी मै नै हुँ सरकार मैले जे गर्दापनि हुन्छ अलिकति अधिकारको सवालमा नागरिकले केही कुरा उठाए भने नागरिकहरुलाई प्रशासन दमन गरेर उनीहरुलाई डराउन लगाएर थर्काएर हुन्छ कि धम्क्याएर हुन्छ पुलिस मार्फत लगाएर पक्राउ गरेर जिल्ला पुर्याउने मुद्दा दिलाउन लगाउने र उसलाई भोलिको दिनमा प्रोजेक्टको सवालमा बोल्यो भने खतरा हुने रैछ भन्ने किसिमको मनोबल गिराएर मनाभावबाट त्रसित बनाएर कामकुरो गरेको छ । त्यसको विरुद्धमा नागरिकहरुले जसरी बाहिर मडियाबाट अथवा बाहिर ठाउँमा आउनुपर्ने बोल्न नसकेपनि आफ्नो पीडा उहाँहरुको जे भएन नभएनि स्थानीय सरकारलाई उहाँहरुले मानेर जुन फोन गर्नुभयो उहाँले जुन सम्पर्कमा आउनुभयो जुन स्थानीय सरकार वडा कार्यालयमा निवेदन दिनुभयो त्यही निवेदनको आधारमा चाहि हामीले हाइड्रोपावरलाई अनुरोध गर्यौ ।

तपाईहरुले राज्यले ईगित गरेको राज्यको न्यूनतम मापदण्डलाई त प्रयोग गरेर नागरिकको कुरालाई सम्बोधन गरेर छलफल गरेर प्रोजेक्ट अगाडि बढाउनुस भन्ने हामीले पटक पटक उहाँलाई अनुरोध गर्यो त्यो पटक्कै उहाँहरु आउनुभएन उहाँले प्रशासन लाउने ठुला मन्त्री नेताको पावरै लगाउने जसरी हुन्छ फकाएर फुलाएर चोर बाटो अपनाएर हाइड्रोपावर प्रोजेक्ट सम्पन्न गराउनुपट्टी लाग्नुभयो । त्यसको विरुद्धमा अहिले हामी नागरिकहरुको अधिकार नागरिकहरुको चित्कारलाई सम्बोधन गर्ने भनेर यो ठाउँमा आउँदै गर्दा उहाँहरुको कुरोलाई व्यवस्था गरेर एउटा प्रोजेक्ट जो आफ्नो नाफा कमाउनका लागि भोलि हाम्रो नागरिकको प्राकृतिक स्रोतलाई प्रयोग गरेर उनले दोहन गरेर नाफामुलक उद्देश्य राखेर जुन काम गर्ने उद्देश्यले हाईड्रोपावर प्रजेक्ट सञ्चालन गरेको छ नि । त्यसलाई तपाईले ठिक छ गर्नुस तर त्यो गर्नका लागि त्यहाँको समुदाय त्यहाँका नागरिकलाई त चित्त बुझाएर गर्नुस न भन्ने जुन हाम्रो अनुरोधलाई पनि उसले अस्वीकार गर्दै आफ्नो दादागिरी तरिकाले पावर लगाउँदै कामकुरो गर्न लागिसकेपछि सिंगो उमाकुण्ड गाउँपालिका वडा त्यहाँको समग्र नागरिकहरु जत्ति हुनुहुन्छ उहाँहरु सबैलाई आव्हान गर्यौ अब गरेको हाम्रो हाईड्रोपावरलाई विरोध होइन उनले प्रोजेक्ट सम्पन्न गर्नुपर्छ यदि उने प्राजेक्ट सम्पन्न गर्ने हो भने यहाँको सम्पूर्ण जनतालाई चित्त बुझाएर यहाँका नागरिकले के चाहान्छन् त्यो कामकुरोलाई पुरा गर्ने हैसियत राखेर प्रोजेक्टले काम गर्छ प्रोजेक्ट सञ्चालन हुन्छ ।

