रणनीतिक साझेदारिताबारे चीन र दक्षिण कोरियाका राष्ट्रपतिबीच बेइजिङमा भेटवार्ता
वि.सं.२०७६ पुस ८ मंगलवार ०९:११
1.3K
shares
एजेन्सी: चीनका राष्ट्रपति सि चिनफिङले दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता गरेका छन् । बेइजिङ्स्थित ग्रेट हल अफ पिपुलमा उनीहरू बीचमा भेटवार्ता भएको अधिकारीले जनाएका छन् ।
आफूहरूका बीचमा रणनीतिक साझा साझेदारिता, ठोस चासो र मुख्य सरोकारका विषयमा एक अर्कालाई सघाउने र उच्चस्तरीय दुई पक्षीय सम्वन्धलाई थप सुधार गर्दै लैजाने लगायतका विषयमा छलफल भएको सिले बताए । चीन-जापन-दक्षिण कोरियाका शीर्ष नेताहरूको आठौँ बैठकमा सहभागी हुन मुन चीन आएका हुन् । चीनको दक्षिणपश्चिमी शहर छेन्दुमा मंगलबार सो बैठक हुन लागेको छ ।
वि.सं.२०७६ पुस ८ मंगलवार ०९:११



















