२८ वर्षीया महिलाले जन्माईन एकैपल्ट पाँच शिशु
वि.सं.२०७७ असोज १९ सोमवार १७:२६
2K
shares
काठमाडौंः नेपालमा एक महिलाले एकैपटक पाँच जना शिशुलाई शल्यक्रियामार्फत् जन्म दिएकी छिन् ।
थापाथलीस्थित परोपकार प्रसुति गृहमा २८ वर्षीया एक महिलाले ५ जना शिशुलाई जन्म दिएकी हुन् ।
नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले ५ वटा शिशुलाई जन्म दिएकोमा चार जना जीवित रहेको र एक जना शिशुको गर्भमैै मृत्यु भएको थापाथलीस्थित परोपकार प्रसुति गृहले जानकारी दिएको छ ।
स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत सोमबार बिहान मृतसहित ५ शिशुको जन्म भएको हो ।
वि.सं.२०७७ असोज १९ सोमवार १७:२६




















