YouTube Link

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलिया शीर्ष स्थानमा उक्लियो

Khanepani Dhal
Facebook Link

एजेन्सी: इंग्ल्याण्डमा जारी १२औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार भएको खेलमा बंगलादेशलाई ४८ रनले पराजित गर्दै अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । इंग्ल्याण्डको नटिङघममा अष्ट्रेलियाले दिएको ३ सय ८२ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बंगलादेशले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर ३ सय ३३ रन मात्र बनाउन सक्यो । बंगलादेशका मुस्फिकर रहिमले शतकीय इनिङ्स खेलपनि टोलीलाई जित दिलाउन सकेनन् । अविजित रहेका उनले १०२ रन बनाए । यस्तै ममुदउल्लाहले ६९ तथा तमिम इकबालले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै शकिब अल हसनले ४१ रन बनाउँदा लिटोन दासले २० रन बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३८१ रन बनायो । अष्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले विष्फोटक ब्याटिङ गर्दै शतकीय इनिङ्स खेले । १४७ बलको सामना गरेका वार्नरले ५ छक्का र १४ चौकाको मद्दतमा १६६ रन बनाए । यस्तै उस्मान ख्वाजाले ८९ रन जोड्दा ओपनर तथा कप्तान आरोन फिन्चले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । जितसंगै शीर्ष स्थानमा उक्लिएको अष्ट्रेलियाले ६ खेलबाट ५ जित र १ हारसहित १० अंक जोडेको छ । पाँचौ स्थानको बंगलादेशको यो तेस्रो हार हो । बंगलादेशले ६ खेलबाट ५ अंक जोडेको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
डेब्यू खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

डेब्यू खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

वि.सं.२०८१ माघ ५ शनिवार १५:१०

काठमाडौं: आइसीसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले डेब्यू...

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ स्मृति मिडियाकप फुटसल प्रतियोगिता आज

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ स्मृति मिडियाकप फुटसल प्रतियोगिता आज

वि.सं.२०८१ पुस १० बुधवार ०७:३५

काठमाडौं: नेवाः पत्रकार दबुको आयोजनामा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष...

अग्रता जोगाउन नसक्दा नेपाल भुटानसँग बराबरीमा रोकियो

अग्रता जोगाउन नसक्दा नेपाल भुटानसँग बराबरीमा रोकियो

वि.सं.२०८१ पुस ७ आइतवार १६:२३

काठमाडौं: नेपालको महिला यू-१९ राष्ट्रिय टोली र भुटानको महिला यू-१९...

जनकपुर बोल्ट्सले उचाल्यो पहिलो संस्करणको एनपिएलको उपाधि

जनकपुर बोल्ट्सले उचाल्यो पहिलो संस्करणको एनपिएलको उपाधि

वि.सं.२०८१ पुस ६ शनिवार १६:०२

काठमाडौं: पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को...

सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गर्दै

सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गर्दै

वि.सं.२०८१ पुस ६ शनिवार १२:१४

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा जनकपुर बोल्ट्सविरुद्ध...

उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

वि.सं.२०८१ पुस ६ शनिवार १२:००

काठमाडौं: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज उपाधिका...