रणवीर र आलियाको विवाह पक्का
वि.सं.२०७५ फागुन २४ शुक्रवार ०९:३१
1.1K
sharesबलिउड स्टार रणवीर सिंह र आलिया भट्टबीच विवाह हुने पक्का भएको छ । अमेरिकामा रहेका रणवीरका पिता ऋषि कपुर भारत फर्किए लगत्तै विवाहको तयारीमा जुट्ने एजेन्सीहरुले जनाएका छन् ।
ऋषि कपुर अहिले अमेरिकामा आफ्नो उपचार गराइरहेका छन् । ऋषि यही मार्चको अन्तिममा अमेरिकाबाट फर्कने उनकी पत्नी नितु कपुरले सोसल मिडियामार्फत जानकारी दिएकी छिन् । रणवीर–आलिया दुवैको परिवार उनीहरुको विवाह गरिदिन तयार भइसकेका छन् ।
ऋषि कपुर फर्किएपछि पण्डितसँग विवाहको साइत जुराइने बताइएको छ । पण्डितसँग भेट्ने मिति आगामी अप्रिलका लागि तय भएको छ । उनीहरुको विवाह भने यही वर्षभित्र हुनेछ ।
वि.सं.२०७५ फागुन २४ शुक्रवार ०९:३१