Texas College
YouTube Link

आइतबारको बम विस्फोटपछि श्रीलंकामा संकटकाल र एक दिने राष्ट्रिय शोक घोषणा

Facebook Link

एजेन्सी: राष्ट्रपति मैत्रिपाला सिरिसेनाले संकटकाल र आज एक दिने राष्ट्रिय शोक घोषणा गरेका हुन् । त्यस्तै सोमबारदेखि राजधानी कोलम्बोमा राती ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको सरकारले बताएको छ ।

आइतबारको आक्रमणपछि राजधानीमा तनाब बढेको भन्दै सरकारले कर्फ्यू लगाएको हो । यस्तै राष्ट्रपति सिरिसेनाले इस्टर पर्वको समयमा भएको विस्फोटको छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायधीशको नेतृत्वमा कमिटी गठन गरेका छन् । यसैबीच सरकारले चर्च र पाँच तारे होटलमा गराइएको आत्मघाति बम विस्फोटमा इस्लामिक अतिवादी समूह नेशनल थोहीत जमात एनटिजेको हात रहेको आरोप लगाएको छ ।

सरकारका प्रवक्ता राजिथ सेनारतनले आतातयी आक्रमणमा एनटिजेको हात रहेको दाबी गरेका हुन् । उक्त समूहसँग अन्तर्राष्ट्रिय सहयोग भए नभएकोबारे अनुसन्धान भइरहेको जानकारी पनि सेनारतनले दिएका छन् । तर विस्फोटको जिम्मेवारी भने हालसम्म कसैले लिएको छैन् । सन् २ हजार ९मा गृहयुद्ध समाप्तिपछि भएको सवैभन्दा ठूलो आक्रमणमा २ सय ९० भन्दाबढी मानिसको मृत्यु भइसकेको छ भने ५ सयभन्दा बढी घाइते भएका छन् । विस्फोटपछि प्रहरीले घटनामा संलग्न भएको आशंकामा २४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

वि.सं.२०८२ फागुन १० आइतवार १४:१५

एजेन्सीः पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ ।...