यदि त्यो गर्न सक्दैन भने यहाँको स्थानीय सरकारले जिम्मा लिन्छौ आजदिनसम्म एनबी दुगड समुहले जुन लगानी गरिरहेको छ त्यो लगानीलाई पनि सुरक्षित राखेर र यहाँको नागरिकहरुलाई पनि चित्त बुझाएर यो यहाँको स्थानीय सरकारले नै हाइड्रोपावर बनाउने जिम्मा हामी लिन्छौ पनि भनेका छौं । यदि उहाँले मान्नुभएन भने त्यो हिसावले गर्दाखेरि आज हामी स्थानीय सरकार वडा कार्यालय यहाँ नागरिकहरु यहाँका प्रभावित नागरिकहरु सबै एक भएर अब यो प्रोजेक्टको जुन किसिमको उहाँको आफ्नो दादागिरी छ उहाँको आफ्नो जुन तरिकाले काम गरेर चाहिँ सम्पन्न गरेर यहाँका नागरिकको अधिकारलाई एउटा विकासको नाममा हामीत विकास गर्न आएका छौ नि तपाईको गाउँमा हामीले रोड ल्यायौ सायद हामी नआएको भए रोड आउँदैनथ्यो भन्ने एउटा बच्चलाई ललिपप देखाएर रुने बच्चालाई फकाउने प्रायास गरे जस्तै हाईड्रोपावरले त्यो गरेको हुँदा हामीले स्पष्ट भनेका छौं राज्यको नीतिभित्र रहेर राज्यको मापदण्डमा रहेर जुन पिच रोडबाट धुले सडक प्रायोग गरेर हाइड्रो पावल सञ्चालनमा आउँछ नि त्यो धुले सडकदेखि निर्माणस्थलसम्मको पीच रोड कम्प्लेट गरिदिनुस त्यसमा तपाईले ओके गर्नुस अर्को कुरो यहाँभित्रका स्वास्थ्य क्षेत्रमा हाम्रो उमाकुण्ड गाउँपालिका अर्को लिखुपिके गाउँपालिका सोलुखुम्बुको छ दुई वटा स्थानीय सरकारको दुई ठाउँमै यहाँको सुविधा सम्पन्न एउटा अस्पताल निर्माण गरिदिनुस त्यहाँ दक्ष जनशक्ति राखिदिनुस सबै आधुनिक मेशिनको व्यवस्था गरिदिनुस त्यो पुरा गर्नुभयो तपाई स्वास्थ्य क्षेत्रमा ।

शिक्षाको क्षेत्रमा जुन जुन हिसावबाट यहाँको आवश्यकता छ यहाँको पूर्वधार यहाँको परिवेश अनुसार कुन कुन शिक्षाको क्षेत्रमा विद्यालयको भवन बनाउनुपर्छ कि विद्यालयमा शिक्षकको कमीले विद्यार्थीको पठनपाठनको कमी भएको छ भने शिक्षक व्यवस्थापन गरिदिने कुराहरु त्यो सबै गर्दिनुस शिक्षको क्षेत्रमा त्यसरी सम्झौता गरेर जाऔ र नागरिकहरुको जग्गा जमिन प्रयोग गरेर नागरिकको चाहिँ सबै भुगोललाई निम्याट पारेर प्रोजेक्टले प्रयोग गर्दैछ नि त्यसको उचित मुल्यांकन गरेर नागरिकलाई समान तरिकाले उचित मुआब्ज दिनुपर्यो । रोजगारको सवालमा उमाकुण्ड गाउँपालिकाभित्र रहेका युवाहरु त्यहाँभित्र रहेको क्षमता अनुसारको त्यहाँ चाहेको आफ्नो क्षमता र कला अनुसारको सिप भएका नागरिकलाई रोजगार दिनुपर्यो । यि यस्ता कुराहरुमा हामी बसेर छलफल गरौ । त्यसपछि तपाईको प्राजेक्ट पनि सफल भएर जाने यहाँको नागरिकहरुले पनि चित्ता बुझाउने अब हाइड्रो पावरको कारणले गर्दा अहिले तपाईको विस्थापित हुने समुदायको अब कुरा गरि साध्य छैन यति निवेदन आएर बसेका छन् यति दिनरात कति व्यक्तिहरु रुन्छन उहाँहरुको चित्कार हामीसँग भिडियोदेखि लगेर उहाँहरुको भ्वाईस रेकर्डदेखि लगेर उहाँहरुको निवदेनको चाङ वडा कार्यालयमा चाङका चाङ छन् गाउँपालिकाको एउटै धारणा हामी वडा प्रभावित वडा भएका कारणले हामीबाट कुराहरु उठे र हाम्रो मुख्य अंग भनेको गाउँपालिका सिंगो स्थानीय सरकार नागरिकको अधिकारलाई कुञ्छित गरेर प्रोजेक्ट निर्माण गर्न दिँदैनौ भन्ने कुरोमा हामी पुगेका छौं ।

