YouTube Link

गायक कृष्ण पौडेलले ल्याए “लुकी लुकी माया” {भिडियो सहित}

Facebook Link

काठमाडौं: गायक कृष्ण पौडेलले नयाँ गीत लुकी लुकी मायाले सार्वजनिक गरेका छन् ।

गायक स्वयंकै शब्द र संगीत रहेको उक्त गीतमा गायिका आरती अधिकारीको साथमा नयाँ लोक गीत सार्वजनिक गरेका हुन् ।

पछिल्लो समय समाजमा भएको माया प्रेमको भावनालाई समेटेर लुकी लुकी मायाले बोलको गीत तयार गरिएको गायक पौडेलले बताए ।

यसअघि कसैको पीडा र वास्तविकता समेटेर गीत तयार गर्ने पौडेलले यस पटक भने माया प्रेमलाई समेटेर गीत तयार गरेको बताउँछन् ।

लुकी लुकी मायाले बोलको गीत जिन्दगीको वास्तविकता आभास गराउने खालको छ । उनले भने “माया भन्ने भावनालाई कसैले रोक्न नसक्ने र छेकेर नछेकिने भावना हो भन्ने कुरा गीतमा रहेको छ ।”

पोखराको पृथ्वीनारायण क्याम्पस पढ्दादेखि नै गीतसंगीतमा सक्रिय गायक पौडेल विदेशमा बसेर पनि नेपाली गीतसंगीतमा अभिरूचि राख्ने गर्दछन् । “नेपाली संगीत सधै सुख दु:खको साथी हो, त्यसैले अनेक आरोह अवरोह आए पनि मैले सहजरूपमा ग्रहण गरेको छु” गायक पौडेलले भने” त्यसैले म प्रवासमा भएपनि नेपाली गीतसंगीतबाट टाढा हुन सकिरहेको छैन ।”

विनोद बजुरालीको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोको निर्देशन होम गुरूङले गरेका छन् । सविन गुरूङको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा लोमश शर्मा र अमृता सापकोटाले अभिनय गरेका छन् ।

म्युजिक भिडियोको छायाङ्कन गणेश सापकोटाको रहेको छ भने दृश्य सम्पादन सुवास अमगाईले गरेका छन् । फलानो क्रियसन, पोखराको पोष्ट प्रोडक्सनमा उक्त म्युजिक भिडियो तयार भएको हो ।

कतारलाई कर्मभुमि बनाउदै आएका गायक पौडेलले लोकसंगीतलाई निरन्तरता दिँदै तेस्रो गीत बजारमा ल्याएका हुन् । उनले यसअघि नयाँ दिल्ली बोलको गीतले परदेशी नेपालीहरूको मन जितेको थियो ।

{भिडियो सहित}

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...