YouTube Link

आठौँ राष्ट्रिय खेलकुदका पाँच खेल आजबाट सुरु हुँदै, बिधिवत उद्घाटन बैशाख ५ गते हुने

Facebook Link

काठमाडौं: आठौँ बृहत राष्ट्रिय खेलकुद अन्तर्गत महत्वपुर्ण ५ खेल आजबाट सुरु हँदैछन् । आज दाङको घोराही कभर्ड हलमा टेवल टेनिस, कपिलवस्तुमा कुस्ती, बाँकेको मंगलप्रसाद उच्च माबिमा पूरुष तर्फको हक्की, ललितपुरमा महिलाको स्क्वास र रुपन्देहीमा महिला पुरुस दुबै तर्फको लन ट्निस सुरु हनेछन् ।

प्रतियोगिताको सबै तयारी पुरा भएको जनाउदै राष्ट्रिय खेलकुद परिषदले देशभरका खेलाडीहरु खेल हुने स्थानमा पुगिसकेको जनाएको छ । तराईका जिल्लामा बढ्दो गर्मीलाई मध्यनजर गरेर बिहान र बेलुका खेल खेलाउने व्यवस्था मिलाइएको छ । यसैगरि बिहिबारबाट बास्केट बल र फेन्सीङका प्रतिस्पर्धा पनि सुरुहुनेछन् । आठौँ राष्ट्रिय खेलकुदको बिधिवत उद्घाटन भने बैशाख ५ गते मात्र हुनेछ ।

राष्ट्रिय खेलकुदमा कुल २ हजार ६ सय ८८ पदकका लागि प्रतिस्पर्धा हुनेछ । ३५ खेलमा ७ सय ९३ स्वर्ण,७ सय ९३ रजत र ११ सय २ कास्यपदकका लागि प्रतिस्पर्धा हुने खेलमा खेलाडी,पदाधिकारी,प्रतिनिधि लगायत १० हजार बढीको सहभागीता हुने राखेपले जनाएको छ । प्रदेश नम्बर ५ मा हुन लागेको बृहत ८औ राष्ट्रिय खेलकुदका खेल बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रुपन्देहीमा सञ्चालन हुनेछन् । प्याराग्लाईडीङ कास्कि र स्क्वासका खेल ललितपुरमा सञ्चालन हुनेछन् ।

यसैबीच आठौं राष्ट्रीय खेलकुदको ओलम्पिक टर्च र्यालीको कार्यक्रम पनि सार्वजनिक भएको छ । चैत्र २९ गतेदेखि प्रदेश१ को विराटनगर बाट सुरु हुने र्याली वैशाख ५ गते नेपालगंज रंगशालामा उद्घाटन दीप प्रज्वलन गरेपछि समापन हुनेछ । र्यालीले बिराटनगर, धरान, हेटौँडा, चितवन, पोखरा, लुम्बिनी, सुर्खेत लगायतका क्षेत्रको परिक्रमा गर्नेछ । र्यालीमा जितबहादुर केसी, हरिबहादुर रोकाया, सुरेन्द्र हमाल, कमलबहादुर अधिकारी लगायतका ओलम्पियनको सहभागीता रहनेछ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...