अघि मैले व्यक्त गरेको कुराहरुलाई टेबुलमा बसेर हाइड्रोपावर ओके हुन तयार हुनुपर्यो त्यो अनिवार्यता राज्यमा उसले प्रमाण–पत्र लिँदाखेरि त्यो कुराहरु सबै पुरा गर्छु भनेर अनुमति लिएको छ । ताकी त्यति अनुमति लिएर न्यूनतम सर्त पुरा गरेर काम गर्नुस भनेर हामीले हाइड्रोपावरलाई अनुरोध गरेका छौ । यदि त्यसरी अटेर गरेर नै मन्त्रालयको उर्जामन्त्री विद्युत प्राधिकरणको एमडी अथवा प्रधानमन्त्री मन्त्रीपरिषद र जिल्ला सिडिओ कार्यालय डिएसपीलाई पावर लगाएरै प्रोजेक्ट बनाउँछु भन्ने दम्ब राखेर अगाडि बढ्छु भन्यो भने हामीले सिंगो स्थानीय तहको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट मेरो समुदाय कुँभुकास्थलीको हामी सबैको तर्फबाट हाईड्रोपावरलाई हामीले चुनौति दिएका छौं त्यति मात्र गरेर हाइड्रोपावर प्रोजेक्ट सम्पन्न गर्ने दिवा सपना देखेको हो भने प्लीज तपाई चुनौति भोलिबाट त्यहाँका नागरिक आन्दोलित हुनेछन् स्थानीय सरकार स्वयं हामी त्यहाँ बन्द गर्न लाग्नेछौ । नागरिकको अधिकारको कुरो कुण्ठित गर्ने न त प्रधानमन्त्रीलाई छ न त ऊर्जा मन्त्रालयलाई न त जिल्लाको प्रमुख सिडिओ या त डिएसपीलाई अधिकार छ हामी जनप्रतिनिधि स्वयंलाई छैन । हाम्रो त त्यहाँका नागरिकहरुले बोलेका कुराहरु उहाँहरुले नजानेर बोलेका कुरालाई स्पष्ट यो हो भनेर बुझाउने र उहाँले उठाएका सवालका कुराहरु यो हुन गर्नुपर्छ भन्ने सवालमा बसेको क्षेत्रको व्यक्तित्व भएको नाताले जनताको आवाज बोल्दिएका छौ यदि ती जनताको आवाजलाई कुण्ठित गरेर दमनै गरेर हामी गर्छौ भने कुरो हो भने म तपाइहरुको यो मिडियाबाट नि अनुरोध गर्न चाहान्छु हाइड्रोपावरलाई छिटो भन्दा छिटो त्यहाँका नागरिकहरुको उठेका चित्कार कुरालाई सम्बोधन गर्दै तपाईको आफ्नो प्रोजेक्टलाई नि सफल बनाएर अगाडि बढ्नका लागि मेरो व्यक्तिगत तर्फबाट मात्रै हैन सिंगो गाउँपालिकाको तर्फबाट हाईड्रोपावरलाई अनुरोध गरेका छौं । यदि त्यस्तो किसिमको कामकुरो भएन भने हाईड्रोपावर चल्दैन जति लगानी भएर गरेका छ त्यो लगानीलाई सुरक्षित गर्दै स्थानीय सरकारले नै जिम्मेवारी लिएर जनताको अधिकार सुनिस्चित गर्दै हाईड्रोपावर स्थानीय सरकारले सम्पन्न गर्ने पनि हामीले उहाँहरुलाई चुनौति दिइरहेका छौ ।

– अन्त्यमा हामीले पर्यटकीयस्थल र धार्मिक स्थलको कुरा पनि गर्यौ हाईड्रोपावरसँग सम्बन्धित रहेर संवाद पनि ग¥यौं समग्र गाउँपालिकाको विकासका लागि संघीय सरकारले विकास समृद्धिका लागि के गरिदिएहुन्थ्यो जस्तो लाग्छ तपाईलाई ?

