भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट १९९ जनाको मृत्यु
वि.सं.२०७७ चैत १० मंगलवार १४:०२
1.8K
shares
एजेन्सी: भारतमा कोरोना संक्रमणका कारण कूल एक लाख ६० हजार १६६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको हो । भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट १९९ जनाको मृत्यु भएको हो ।
गत २४ घण्टाको अवधीमा ४० हजार ७१५ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड १६ लाख ८६ हजार ७९६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
कूल संक्रमितमध्ये तीन लाख ४५ हजार ६४६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड ११ लाख ८१ हजार २५३ जना संक्रमणमुक्त भएका छन् ।
भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म चार करोड ८० लाख भन्दा बढीले खोप लगाइसकेका छन् । त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ ।
यो पनि पढ्नुहोस् :
‘हनी ट्रयाप’मा फसाई रकम असुल्ने दुई महिला पक्राउ
वि.सं.२०७७ चैत १० मंगलवार १४:०२



















