हेर्दै जून-तारा (गीत)
वि.सं.२०७८ भदौ ४ शुक्रवार १३:०१
3.6K
shares
दु:ख भित्र आँसु पिउँदै बित्यो जीवन सारा
मन बुझाउँछु आकाशको हेर्दै जून-तारा ।
दिनभरि मेलापात, रात बित्छ रोएर
हल्का पार्छु मनको बोझ आँसुले धोएर
हिसाब छैन कति बगे यी आँशुका धारा
मन बुझाउँछु आकाशको हेर्दै जून-तारा ।
बादलुको पछ्यौरीमा, लुक्छ्न घाम-जून
खोज्छ मन बादल फटाई, चन्द्रमालाई छुन
हाँसी हिंड्ने अरु पनि, दु:खी लाग्छन् सारा
मन बुझाउँछु आकाशको हेर्दै जून-तारा ।
– चितवन, भरतपुर ।
वि.सं.२०७८ भदौ ४ शुक्रवार १३:०१



















