YouTube Link

इरानले जमिनबाट क्षेप्यास्त्र प्रहार गरी अमेरिकी सेनाको ड्रोन खसालेको अमेरिकाको आरोप

Facebook Link

एजेन्सी: स्ट्रेइट अफ होर्मुजमाथिको अन्तर्राष्ट्रिय आकाशमा रहेको अमेरिकी सेनाको एउटा ड्रोनलाई इरानले क्षेप्यास्त्र प्रहार गरेर खसालेको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

इरानको इस्लामिक रिभोलुसन गार्डस् कोर (आइआरजिसी)का अनुसार ड्रोन इरानी आकाशभित्र बिहीवार विहान प्रवेश गरेकाले खसालिएको बताइएको छ । आइआरजिसीका कमान्डरले उक्त घटनाले अमेरिकालाई स्पष्ट सन्देश दिएको बताएको इरानका सरकारी संचारमाध्यमले जनाएका छन् । अमेरिका र इरानबीच तनाव चुलिरहँदा यो घटना भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिवले बुधबारनै तेहरानले आफ्नो आकाशमा बिना अनुमति उडान नदिने बताएका थिए । सोमवार अमेरिकी रक्षा मन्त्रालयले इरानी सुरक्षाबलले उत्तेजक व्यवहार देखाएको भन्दै थप एक हजार अमेरिकी सेना त्यसतर्फ खटाउने बताएको थियो । अमेरिकाले इरानलाई गल्फ अफ ओमानमा दुईवटा पेट्रोलियम तेल ट्याङ्करमाथि हमला गरेको आरोप लगाएको छ । इरानले भने उक्त आरोपलाई अस्वीकार गर्दै आएको छ ।

यता अमेरीकाको ड्रोन खसालेर इरानले निकै ठूलो गल्ती गरेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
हमासले गर्‍यो २० जना जीवित बन्धकको रिहा

हमासले गर्‍यो २० जना जीवित बन्धकको रिहा

वि.सं.२०८२ असोज २७ सोमवार १४:१७

एजेन्सीः गाजाक्षेत्रस्थित विद्रोही समूह हमासले दुई वर्षदेखि आफ्नो कब्जामा राखेका...

पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय

पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय

वि.सं.२०८२ असोज ३ शुक्रवार १०:०२

एजेन्सीः तालिवान सरकारले अफगानिस्तानका विश्वविद्यालयको पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने...

अफगानिस्तानमा भूकम्पः कम्तिमा २५० जनाको मृत्यु

अफगानिस्तानमा भूकम्पः कम्तिमा २५० जनाको मृत्यु

वि.सं.२०८२ भदौ १६ सोमवार ११:१९

एजेन्सीः अफगानिस्तानमा आइतबार राति ६.३ रेक्टरको भूकम्प जाँदा कम्तिमा २५०...

बिपिनकी आमा र बहिनीले भेटिन् इजरायली राष्ट्रपति

बिपिनकी आमा र बहिनीले भेटिन् इजरायली राष्ट्रपति

वि.सं.२०८२ भदौ २ सोमवार ०८:३०

काठमाडौं: हमासद्वारा बन्धक बनाइएका बिपिन जोशीको रिहाइका लागि इजरायल पुगेकी...

अलजजिराका ६ जना पत्रकार र सहकर्मीहरूको हत्या

अलजजिराका ६ जना पत्रकार र सहकर्मीहरूको हत्या

वि.सं.२०८२ साउन २६ सोमवार ०७:४५

काठमाडौं: इजरायलले अलजजिराका ६ जना पत्रकार र सहकर्मीहरूको हत्या गरेको...

रुसमा शक्तिशाली भूकम्प, जापानमा विभिन्न क्षेत्र खाली गर्न आदेश

रुसमा शक्तिशाली भूकम्प, जापानमा विभिन्न क्षेत्र खाली गर्न आदेश

वि.सं.२०८२ साउन १४ बुधवार ०९:३६

एजेन्सी: रूसको काम्चात्का पेनिन्सुलाको पूर्वी समुद्रतट नजिक ८.७ म्याग्निच्युडको शक्तिशाली...