अब यहाँनेर शक्ति दुरुपयोग हामीले स्पष्ट भन्दाखेरि शक्ति दुरुपयोग संविधानले स्पष्टसँग संघको अधिकार के हो ? प्रदेशको अधिकार के हो ? स्थानीय सरकारको अधिकार के हो ? विधानमा ईंगित गरेर कार्यविधि यसको निर्देशिका सबै हामी तत्तत् कारणले हाम्रो हातहातमा आईसकेका छन् । तर जुन किसिमले हामीले आपेक्ष राखेर हामीले आ–आप्mनो तहलाई जुन किसिमले व्याख्या गर्दै अगाडि बढिराखेका छौ नि त्यो चाहि शक्तिको दुरुपयोगले आफ्नो नातावाद कृपावादको कुराहरु धेरै बाहिर आएका छन् अहिले नेता भन्नै लाजमर्दो किसिमको नेताहरुले देश खाए सिद्धाए भन्छन अब यसलाई सफल कुशल नेतृत्व भन्ने आवश्यकता आईसक्यो देशमा । राजनीतिकको नेतृत्व गरेर नेता बन्नुभन्दा पनि कुशल र सबै कुरोको सिपमा दक्ष भएर नेतृत्व लिनुपर्छ भन्ने कुरा अब हामीले पनि त्यसलाई सोचमा परिवर्तन गर्नुपर्ने समय आईसकेको छ ।

स्थानीय तहलाई सबै अधिकार आएका छन् तर त्यो अधिकारलाई संघको भनेर संघको एउटा मन्त्री अथवा संघको एउटा सांसदले तपाई त्यसलाई सहयोग गर्दिनुस भन्दै माथिबाट स्थानीय तहको एउटा प्रतिनिधिलाई फोन आउँछ भने बाध्यताकारी भयौ नि चाहेर पनि स्थानीय सरकारले पाएको अधिकारको कुरोलाई हामीले लागु त गर्न सकेनौ नि । अब यहाँ संघीयताको यो कानुन बनाउने पनि यहि राजनीतिक दलका नेताहरु यसैलाई विरोध गर्नेहरु पनि त्यही राजनीतिक दलका नेताहरु अब यसलाई मेरो शर्त भयो भने यसलाई ओके गर्नुपर्छ मेरो भने जस्तो भएन भने यसको विरोध गर्नुपर्छ भन्ने किसिमको यो भित्र भएको कारणले संघीयता भोलि धरापमा पर्यो भनेर जहाँ गएर संघीयतालाई ओके भनेर विधानमा हात उठाएर सहमत दिएर भोट दिएर जुन संविधानहरु आए अहिले जुन संरचनाहरु बने अब त्यसमा आफ्नो अनुकुल नहुँदै गर्दा अब यसको बिरोध गर्नुपर्छ यसले टिक्दैन भन्ने कुरो त्यही समुह नै बाहिर आएको कारणले गर्दाखेरि हामीलाई अलि धेरै अप्ठ्यारो समस्याहरु छन् । मैले नागरिकहरुले बुझ्ने भाषामा आफ्नो जिम्मेवारी आफ्नो दायित्व स्पष्ट यो नजानेका मान्छेहरुले नबुझेर आँखा छल्नका लागि मात्र बनेर आएको विधान संविधान कानुनहरु त हैन नि । त्यो त पक्कै कसैको हित कसैको अहित बनेर बनेको त छैन नि। अब संघले पनि हामीलाई आपेक्षा राखेको ठाउँमा उहाँले स्थानीय सरकार छ र स्थानीय सरकारले नि संघको नि आप्mनो दायित्व यो छ हाम्रो यो जिम्मेवारीहो भन्ने किसिमले गर्दै गयौ भने हामीलाई त्यो अवस्था सिर्जना हुन सक्दैन ।

