YouTube Link

१२औं संस्करणको इण्डियन प्रिमियर लिग क्रिकेटमा कोलकत्तालाई हराउँदै चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लियो

Facebook Link

काठमाडौं: भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो । कोलकत्ताले दिएको १०९ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु टोली चेन्नईले १७ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । चेन्नईको जितमा फाप डु प्लेसिसले अविजित ४३ रन बनाए । यस्तै अम्बाती रायाडुले २१ रन जोड्दा सेन वाट्सनले १७ रन बनाए । सुरेश रैना १४ रनमा आउट हुँदा केदार जादबले अविजित ८ रन जोडे । कोलकत्ताका सुनिल नारिनेले २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले पुरै २० ओभरमा ९ विकेट गुमाएर एक सय ८ रन बनाएको थियो । चेन्नईका बलर चम्किएको खेलमा कोलकत्ताका लागि आन्द्रे रसेलले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै टोलीको सम्मान जनक स्कोर बनाए । यस्तै कप्तान दिनेस कार्तिकले १९ तथा रोबिन उथप्पाले ११ रन बनाए । कोलकत्ताका अन्य ८ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

कोलकत्तालाई हराएसंगै शीर्ष स्थानमा उक्लिएको चेन्नईले लिगमा पाँचौं जित निकालेको छ । चेन्नईले ६ खेलबाट १० अंक जोडेको छ । पराजित कोलकत्ता ६ खेलबाट ८ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...