YouTube Link

आन्ड्रेज बाबिसको राजीनामा माग गर्दै विशाल प्रदर्शन

Khanepani Dhal
Facebook Link

एजेन्सी: युरोपेली मुलुक चेक रिपब्लिकमा प्रधानमन्त्री आन्ड्रेज बाबिसको राजीनामा माग गर्दै विशाल प्रदर्शन भएको छ । मिलियन मोमेन्ट्स अफ डेमोक्रेसी ग्रुपले आपराधिक गतिविधिमा संलग्न भएको र राष्ट्रघात गरेको आरोप लगाउँदै प्रधानमन्त्री बाबिसको राजीनामा माग गर्दै विशाल प्रदर्शन गरेको हो ।

राजधानी प्रागमा भएको प्रदर्शनमा २ लाख ५० हजारभन्दा बढी मानिस सहभागी भएका छन् । प्रदर्शनकारीहरुले आपराधिक गतिविधिमा संलग्न र राष्ट्रघातको आरोप लागेका व्यक्ति पदमा बस्न नहुने भन्दै राजीनामा माग गरेका छन् । चेक रिपब्लिकमा भएको प्रदर्शन सन् १९८९ पछिकै विशाल भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रधानमन्त्री बाबिसमाथि युरोपियन युनियनले दिएको २ मिलियन युरो अनुदान हिनामिना गरेको आरोपमा अनुसन्धान भइरहेको छ । उनले सो रकम आफू सत्तामा आउनु अघि सन् २०१७ मा दुइवटा कोषमा ट्रान्सफर गरेका थिए । यद्यपी प्रधानमन्त्रीले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । प्रदर्शनकारीहरुले भने प्रधानमन्त्रीले राजीनामा नदिएसम्म प्रदर्शन जारी रहने चेतावनी दिएका छन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

वि.सं.२०८१ माघ ८ मंगलवार १०:३३

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग...

आजबाट नयाँ वर्ष इस्वी संवत् २०२५ प्रारम्भ

आजबाट नयाँ वर्ष इस्वी संवत् २०२५ प्रारम्भ

वि.सं.२०८१ पुस १७ बुधवार ०७:३५

काठमाडौं: ग्रेगोरियन पात्रो अनुसार आजबाट नयाँ वर्ष इस्वी संवत् २०२५...

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना, २८ जनाको मृत्यु

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना, २८ जनाको मृत्यु

वि.सं.२०८१ पुस १४ आइतवार ०८:१४

एजेन्सीः दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ जना सवार विमान...

भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी ५ दिने भ्रमणमा नेपाल आउँदै

भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी ५ दिने भ्रमणमा नेपाल आउँदै

वि.सं.२०८१ कात्तिक २९ बिहीवार १२:०५

काठमाडौं: भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउने...

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै, कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने अनुमान

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै, कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने अनुमान

वि.सं.२०८१ कात्तिक २० मंगलवार ०८:५०

काठमाडौं: अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ ।...

इजरायली हवाई आक्रमणमा परी पूर्वी लेवनानमा ६० जनाको मृत्यु

इजरायली हवाई आक्रमणमा परी पूर्वी लेवनानमा ६० जनाको मृत्यु

वि.सं.२०८१ कात्तिक १३ मंगलवार १२:३६

एजेन्सी: लेवनाको पूर्वी बेका उपत्यकामा इजरायली हवाई आक्रमणमा परी दुई...