अघि तपाईले सोधे जस्तै मैले हाइड्रोपावरको अलिकता कुरा छुटाए छु हाईटेन्सनको बारेमा अहिले यो राष्ट्रिय मिडियाबाट नागरिकहरुको कानसम्म स्पष्ट पुर्याउने पर्ने र हामीले नि बुझाउनुपर्ने भएको कारणले गर्दा मैले अलिकता समय लिएर भन्न चाहे तीन वटा हाईड्रोपारको १ सय ८३ मेगावटको विद्युत निर्माण हुँदैछ तर राज्यलाई नै चुनौति दिएर केही अंश ऊर्जा मन्त्रालयको ऊर्जा केही सचिव विद्युत विकासको केही एमडी र हाईड्रोपावरको सञ्चालकहरु र तत्तत् जुन जुन क्षेत्रका मान्छेहरु हुन हामीलाई लाग्छ मन्त्रीपरिषदको क्याविनेटबाट निर्णय भएर आउँछ त्यो मन्त्रीपरिषदमा बस्ने मन्त्रीपरिषदका बैठकका मन्त्रीज्यूहरु को को हुनुहुन्छ अब हामी त्यो खोज्दैछौ त्यहाँसम्म जाँदैछौं । १ सय ८३ मेगावट बराबरको हाईटेन्सन लाईन केबी १ सय ३२ केबी पहिला त अनुमति २ सय केपी प्रशारण लाईन डबल सर्किट भनेर लिनुभएको रहेछ उहाँहरुले पछाडि उहाँहरुको अनुकुलतामा बनाउनका लागि राज्यलाई ठग्ने त्यहाँका नागरिकलाई ठग्ने हैसियतले चाहिँ २ सय केबी डबल सर्किटको विद्युत प्रशारणको लाईनलाई घटाएर १ सय ३२ को उनीहरुले चोर बाटो अपनाएर त्यो लाइसेन्स लिएका छन् अर्को कुरो के गरे १ सय ८३ मेगावाट बराबरको विद्युत गुड्दैछ तर त्यहाँ हाईटेन्सन लाईन कस्तो बनाउने भनेर जानकारी नदिईकन १ सय ३२ डबल सर्किट लाईनको २९.४ मेगावटको मात्र हाईटेन्सन लाईन विस्तर गर्ने भनेर वडा कार्यालयमा आएर उहाँहरुले वातवरणीय प्रभाव मुल्यांकनको यायी प्रतिवेदनको लागि उहाँले यायीय मुल्यांकन अनुसन्धान गर्नका लागि अनुमति लिनुभयो हामीले ल ठिक छ गर्नुस भनेर त्यो पत्र दिएकोलाई आधार बनाएर सिधै १५ दिनको सुचना भएर आएको थियो एकदिन एक घण्टा एक सेकेन्ड पनि छलफल नगरीकन सिधै उनीहरुको मातहतमा बनाएर पाँच महिनाभित्र आईटेन्स लाईन बनाउने भन्ने किसिमको हाइटेन्सन बनाइदिन सहयोग गरिदिनु भनेर पत्र लिएर आउनुभयो उहाँहरुले हामीले भन्यो भोलि त्यहाँको स्थानीय नागरिक त्यहाँको प्रभावित जनताहरुको जिवनसँगको कुरा छ उहाँहरुको जीवनसँग गाँसिएको संस्कृति त्यहाँको वातावरणीय प्रभावहरुको कुराहरु छन् यो हामीले गलत तरिकाले आँखा चिम्लेर बस्यौ भने भोलि हाम्रो पछिल्लो पुस्ताका हामी जस्ता नागरिकहरुले ठुलो पिडा पाउनेछन् भनेर अहिले हामीले त्यहाँ कुरा गर्यौं मैले सोधे उनीहरुलाई प्रश्न गरें तपाईको ५१ मेगावाट पावर निर्माण हुने हाईड्रोपावरबाट २९.४ मेगावटको राखेर हाईटेन्सन लाईन विस्तार गर्दैछौ भन्दैखेर ठिक छ फिजिबल भएन रे ५१ मेगावटको अनुमति लिएको तर फिजिबिलिटी नभएर हामीले २९.४ गर्यो भनि कि उहाँहरुले हाईटेन्सनलाई विस्तार गरेर नेपाल सरकारको नीति के रहेछ ३० मेगावटभन्दा तलको हाइटेन्सन लाईन विस्तार गर्नुपर्यो भने चाहिँ वातावरणीय प्रभाव मुल्यांकन गर्नु नपर्ने फेरि त्यसको जिम्मेवारी सबै नेपाल सरकारले लिनुपर्ने नेपाल सरकारले हाईटेन्सन लाईन बनाईदिनुपर्ने अनि त्यो मुअब्जादेखि लिएर सबै नेपाल सरकारले ब्यहोर्नुपर्ने १ सय ८३ मेगावट विद्युत उत्पादन गरेर जाने प्रोजेक्टले सरकारसँग मिलेमतो गरेर ब्रिफकेशमा पैसा लगेर पावर पावर ठाउँमा पैसा पुर्याएर सात अरब लगानी हुने रैछ भने चार अरब खर्चमा गर्ने एक अरब ब्रिफकेशमा बुझाएर तीन अरब चाहि हामीले जोगाउने भन्ने किसिमको नियत प्रयोग गरेर उहाँहरु त्यो हाइटेन्सको लाईन बनाउने जुन कर्तुत गरे त्यसलाई चाहि हामीले बेलैमा थाहा पाएर खबरदार १ सय ८३ मेगावट लाईनको विस्तार हुँदैछ । २९.४ ढाँट कुन कुन मन्त्री कुन कुन विभाग बसेर तपाईले यो कुन किसिमले प्रयोग गरेको छ । अहिले ५१ मेगावाटकै अनुमति लिएर प्रोजेक्ट कामकुरो भइराखेको छ उहाँहरुले बाहिरी रुपमा चाहि जानकारी नदिई नागरिकलाई जानकारी नदिई स्थानीय सरकारलाई पनि जानकारी नदिने सरोकारवालाहरुलाई पनि जानकारी नदिइकन जनतालाई छलेर त्यहाँको १५ प्रतिशत जुन शेयर त्यहाँको स्थानीय जनसमुदायलाई दिनुपर्ने शेयरमा पनि त्यो अनैतिक तरिकाले लगानीको नक्कली लगानी देखाएर चाहिँ बदमासी गर्ने काम गरेको छ । त्यही भएर हामीले त्यो हाईटेन्सन लाईनलाई पनि अहिलेको कुनै कामकुरो गर्न नदिइकन रोकेका थियौ ।

