मंसिर ११ र १२ गते देशैभर भिटामिन ‘ए, कार्यक्रम सञ्चालन
वि.सं.२०७७ मंसिर ११ बिहीवार १४:५९
2K
shares
काठमाडौं: नेपाल सरकारले मंसिर ११ र १२ राष्ट्रिय रुपमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाको लागि निःशुल्क भिटामिन ‘ए, जुका विरुद्धको औषधि अल्बेण्डाजोल र बहु–सूक्ष्मपोषक तत्वको मिश्रण बालभिटा खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ।
अर्धवार्षिक रुपमा सञ्चालन हुने यो कार्यक्रम चालु आर्थिक वर्षको प्रथम चरणको रुपमा यही २०७७ मंसिर ११ र १२ गतेका दिन देशैभर निःशुल्क वितरण गरिँदै छ।
भिटामिन ए वितरण कार्यक्रम अन्तर्गत भिटामिन ए क्याप्सुल, जुका विरुद्धको औषधि अल्बेण्डाजोल ट्याबलेट र बहु–सूक्ष्मपोषक तत्वको मिश्रण बालभिटाले रोग प्रतिरक्षा शक्ति बढाउने र श्वासप्रश्वास सम्बन्धी रोगलाई रोकथाम गर्न सहयोग पुर्याउँछ ।
राष्ट्रिय अभियान अन्तर्गत ६ महिनादेखि १२ महिना उमेर समूहलाई आधा क्याप्सुल (१ लख आइयु) र १२ महिनादेखि ५ वर्षसम्मलाई एक क्याप्सुल ( २ लाख आइयु) भिटामिन ए वितरण गरिन्छ।
त्यस्तै, १२ महिनादेखि २ वर्षसम्म आधा ट्याबलेट ( २०० एमजी) र २ वर्षदेखि ५ वर्षसम्म उमेर समूहलाई एक ट्याबलेट (४०० एमजी) जुका विरुद्धको औषधि अल्बेण्डाजोल वितरण गरिन्छ। ६ महिनादेखि २ वर्ष उमेर समूहका बालबालिकालाई बहु–सूक्ष्मपोषक तत्वको मिश्रण बालभिटा पनि वितरण गरिन्छ ।
यद्यपि यस्ता औषधि वा पोषक तत्वहरु बालबालिकालाई खुवाउँदा बालबालिकामा दीर्घरोग, खुवाउन नमिल्ने अवस्था वा अन्य स्वास्थ्य समस्या आदिको मूल्यांकन गरेर तालिमप्राप्त स्वास्थ्य सेवाप्रदायकको सल्लाह लिनुपर्छ।
यो पनि पढ्नुहोस् :
वि.सं.२०७७ मंसिर ११ बिहीवार १४:५९



















