Health Ad
YouTube Link

आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सद्वारा राजस्थान रोयल्स ६ विकेटले पराजित

Khanepani Dhal
Facebook Link

काठमाडौं: भारतमा जारी १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । सोमबार भएको खेलमा दिल्लीले राजस्थानलाई ६ विकेटले पराजित गरेको हो ।

जयपुरस्थित सवाई मानसिंह स्टेडियममा राजस्थानले दिएको एक सय ९२ रनको लक्ष्य दिल्लीले १९ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । दिल्लीको जितमा ऋषब पन्त र शिखर धवनले अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका ऋषबले ७८ रनको योगदान दिए । यस्तै धवनले ५४ रन जोड्दा पृथ्वी शले ४२ रन बनाए । राजस्थानका लागि श्रेयस गोपालले २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर एक सय ९१ रन बनाएको थियो । राजस्थानका लागि अजिंका रहानेले एक सय पाँच रनको शतकीय इनिङ्स खेले । अविजित रहेका रहानेले ६३ बलमा ११ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान स्टिभ स्मिथले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा स्टुवार्ड बिनीले १९ रन बनाए । दिल्लीका कागीसो राबडाले २ विकेट लिए । यस्तै इशान शर्मा,क्रिस मोरिस र अक्षर पटेलले १/१ विकेट लिए ।

जितसंगै दिल्ली लिगको शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीले ११ खेलबाट १४ अंक जोडेको छ । दिल्लीले चेन्नईलाई पछि पार्दै शीर्ष स्थान ओगेटेको हो । एक खेल कम खेलेको चेन्नईको पनि १४ अंक छ । पराजित राजस्थान पुछारबाट दोस्रो स्थानमा छ । राजस्थानले १० खेलमा ६ अंक जोडेको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:५७

एजेन्सी: रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

वि.सं.२०८१ चैत २८ बिहीवार १०:४८

काठमाडौं: नेपालले चारदेशिय टी-२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ...

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

वि.सं.२०८१ चैत २७ बुधवार १०:१२

काठमाडौं: हङकङमा जारी चार देशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात...

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

वि.सं.२०८१ चैत २५ सोमवार १५:४१

काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगरले...

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

वि.सं.२०८१ चैत २३ शनिवार १३:२४

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा हङकङमा हुने...