तर फेरि हाईड्रोपावरले के गर्यो राजनीतिक दलका युवाहरुलाई प्रयोग गर्ने हाम्रो नजिक रहेका साथीहरुलाई प्रयोग गर्ने समाजमा जुधाइदिने झगडा गराउने अनि त्यहाँबाट फाईदा लिएर उनले त्यहाँबाट काम लिएर नागरिकलाई नै कुण्ठित गर्ने कामकुरो उसले गर्यो । अहिले भर्खर मात्रै त्यहाँका युवायुवासँग झगडा गराएर एउटा युवा गएर ठेक्का लिएर काम गर्ने अर्को युवा गएर हाम्रो अधिकार दे भनेर बन्द गर्ने ती युवा युवाबीच जुधाएर अहिले द्वाद्वा मच्चाएर मुद्दा हालाहालको अवस्था भएको छ । मैले भनेको छु सबै जिम्मेवारी जो घाटा खान्छ हाईड्रोपावरकै कारणले भएको हाईड्रोपावरले व्यहोर्नु परो जो आन्दोलन गरेर घाइते हुन्छन हाइड्रोपावरकै कारणले भएको त्यसको उपचार खर्च सबै हाइड्रोले गर्नुपर्यो यस्तो किसिमको नजायज कामकुरो गरेर व्यवहार गर्ने कुरा हुन्छ समाजमा द्वन्द्व लिएर हाईड्रोपावर सक्सेस गर्छु भन्ने सपना देखेको हो भने पटक्कै कदापि उमाकुण्डगाउँपालकिाको अब सचेत नागरिकहरु त्यहाँको सचेत जनप्रतिनिधि हामीहरु र त्यहाँको सरोकारवालाहरु सबैलाई हामीले हार्दिका आव्हान गरेका छौ यो हाईड्रोपावरको दादागिरी जुन एउटा राज्यलाई चुनौति दिएर म सकेण्ड राज्य हुँ भन्ने किसिमले कामकुरो गरेको छ । त्यो चाहि नागरिक र त्यहाँको जनताको अहितमा छ । नागरिकको चित्ता बुझाएर काम गर्नको लागि हाम्रो समन्वय हाम्रो अनुरोध हो । यदि त्यो गरेन भने प्रजेक्ट आफुलाई नै घाटा हो यो हिसावले हामीले काम गरेका छौं ।

– हस त समय र संवादको लागि यहाँलाई धन्यवाद ।

यो हाम्रो महत्वपूर्ण कुराहरु नागरिकको कानसम्म नागरिकको आफ्नो मन मस्तिष्कसम्म पुर्याउने जुन तपाईहरुको यो माध्यमबाट तपाईले हामीलाई यो एउटा मौका समय दिनुभयो यो समय दिएकोप्रति सिंगो कुँभुकास्थलीको नागरिकको तर्फबाट सिंगो उमाकुण्ड गाउँपालिकाको सम्पूर्ण नागरिकहरुको सबै सरोकारवालाहरु र स्वयं हामी जनप्रतिनिधिहरु सबैको तर्फबाट यो तपाईको मिडियालाई धन्यवाद दिन चाहान्छु ।

र यो पनि पढ्नुहोस्ः विकास भन्ने कुरा दुई वटा हुँदो रहेछ एउटा देखिने विकास अर्को नदेखिने विकास

{भिडियो सहित}

{पुरा भिडियोको लागि }



Leave a Reply

Your email address will not be published. Required fields are marked *


%d bloggers like this: