YouTube Link

नेकपा विवादमा नयाँ मोड: केपी शर्मा ओलीको प्रस्ताव बामदेव गौतमलाई प्रधानमन्त्री र माधव नेपाललाई अध्यक्ष

Facebook Link

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पद त्याग्न दबाब दिइरहेका बेला तेस्रो विकल्पका लागि नयाँ प्रस्ताव पेश गरेका छन् । पार्टीभित्रको विवाद समाधान गर्न भन्दै ल्याइएको प्रस्तावमा माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने र वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव नेताहरु समक्ष पेस गरेका छन् ।

पार्टी सचिवालयको बुधबार बसेको बैठकमा चौथो वरियताका नेता नेपाललाई अध्यक्ष बनाउन तयार रहेको ओलीले बताएका हुन् । गौतमलाई प्रधानमन्त्री बनाउनका लागि संविधानसम्म पनि संशोधन गर्न आफू तयार भएको उनले बताएका थिए । त्यसका लागि गौतमलाई राष्ट्रिय सभामा लैजाने र राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधन गर्न आफू तयार भएको बताएको स्रोतको दावी छ ।

पूर्वएमाले एकै ठाउँमा रहनुपर्ने भन्दै ओली पक्षीय नेताहरुले नेपाल र गौतमलाई यसअघि पनि यो विकल्पमा जान सकिने सुझाव दिएका थिए । तर ओलीको यस प्रस्तावलाई अरु नेताले खासै महत्व नदिएको बताईएको छ । ओलीको प्रस्तावले समाधान दिन गाह्रो हुने बुझाई अरु नेताको छ । गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव संविधान संशोधनसँग सम्बन्धित रहेको र आफूसँग दुई तिहाई नभएको अवस्थामा यो सम्भव नभएको नेताहरुको भनाइ छ ।

तेस्रो अध्यक्षमा नेपाललाई ल्याउँदा वरियतामा माथि रहेका अर्का नेता झलनाथ खनाललाई मनाउनुपर्ने देखिन्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...