YouTube Link

भ्रष्टाचार गरेको आरोपमा मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी पत्नी रोसमाह मन्सुर पक्राउ

Khanepani Dhal
Facebook Link

एजेनस्सी: मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी पत्नी रोसमाह मन्सुर पक्राउ परेकी छिन् । भ्रष्टाचारको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा जडान गरिएको सोलार पावर आयोजनामा भ्रष्टाचार गरेको आरोप लागेको छ । अनुसन्धानमा सहजीकरणका लागि सोधपुछ गर्न बोलाइएको बेला त्यहीबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । उनलाई बुधबार नै क्वालालम्पुर अदालतमा उपस्थित गराइएको छ । रोसमाह तथा उनका पूर्व विशेष सहयोगीलाई गत वर्षको नोभेम्बरमा एक कम्पनीलाई चार करोड ४८ लाख अमेरिकी डलर बराबरको ठेक्का करार गरेबापत १५ प्रतिशत कमिसन मागेको आरोप लगाइएको थियो ।

रोसमाहलाई उक्त कम्पनीका निर्देशकबाट घुस लिएको समेत आरोप लागेको छ । सोलार पावर आयोजनाबारे आरोप लाग्नु पहिले पूर्वप्रधानमन्त्रीकी पत्नी रोसमाहमाथि १६ लाख अमेरिकी डलर बराबर सम्पत्तिको शुद्धीकरण तथा कर छलीबारेका विभिन्न १७ मुद्दामाथि छानबिन गरिसकिएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ०९:२१

एजेन्सी: भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले लगातार दोस्रो दिन बिहीबार पनि...

इदको अवसरमा १६६ नेपालीलाई यूएई सरकारले दियो आममाफी

इदको अवसरमा १६६ नेपालीलाई यूएई सरकारले दियो आममाफी

वि.सं.२०८१ चैत १९ मंगलवार १५:५६

काठमाडौं: ईद पर्वका अवसरमा १६६ जना नेपाली बन्दीलाई संयुक्त अरब...

म्यानमारका भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा मेडिकल सामग्री सेनाको जहाजबाट पठाईदै

म्यानमारका भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा मेडिकल सामग्री सेनाको जहाजबाट पठाईदै

वि.सं.२०८१ चैत १९ मंगलवार ११:०४

काठमाडौं: नेपाल सरकारले म्यानमारका भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा...

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणपछि केआईआईटीमा विद्यार्थीहरूको हडताल जारी, कलेज फर्किन ८ बुँदे सर्त

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणपछि केआईआईटीमा विद्यार्थीहरूको हडताल जारी, कलेज फर्किन ८ बुँदे सर्त

वि.सं.२०८१ फागुन ६ मंगलवार १२:५१

काठमाडौं: भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी...

जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्दै

जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्दै

वि.सं.२०८१ माघ ३० बुधवार १५:०४

काठमाडौं: जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्न थालेको छ ।...

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

वि.सं.२०८१ माघ ८ मंगलवार १०:३३

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग...