Texas College
YouTube Link

इरानले जमिनबाट क्षेप्यास्त्र प्रहार गरी अमेरिकी सेनाको ड्रोन खसालेको अमेरिकाको आरोप

Facebook Link

एजेन्सी: स्ट्रेइट अफ होर्मुजमाथिको अन्तर्राष्ट्रिय आकाशमा रहेको अमेरिकी सेनाको एउटा ड्रोनलाई इरानले क्षेप्यास्त्र प्रहार गरेर खसालेको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

इरानको इस्लामिक रिभोलुसन गार्डस् कोर (आइआरजिसी)का अनुसार ड्रोन इरानी आकाशभित्र बिहीवार विहान प्रवेश गरेकाले खसालिएको बताइएको छ । आइआरजिसीका कमान्डरले उक्त घटनाले अमेरिकालाई स्पष्ट सन्देश दिएको बताएको इरानका सरकारी संचारमाध्यमले जनाएका छन् । अमेरिका र इरानबीच तनाव चुलिरहँदा यो घटना भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिवले बुधबारनै तेहरानले आफ्नो आकाशमा बिना अनुमति उडान नदिने बताएका थिए । सोमवार अमेरिकी रक्षा मन्त्रालयले इरानी सुरक्षाबलले उत्तेजक व्यवहार देखाएको भन्दै थप एक हजार अमेरिकी सेना त्यसतर्फ खटाउने बताएको थियो । अमेरिकाले इरानलाई गल्फ अफ ओमानमा दुईवटा पेट्रोलियम तेल ट्याङ्करमाथि हमला गरेको आरोप लगाएको छ । इरानले भने उक्त आरोपलाई अस्वीकार गर्दै आएको छ ।

यता अमेरीकाको ड्रोन खसालेर इरानले निकै ठूलो गल्ती गरेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

वि.सं.२०८२ फागुन १० आइतवार १४:१५

एजेन्सीः पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ ।...