YouTube Link

आठौँ राष्ट्रिय खेलकुदका पाँच खेल आजबाट सुरु हुँदै, बिधिवत उद्घाटन बैशाख ५ गते हुने

Facebook Link

काठमाडौं: आठौँ बृहत राष्ट्रिय खेलकुद अन्तर्गत महत्वपुर्ण ५ खेल आजबाट सुरु हँदैछन् । आज दाङको घोराही कभर्ड हलमा टेवल टेनिस, कपिलवस्तुमा कुस्ती, बाँकेको मंगलप्रसाद उच्च माबिमा पूरुष तर्फको हक्की, ललितपुरमा महिलाको स्क्वास र रुपन्देहीमा महिला पुरुस दुबै तर्फको लन ट्निस सुरु हनेछन् ।

प्रतियोगिताको सबै तयारी पुरा भएको जनाउदै राष्ट्रिय खेलकुद परिषदले देशभरका खेलाडीहरु खेल हुने स्थानमा पुगिसकेको जनाएको छ । तराईका जिल्लामा बढ्दो गर्मीलाई मध्यनजर गरेर बिहान र बेलुका खेल खेलाउने व्यवस्था मिलाइएको छ । यसैगरि बिहिबारबाट बास्केट बल र फेन्सीङका प्रतिस्पर्धा पनि सुरुहुनेछन् । आठौँ राष्ट्रिय खेलकुदको बिधिवत उद्घाटन भने बैशाख ५ गते मात्र हुनेछ ।

राष्ट्रिय खेलकुदमा कुल २ हजार ६ सय ८८ पदकका लागि प्रतिस्पर्धा हुनेछ । ३५ खेलमा ७ सय ९३ स्वर्ण,७ सय ९३ रजत र ११ सय २ कास्यपदकका लागि प्रतिस्पर्धा हुने खेलमा खेलाडी,पदाधिकारी,प्रतिनिधि लगायत १० हजार बढीको सहभागीता हुने राखेपले जनाएको छ । प्रदेश नम्बर ५ मा हुन लागेको बृहत ८औ राष्ट्रिय खेलकुदका खेल बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रुपन्देहीमा सञ्चालन हुनेछन् । प्याराग्लाईडीङ कास्कि र स्क्वासका खेल ललितपुरमा सञ्चालन हुनेछन् ।

यसैबीच आठौं राष्ट्रीय खेलकुदको ओलम्पिक टर्च र्यालीको कार्यक्रम पनि सार्वजनिक भएको छ । चैत्र २९ गतेदेखि प्रदेश१ को विराटनगर बाट सुरु हुने र्याली वैशाख ५ गते नेपालगंज रंगशालामा उद्घाटन दीप प्रज्वलन गरेपछि समापन हुनेछ । र्यालीले बिराटनगर, धरान, हेटौँडा, चितवन, पोखरा, लुम्बिनी, सुर्खेत लगायतका क्षेत्रको परिक्रमा गर्नेछ । र्यालीमा जितबहादुर केसी, हरिबहादुर रोकाया, सुरेन्द्र हमाल, कमलबहादुर अधिकारी लगायतका ओलम्पियनको सहभागीता रहनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...